बर्दिया भकारीमा महिला आत्मा हत्या घटनाः सत्यतथ्य छानविन गर्न समिति गठन

काठमाडौँ । गृह मन्त्रायलले बर्दियाको बढैयाताल ४ भकारीकाा एक महिलाले नागरिकता नपाएर आत्महत्या रोज्न बाध्य भएको भनिएको घटनामा सत्यतथ्य छानविन गर्न एक समिति गठन गरेको छ ।

मन्त्रालयका अनुसार सहसचिव तथा नीति, योजना अनुगमन तथा मूल्यांकन महाशाखा प्रमुख सुरेश पन्थीको संयोजकत्वमा छानविन समिति गठन गरेको हो।

Advertisement

गृहमन्त्री ओमप्रकाश अर्यालले यस घटनाको बारेमा गम्भीर ध्यानाकर्षण भएको जनाउँदै मन्त्रालयले आइतबार सचिवस्तरीय निर्णय गर्दै सहसचिव पन्थीको संयोजकत्वमा मन्त्रालयकै उपसचिव कुलशेखर अर्याल र एक जना सदस्य रहने गरी घटनाको छानविन गर्न समिति गठन गर्ने निर्णय गरेको बताए ।

समितिलाई घटनाको निष्पक्ष र सत्यतथ्य रुपमा जाँचबुझ गरी पाँच दिनभित्र प्रतिवेदन पेश गर्ने गरी समितिलाई आदेश दिइएको छ।

यसै घटनाको सत्यतथ्य बुझ्न भन्दै प्रधानमन्त्री सुशिला कार्कीले पनि गृहमन्त्री अर्याललाई निर्देशन दिएकी थिइन् ।

प्रतिक्रिया दिनूहोस्

सम्बन्धित शिषर्कहरु