२१ दल दर्ता प्रक्रियामा

 

काठमाडौँ — निर्वाचन आयोगका अनुसार दल दर्ताका लागि २१ दल दर्ता प्रक्रियामा छन् । पाँच वटा नयाँ राजनीतिक दल दर्ता भइसकेका छन् । प्रतिनिधिसभा निर्वाचनको घोषणा भएयता २० वटा नयाँ र एकीकरण प्रक्रियाबाट आएको एउटा दल पनि दर्ता प्रक्रियामा छन् । पुराना पार्टीहरू माओवादी केन्द्र र एकीकृत समाजवादी पार्टीसहित विभिन्न दल एकीकरण भएर बनेको नेपाली कम्युनिस्ट पार्टी दर्ता प्रक्रियामा छ । आयोगको राजनीतिक दल व्यवस्थापन महाशाखाका अनुसार एकीकरण भएर आएका सहित २१ वटा दल दर्ताका निवेदन विचाराधीन छन् ।

Advertisement

२१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचन प्रयोजनका लागि राजनीतिक दल दर्ता गर्ने दिन नजिकिँदै गर्दा नयाँ राजनीतिक दल थपिने क्रम बढेको हो ।

 

प्रतिक्रिया दिनूहोस्

सम्बन्धित शिषर्कहरु