फस्ट रनरअप पोखराकी सलोमी गुरूङ हुँदा सेकेन्ड रनरअप दार्जिलिङका सचिन विश्वकर्मा घोषित भए। फस्ट रनरअप गुरूङले १० लाख र सेकेन्ड रनरअप विश्वकर्माले ५ लाख नगद पुस्कार पाए।
त्यस्तै, थर्ड रनरअप दार्जलिङका मोहित भुजेल घोषित भए। उनले स्कुटर पुरस्कार पाए।यसअघि पहिलो सिजनमा बुद्ध लामा, दोस्रोमा रवि ओड, तेस्रोमा सज्जा चौलागाईं र चौथोमा भूपेन्द्र थापा मगरले नेपाल आइडलको उपाधि चुमेका थिए।
शनिबार साँझ प्रताप दास, सज्जा चौलागाईं, मेनुका पौडेल लगायत प्रस्तुतिका लागि पुगेका थिए।
Advertisement
शोमा न्य्हू बज्राचार्य, कालीप्रसाद बास्कोटा र इन्दिरा जोशी जज थिए भने रिमा विश्वकर्मा र आशिफ शाहले होस्ट गरेका थिए। यसअघि यी निर्णायकहरू सिजन ४ मा थिएनन्। उनीहरूले सिजन १, २ र ३ मा निर्णायकको भूमिका निर्वाह गरेका थिए।
सिजन ४ मा भूपेन्द्र थापा मगरले उपाधि चुम्दा भने शम्भुजित बाँस्कोटा, सुवानी मोक्तान र सुगम पोखरेल निर्णायक थिए।
सिजन ५ को अडिसन २१ पुसदेखि सुरु भएको थियो भने फागुन २४ देखि प्रसारण भएको थियो।
सिजन ५का लागि देशभरिबाट १ सय ५२ जना छानिएका थिए।