रुकुम पूर्वमा २ थान भरुवा बन्दुक बरामद

 

रुकुम पूर्व । जिल्लाको सिस्ने गाउँपालिका–६ द्धारेखोलास्थित जङ्गलबाट भरुवा बन्दुक २ थान र भरुवा बन्दुक बनाउन प्रयोग हुने नाल १ थान मङ्गलवार दिउँसो प्रहरीले बरामद गरेको छ।

Advertisement

जिल्ला प्रहरी कार्यालय रुकुम पूर्व र अस्थायी प्रहरी पोस्ट खोपीचौरबाट खटिएको प्रहरीले उक्त स्थानमा लुकाई छिपाई राखिएको उक्त बन्दुक फेला पारी बरामद गरिएको जानकारी दिएको छ ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान भइरहेको जनाएको छ ।

प्रतिक्रिया दिनूहोस्

सम्बन्धित शिषर्कहरु