बर्दिया । बारबर्दिया नगरपालिका वडा नं ९ कतर्नियामा आईतबार एक दिने निशुल्क पशु स्वास्थ्य शिविर गरिएको छ । किसानलाई गाउँ घरमै सहयोग पुर्याउन उक्त शिविर आयोजना गरिएको हो।
उक्त शिविरमा २०३ जना कृषकको सहभागिता रहेको आयोजक संस्थाका किशोर चौधरीले बताए । शिविरमा ५०३ भेडाबाख्रा, ६५ गाई भैँसी, ४० बङ्गुर र ८२७ कुखुराको उपचार गरिएको छ । साथै ९८ कृषकलाई प्राविधिक सरसल्लाह दिइएको छ ।
Advertisement
बारबर्दिया कृषि तथा पशु विकासमा आधारित साना किसान तथा यूवा उद्यमशिलता साझेदारी परियोजनाको आर्थिक तथा प्राविधिक सहयोग, बारबर्दिया नगरपालिका र हेफर प्रोजेक्ट नेपालको संयुक्त आयोजना गरिएको हो ।
कार्यक्रमको सहजीकरण थारु महिला उत्थान केन्द्र, बर्दियाले गरेको हो ।
बारबर्दिया नगरपालिका वडा नं ९ का वडा अध्यक्ष देबेन्द्र कुमार बिष्टको अध्यक्षतामा भएको शिविरको उदघाटन नगर प्रमुख छ्बिलाल थारुले गरेका थिए ।
कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत गौतम भण्डारी, वडा सदस्य, पशु सेवा शाखा, हेफर प्रोजेक्ट नेपाल, थारु महिला उत्थान केन्द्रका कर्मचारी, वडघर,कृषक समूहका सदस्यहरु र अन्य पशुपालक कृषकहरुको सहभागिता थियो ।















