काठमाडौं, २६ वैशाख
उदयपुर, चौदण्डीगढी नगरपालिका-१० स्थित सन्तोष दनुवारको पसल अगाडी त्रियुगा नगरपालिका-७ चुहाडे घर भएका ३७ वर्षीय राजकुमार दनुवार बिहीबार मृत अवस्थामा फेला परेका छन् ।
सिराहा, सिरहा नगरपालिका-७ स्थित कमला खोलामा सोही नगरपालिका-४ रमौल बस्ने नुर महम्मदको छोरा १३ वर्षीय मो.आशिन बिहीबार मृत अवस्थामा फेला परेका छन् ।
Advertisement
यसैगरी सिराहा, भगवानपुर गाउँपालिका-४ ठाडी टोल बस्ने ३५ वर्षीय बाहुबलि भन्ने भोगेन्द्र मण्डल सोही ठाउँस्थित पोखरीको डिलमा शुक्रबार मृत अवस्थामा फेला परेका छन् ।
कास्की, पोखरा महानगरपालिका-२० भलामस्थित सडकमा पर्सा वीरगंज महानगरपालिका-२२ वीरगंज घर भएका ६७ वर्षीय विपत माझी बिहीबार मृत अवस्थामा फेला परेका छन् । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।