मधेश प्रदेश प्रमुख सुवेदी पदमुक्त

 

काठमाडौं । मुख्य मन्त्री नियुक्त विवादमा परेकाी मधेश प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीलाईराष्ट्रपति रामचन्द्र पौडेलले पदमुक्त गरेका छन् । मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति पौडेलले सुवेदीलाई मंगलबार पदमुक्त गरेका हुन् ।

Advertisement

 

मन्त्रिपरिषद् बैठकले सोमबार उनलाई पदमुक्त गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको थियो ।

 

 

स्वास्थ्य उपचारका लागि काठमाडौं जान्छु भनेर हिंडेकी प्रदेश प्रमुख सुवेदीले महोत्तरीको बर्दिबास नगरपालिका ३ स्थित पानस होटलमा सोमबार बिहान झिसमिसेमा एमाले नेता यादवलाई मुख्यमन्त्री पदको शपथ ग्रहण गराएकी थिइन् ।

त्यसपछि सोमबार बेलुका बसेको मन्त्रिपरिषद बैठकले सुवेदीलाई पदबाट हटाउँदै उनको स्थानमा सुरेन्द्र लाभ कर्णलाई नियुक्त गर्न सिफारिस गर्ने निर्णय गरेको थियो ।

प्रतिक्रिया दिनूहोस्

सम्बन्धित शिषर्कहरु