पेस्तोलसहित २ जना पक्राउ

 

रौतहट । रौतहटस्थित सशस्त्र प्रहरीको टोलीले शुक्रवार साँझ गुजारा नगरपालिका ३ धन्सार गेट नजिकै पेस्तोल र गोलीसहित २ जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा कटहरिया नगरपालिका ३ का वर्ष २६ का कमोद राम चमार र वर्ष ४४ को नेमालाल साह बानिया रहेको सशस्त्र प्रहरी रौतहटका प्रमुख एसपी विक्रम हुमागाईंले बताए ।

Advertisement

चेकजाँचको क्रममा मोटरसाइकलमा सवार चमार र बनियाको साथ बाट १ थान नलकटुवा पेस्तोल र ३ थान ७.६२ एमएमको गोली बरामद भएको एसपी हुमागाईंले जानकारी दिए। उनीहरूमाथि थप अनुसन्धान भइरहेको सशस्त्र प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनूहोस्

सम्बन्धित शिषर्कहरु