काठमाडौं- काठमाडौं महानगरपालिका-३ बसुन्धारा डेरा गरी बस्ने झापा दमक नगरपालिका-१ घर भएका ३५ वर्षीय सुमन ढकालको कोठाबाट सुनका गरगहना, ल्यापटप १ थान र नगद समेत गरी करिब ४ लाख ३५ हजार रूपैयाँ बराबरको धनमाल बिहीबार दिउँसो चोरी भएको छ ।
भक्तपुर, भक्तपुर नगरपालिका-१ नगरकोटमोड डेरा गरी बस्ने काभ्रे खानीखोला गाउँपालिका-१ घर भएकी २७ वर्षीया सन्जुमाया तामाङको कोठाबाट सुनका गहना र मोबाइल २ थान समेत गरी करिब करिब १ लाख २२ हजार रूपैयाँ बराबरको धनमाल बिहीबार साँझ चोरी भएको छ ।
प्रहरीले चोरीमा संलग्न हाल फरार व्यक्तिहरूको खोजी गर्नुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।









