प्रधानमन्त्री कार्कीद्वारा बर्दिया भखारी घटनाबारे अध्ययन गर्न निर्देशन

 

काठमाडौँ —प्रधानमन्त्री सुशीला कार्कीले बर्दिया बढैयाताल–४, दक्षिण भकारी गाउँकी एक युवतीले नागरिकताका लागि संघर्ष गर्दागर्दै मृत्युको बाटो रोजेको घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन दिएकी छन् ।

Advertisement

प्रधानमन्त्री कार्कीले शनिबार सामाजिक सञ्जाल (फेसबुक)मार्फत उनले घटनाको वास्तविकता छानबिन गर्न गृहमन्त्रीलाई निर्देशन दिएका जानकारी गराएकी हुन् । प्रधानमन्त्री कार्कीले बर्दियाको बढैयाताल–४, दक्षिण भकारी गाउँकी एक युवतीले नागरिकताका लागि संघर्ष गर्दागर्दै मृत्युको बाटो रोजेको र त्यसको चार दिनमै उनका ६१ वर्षीय बाबुले समेत ज्यान गुमाएको घटनाले मर्माहित बनाएको जनाएकी छन् ।

उनले भनेकी छन्, ‘उहाँहरूको यो निर्णय हाम्रो समाज र राज्यका लागि ग्लानिको विषय हो, न्यायिक–प्रशासनिक झमेलाका कारण यो अवस्था निम्तिएको हो भने देशको प्रधानमन्त्रीका रूपमा म माफी चाहन्छु । यस घटनाको गहिराइमा पुगेर अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन दिएकी छु ।’

नागरिकतालगायत लैंगिक आधारमा हुने कुनै पनि प्रकारको विभेद् र हिंसा सह्य नहुने उल्लेख गर्दै प्रधानमन्त्री कार्कीले न्यायको मार्गमा सबै पक्षले सहजीकरण गर्न अपिलसमेत गरेकी छन् । उक्त घटनाबारे सुरुमा कान्तिपुरमा समाचार प्रकाशन भएको थियो ।

प्रतिक्रिया दिनूहोस्

सम्बन्धित शिषर्कहरु