
नेपालगञ्ज । नेपालगञ्जमा सञ्चालन भएको प्रथम उपमेयर कप फुटसल प्रतियोगिताको उपाधि युनाइटेड एफसीले जितेको छ । नेपालगञ्ज उपमहानगरपालिकाको आर्थिक सहयोगमा एफसी संघारीले आयोजना गरेको प्रतियोगितामा पाई इन्स्टिच्युटलाई ६-० गोलले पराजित गर्दै युनाइटेडले उपाधि जितेको हो । उपाधिसंगै युनाइटेडले ५० हजार पुरस्कार हात पारेको छ । द्वितीय भएको पाई इन्स्टिच्युटले २५ हजारमा चित्त बुझाएको छ । आदर्शनगरस्थित बागेश्वरी फुटसल मैदानमा जेठ २५ गतेदेखि प्रतियोगिता सुरु भएको थियो ।
Advertisement
प्रतियोगिताका विजेता, उपविजेता टिम तथा खेलाडीलाई नेपालगञ्जका उपप्रमुख कमरुद्दिन राई, प्याब्सन जिल्ला अध्यक्ष विकास बज्राचार्य, नगर अध्यक्ष मान बहादुर थापा, एफसी संघारी क्लबका अध्यक्ष विक्रम पाण्डे, नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर २ का वडा अध्यक्ष कौशल कुमार धोबी, जसपाका प्रदेश सचिव राजन राना मगर, प्रतियोगिताका संयोजक गोविन्द सलामी मगर, केआइइसी नेपालगञ्जका प्रतिनिधि सुभाष थापा र अनिल पुन मगर लगायतले पुरस्कार वितरण गरेका थिए ।
प्रतियोगिता उद्घाटन अघि पत्रकार र आयोजक बीचमा मैत्रीपूर्ण खेल खेलिएको थियो । जसमा पत्रकारको टिम ६-० ले विजयी भएको थियो ।