बाँके- नेपालगंज उपमहानगरपालिका-१३ बुलबुले लाहुरे पथबाट अवैध लागूऔषधब्राउनसुगर जस्तो देखिने पदार्थ ७ ग्राम ७ सय ६० मिलिग्राम, २ थान मोबाइल र डिजिटल तराजु १ थान सहित २ जनालाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा सोही उपमहानगरपालिका-९ बस्ने ३९ वर्षीय नरेश खटिक र सुर्खेत गुर्भाकोट नगरपालिका-७ बस्ने २३ वर्षीयासुनिता परियार रहेका छन् ।
Advertisement
वडा प्रहरी कार्यालय नेपालगंज र लागूऔषध नियन्त्रण ब्यूरो शाखा कायालय नेपालगंजबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । यससम्बन्धमाप्रहरीले आवश्यकअनुसन्धानगरिरहेकोछ।









