जनकपुरधाम । जनकपुरधामबाट प्रहरीले मकवानपुरको भीमफेदी गाउँपालिका २ बस्ने २४ वर्षीय प्रकाश लुङ्गवालाई २२१ किलो गाँजासहित प्रहरीले पक्राउ गरेको छ ।
वडा प्रहरी कार्यालय मुजेलियाबाट खटिको प्रहरी टोलीले जनकपुरधाम उपमहानगरपालिका १४ स्थित चेकजाँचको क्रममा बाबा आयलस सेन्टर नजिकबाट ना ५ ख १७७ नम्बरको मिनी ट्रकमा लुकाएर लैजाँदै गरेको गाँजासहित उनलाई पक्राउ गरेको हो ।
Advertisement
ट्रकमा फल्स बटन बनाएर राखेको १६ वटा पोकामा रहेको गाँजा फेला पारेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।









