
२९ चैत्र , बढैयाताल बर्दियाको बढैयातलमा अध्यक्ष कप फुटवल प्रतियोगिताको आज उद्धघाटन भएको छ ।
कालिका सामुदायिक पुस्तकालय तथा श्रोत केन्द्र बढैयाताल ८ को आयोजनामा पाँचौ बर्दिया जिल्ला पालिका स्तरीय अध्यक्ष कप फुटबल प्रतियोगिताको उद्धघाटन भएको हो ।
Advertisement

उद्धघाटन कार्यक्रमका प्रमुख अतिथि लुम्बिनी प्रदेशका सभासद भुवनेश्वर चौधरीले मुख्य रेफ्री देवनारायण दाहाल लाई बल हस्तारनण गरेर प्रतियोगिताको उद्धघाटन गर्नु भएको हो ।
यूवा नै हो देशको शान ः सबैले गरौ खेलकुदमा योगदान भन्ने मुल सन्देशका साथ मयुर यूवा क्लबको खेलमैदानमा ठाकुरबाबा नगरपालिका र मधुवन नगरपालिका बिच भएको उद्धटान खेलमा ठाकुरबाबाले मधुवन लाई २ –१ गोल अन्तरले हराउदै बिजयी भएको छ ।
खेलको पहिलो हाफमा १ –० गोलले अग्रता रहेको मधुवन दोश्रो हाफमा ठाकुरबाबाले लगातार २ गोल गर्दै प्रतियोगितामा बिजयी बनेको हो ।
कालिका सामुदायिक पुस्ताकालय तथा श्रोतकेन्द्रका अध्यक्ष सुन्दरमान श्रेष्ठको अध्यक्षतामा भएको प्रतियोगिताको उद्धघाटन कार्यक्रममा उपाध्यक्ष लक्ष्मी अधिकारी र सारदा क्याम्पसका अध्यक्ष प्रेमराज त्रिपाठीले शुभकामना मन्तब्य राख्नु भएको थियो ।
बढैयाताल गाउँपालिका र बढैयाताल गाउँपालिकाकाे ८ नम्बर वडा कार्यालयकाे सम्न्वयमा संचालन भएकाे पाचौ संस्करणको पालिका स्तरीय अध्यक्ष कप प्रतियोगितामा बिजेता हुनेले रु १ लाख ५ हजार ५५५ , उप विजेता हुनेले ५५ हजार ५५५ सहित सिल्ड, ट्रफी , मेडल र प्रमाण पत्र लगाएतका पुरस्कारकाे ब्यबस्था रहेको आयोजक संस्थाका काेषाध्यक्षा शैलेन्द्र मल्ले जानकारी दिनु भयाे ।

बढैयाताल गाउँपालिका ८ न. वडाका अध्यक्ष तेजनाथ पौडेलले स्वागत गर्नु भएको कार्यक्रममा बढैयाताल गाउँपापलका का अध्यक्ष्य हिमालय त्रिपाठी ,प्रमुख प्रशासकिय अधिकृत अर्जुन सुबेदी , वडा न. ७ राधेश्याम थारु , बर्दिया एकेडेमीका प्रवन्ध निर्देशक बुद्ध गिरी , मुख्य प्रायोजक , सहप्रायोजक , प्रायोजक ,संस्थाका प्रतिनिधि , सुरक्षा निकायका प्रतिनिधि , मयुर युवा क्लबका अध्यक्ष तारानाथ ज्ञवाली , खेल प्रेमी लगाएतको उपस्तिथि रहेको कार्यक्रमको सञ्चालन हिक्मत सुनारले गर्नु भएको संस्थाले जनाएको छ ।
भोली ३० गते शुक्रवारका दिन गुलरिया नगरपालिका र गेरुवा गाउँपालिका बिच दोश्रो खेल हुने आयोजकले जनाएको छ ।









