पाँचौ बर्दिया जिल्ला पालिका स्तरीय अध्यक्ष कपको उपाधी बाँसगढी लाई

 

८ बैसाख २०८१ , बर्दियाको बढैयातालमा जारी पाँचौ बर्दिया जिल्ला पालिका स्रतरीय अध्यक्ष कप फुटवल प्रतिया्गिताको उपाधी बाँसगढी नगरपालिकाले हात पार्न सफल भएको छ ।

Advertisement


आज शनिवार भएको फाइनल खेलमा आयोजक बढैयाताल गाउँपालिका लार्ई ४–० गोल अन्तरले हराउदै बाँसगढी नगरपालिका प्रतियोगिताको उपाधी चुम्न सफल भएको हो ।
प्रतियोगिताको पहिलो हाफमा २ गोल र दोश्रो हाफमा २ गोग गरी ४ गोल गरी खेलको अग्रता कायम राखेको बाँसगढीको बिरुद्ध बढैयातालका खेलाडीले भने एक गोल पनि फिर्ता गर्न नसक्दा आयोजक पक्षका दर्शक निरास बनेका थिए ।
प्रतियोगिताको विजेता बनेको बाँसगढी नगरपालिकाले नगत रु १ लाख ५ हजार पाँच सय ५५ प्राप्त गरेको छ ।

चौथो संस्करणमा बिजेता बनेको आयोजक पटकको खेलमा उपविजेतामा सिमित हुदा रु ५५ हजार पाँच सय ५५ मा चित्त बुझाएको छ ।

यूवा नै हो देशको शान ः सबैले गरौ खेलकुदमा योगदान भन्ने मुल सन्देशका साथ २०८० चैत्र २९ गते देखि मयुर यूवा क्लबको खेलमैदानमा सञ्चालन भएको प्रतियोगिताका बिजेता र उप विजेता बनेका खेलाडी लाई पुरस्कार वितरण कार्यक्रमका प्रमुख अतिथि लुम्बिनी प्रदेशका सभा सदस्य भुवनेश्वर चौधरीले सिल्ड , मेडल , चेक र प्रमाण पत्र हस्तान्तरण गर्नु भएको थियो ।

प्रतियोगिामा बढैयातालका सन्तोष सोनी सर्वोत्कृष्ठ खेलाडी .घोषित भए । त्यस्तै गरेर उत्कृष्ट डिफेन्समा बढैयातालका मदन बोहोरा , उत्कृष्ट मिडफिल्डरमा बाँसगढी नगरपालिकाका करण शाही , उत्कृष्ट गोल रक्षकमा बाँसगढीका बिशाल थारु , उत्कृष्ट फरवाडमा बाँसगढीकै संकर बि.क. र उदयमान खेलाडीको रुपमा बढैयातालका गुर्लभ श्रेष्ठ घोषित भएका आयोजक सस्थाका सदस्य शैलेन्द्र मल्लले जानकारी दिनु भयो ।


पुस्तकालयका अध्यक्ष सुन्दरमान श्रेष्ठको अध्यक्षतामा भएको फाइनल खेलका प्रमुख अतिथी लुम्बिनी प्रदेशका सदस्य भुवनेश्वर चौधरीले खेलका मुख्य रेफ्री देवनारण दाहाल लाई बल हस्तारण गरि प्रतियोगिता सञ्चालन भएको भएको हो । प्रतियोगिताको सहयाक रेफ्रीमा कृष्णगोपाल चौधरी र राजु थारु रहेका बिबेश गुरुङले जानकारी दिनु भयो ।
कालिका सामुदायिक पुस्तकालय तथा श्रोतकेन्द्र बढैयाताल गाउँपालिका ८ स्याउलीबजारको आयोजनामा तथा बढैयाताल गाउँपालिकाको समन्वय र ८ नम्बर वडा कार्यालयको सहयोगमा सञ्चालन भएको फुटवल प्रतियोगिता लाई सभ्य र भब्य रुपमा सफल बनाउन मुख्य प्रायोजकको रुपमा शर्मा एण्ड कम्पनी रहेको थियो भने दुई दर्जन भन्दा धेरै सहप्रयोजक र प्रायोजकले सहयोग गरेका आयोजक संस्थाका सचिब शिव कार्कीले जानकारी दिनु भयो ।

 

प्रतिक्रिया दिनूहोस्

सम्बन्धित शिषर्कहरु