
बर्दिया – बर्दियाको बढैयाताल गाउँपालिका ६ मैनापोखरमा खाद्य व्यवस्था तथा व्यपार कम्पनी लिमिटेड राजापुरले डिपो राखेर धान खरिद गर्न शुरु गरेको छ ।
मंगलबार बढैयाताल गाउँपालिकाका अध्यक्ष हिमालय त्रिपाठी र उपाध्यक्ष लक्ष्मी अधिकारीले उद्घाटन गरेपछि धान खरिद कार्य शुरु भएको गाउँपालिकाका कृषि शाखा प्रमुख दिपेन्द्र श्रीवस्तवले बताउनुभयो ।
Advertisement
मंगलबार एक र बुधबार ३ जना किसानको गरी ४० क्विन्टल बढी धान खरिद गरिसकेको छ । बिस्तार किसानहरु धान बिक्रिका लागि आउने गाउँपालिकाका अध्यक्ष हिमालय त्रिपाठीले बताए । सबैले कम्पनीले टोकेको मापदण्ड अनुसार धान बिक्रि गर्न आग्रह समेत उहाँले गर्नुभयो ।
गाउँपालिकाले धान खरिदका लागि बडा नं. ६ का वडा अध्यक्ष शुक्रराज सापकोटाको अन्नपुर्ण राईस मिलमा खरिद गर्ने व्यवस्था मिलाएको छ । कम्पनीले बढैयाताल गाउँपालिकामा मंसिर १६ गते मंगलबारदेखि २२ गतेसम्म एक हप्ता मात्रै धान खरिद गर्ने छ ।
गाउँपालिकाको कोटामा ३ हजार क्विन्टलमा मोटा, मध्यम र मसिनो धान खरिद गर्ने जनाएको छ । सरकारले टोकेको न्युनतम समर्थन मूल्यमा मोटा धान ३ हजार ४ सय ६३ रुपैया र मध्यम र मसिनो धान ३ हजार ६ सय २८ रुपैयामा धान खरिद गरिरहेको छ ।
धान बिक्रि गर्न ल्याउदा किसानले वडा कार्यालयका सिफरिस लिएर आउनु पर्ने मापदण्ड टोकेको छ । किसानले धान बिक्रि गर्न ल्याउदां घुन, किरा, पुत्ला नलागेको सफा र ओसाएको धान हुनु पर्ने कम्पनीका प्रमुख कमल पाण्डेले बताउनुभयो । कम्पनीले मोटा धानमा राधा–४, बहुगुनी–२, राधा–१३ लगायत्को धान र मध्यम र मसिना धान अन्र्तगत लोकतन्त्र, रामधान, बहुगनी–१, साबित्री, स्वार्ण सव–१ साँव मन्सुली र राधा १४ धान खरिद गरिने कम्पनीले सुचना निकालेर जानकारी गराएको छ ।










