उज्यालो नेपाल पार्टीको औपचारिक घोषणा सभा सुरु 

काठमाडौं । उज्यालो नेपाल पार्टीको औपचारिक घोषणा सभा सुरु भएको छ । ऊर्जामन्त्री कुलमान घिसिङको समर्थनमा खुलेको उज्यालो पार्टीको घोषणा सभालाई स्वयं घिसिङले सम्बोधन गर्ने बताइएको छ ।

पूर्वसचिव अनुपकुमार उपाध्यायको अध्यक्षमा निर्वाचन आयोगमा पार्टी भएको उक्त पार्टी घोषणा सभास्थलमा हरियो टोपी लगाएका हरियो झन्डा बोकेका सर्मथकहरूको बाक्लो उपस्थिति छ । बलिरहेको चिम चुनाव चिह्न राखेको यस पार्टीले सभास्थलको प्रवेशद्वारामै ठूलो चिमको प्रतीकात्मक रूपमा खडा गरिएको छ ।

Advertisement

प्रतिक्रिया दिनूहोस्

सम्बन्धित शिषर्कहरु