देशभरी कित्ताकात खुला, जग्गा खरिदबिक्री बढ्ने

काठमाडौँ । सरकारले भूउपयोगसम्बन्धी नियमावलीमा संशोधन गर्दै कित्ताकाट खुला गरेको छ ।

कित्ताकाट आठ महिनाका लागि खुला भएको हो ।

Advertisement

यसअघि उक्त नियमावलीमा भूउपयोग वर्गीकरण नगरेका स्थानीय तहमा २०८२ असार मसान्तदेखि कित्ताकाट बन्द हुने उल्लेख थियो । योसँग करिब ५०० स्थानीय तहमा घरजग्गा कारोबार प्रभावित हुँदै आएको थियो ।

संशोधित नियमावलीमा यो मिति २०८३ असार मसान्त कायम गरिएको छ । योसँगै सो अवधिसम्म देशभर कित्ताबाट गर्न पाइनेछ । भूउपयोग वर्गीकरण गरेका स्थानीय तहमा भने यसअघि नै कित्ताकाट खुला रहँदै आएको थियो, असारपछि पनि यो निरन्तर रहनेछ ।

कित्ताकाट गर्न बाँकी स्थानीय तहले आगामी असार मसान्तसम्म यस्तो वर्गीकरण गरिसक्नुपर्नेछ । अन्यथा फेरि कित्ताकाट बन्द हुनेछ ।

देशभरमा ७५३ स्थानीय तह छन् । त्यसमध्ये दुई तिहाइ स्थानीय तहमा कित्ताकाट रोकिँदा कारोबार र राजस्व समेत प्रभावित हुँदै आएको थियो । यो निर्णयले घरजग्गा कारोबारमा केही हदसम्म सुधारको अपेक्षा गरिएको छ ।

प्रतिक्रिया दिनूहोस्

सम्बन्धित शिषर्कहरु