सञ्जय मिश्रा रौतहट २ फागुन । रौतहट र बाराको सिमानासँग जोडिएको भारत बिहार मोतीहारी जिल्ला झरौखर थानाको नियन्त्रणबाट एकजना नेपाली गाँजा तस्कर फरार भएका छन्। भारतीय नम्बरको गाडीमा ४३ किलो लागुऔषध गाँजासहित पक्राउ परेका रौतहट मौलापुर नगरपालिका पिपरिया गाउँका सियाराम साहका छोरा २५ वर्षीय लक्ष्मीनारायण साह शुक्रबार बिहान भाग्न सफल भएका हुन्। बिहान ६ […]
रौतहट – रौतहट जिल्लाको कटहरियास्थित एक वर्कसपमा भएको छ। मंगलबार राति आगलागी हुँदा ७ लाख रुपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ। कटहरिया नगरपालिका-५ स्थित बजारमा वडा ९ डुमरिया गाउँका राजु रामले सञ्चालन गरेको राजु वर्कसपमा विद्युतको तार सर्ट भई राति १० बजे अचानक आगलागी भएको थियो। प्रहरीका अनुसार आगलागीबाट वर्कसपमा राखिएको बा४६ प ९०७ नम्बरको मोटरसाइकल र […]
सञ्जय मिश्रा रौतहट २९ माघ। पुर्व पश्चिम राजमार्ग अन्तर्गत रौतहटको चन्द्रपुर नगरपालिका स्थित आज बिहान स्कार्पियो र मालवाहक ट्रक आमुने सामुने ठोकिँदा स्कार्पियोको अवस्था क्षतबिक्षत बनेको छ। स्कार्पियोका चालक सहित सवार ५ जना गम्भीर घाईते भएका छन्। मंगलवार बिहान ८;२० बजेको समयमा चन्द्रपुर ५ चाँदी पुल स्थित चपुरबाट सर्लाही तर्फ जादै गरेको ना.४ च. […]
रौतहट – सर्लाही जिल्लामा सोमबार राति विद्युतको तार सर्ट भएर एक घरमा भएको आगलागीबाट लाखौंको धनमाल जलेर नष्ट भएको छ भने पाँच वटा चौपायाको जलेर मृत्यु भएको छ। स्थानीय रामनगर गाँउपालिका-३ रामटोल बस्ने अनुप महराको कच्ची फुसको घरमा विद्युतको तार सर्ट भई सोमबार राति साढे ७ बजे आगलागी हुँदा घर पूर्णरुपमा जली नष्ट भएको […]
काठमाडौं- धनुषा, मिथिला नगरपालिका-११ बस्ने ३५ वर्षीय दिपेश मगर सोही ठाउँस्थित चुरे जङ्गलको चौधारा भन्ने ठाउँमा आइतबार मृत अवस्थामा फेला परेका छन् । सप्तरी, बोदेबरसाइन नगरपालिका-५ स्थित चोकमा हाल नाम, थर, वतन नखुलेका अन्दाजी ५० वर्षीय पुरूष आइतबार मृत अवस्थामा फेला परेका छन् । काठमाडौं महानगरपालिका-८ पशुपति बृद्धाआश्रम अगाडि सतलमा हाल नाम, थर, वतन नखुलेका […]
काठमाडौं – वीरगन्ज भन्सार कार्यालयबाट जाँचपास भएर नेपाल छिरेका तीन वटा मालबाहक ट्रक प्रहरीले नियन्त्रणमा लिएको छ। तस्करीको आशंकामा पर्सा प्रहरीले शनिबार वीरगन्ज महानगरपालिका-१६ गण्डक नहर चोकबाट ट्रकहरू नियन्त्रणमा लिएको हो। जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोलीले बा१ख ९९०९, ना६ख ५४९१ र ना६ख ६३९७ नम्बरको मालबाहक ट्रक साँझ साढे ६ बजे नियन्त्रणमा लिएको पर्सा प्रहरी […]
सञ्जय मिश्रा रौतहट २७ माघ। जिल्ला प्रहरी कार्यालय रौतहटले सञ्चालन गरेको अभियान अन्तर्गत दण्ड सजाय तोकिएर लामो समय देखि फरार रहेका ४६५ जना प्रतिवादीलाई पक्राउ गरेको छ। जिल्ला प्रहरी प्रमुख एसपी दिलीप घिमिरेको निर्देशनमा फैसला कार्वान्यनको लागी जिल्लामा संचालित फरार प्रतिवादी पक्राउ अभियान अन्तर्गत उक्त प्रतिबादीहरु लाई पक्राउ गरी कारबाहीको दायरामा ल्याईएको हो। जिल्ला […]
रौतहट २५ माघ । जिल्ला प्रशासन कार्यालय बाराको टोलिले शुक्रबार भूमि सुधार तथा मालपोत कार्यालय बारामा छडके अनुगमन गरेको छ। प्रमुख प्रशासकीय अधिकृत दिपेन्द्र प्रसाद यादवको नेतृत्वमा गएको टोलिको छड्के अनुगमन गरेको अनुगमनको क्रममा मालपोत अधिकृत उदयशंकर चौधरी सहित १७ जना कर्मचारीहरु अनुपस्थित रहेका थिए। उक्त कार्यालयको सेवा प्रवाहमा ढिलासुस्ती भइरहेको सेवाग्राही द्वारा गुनासो […]
सञ्जय मिश्रा रौतहट – न्याय दिन नसकेको भन्दै जिल्ला अदालत रौतहटका एक जना न्यायाधीशविरूद्ध एक परिवार धर्नामा बसेका छन्। कर्तव्य ज्यान मुद्दाका अभियुक्तलाई विभिन्न प्रभावमा परी सफाइ दिएको भन्दै जिल्ला न्यायाधीश मनोज केसीविरूद्ध कारबाही र न्यायको मागसहित सिंगै परिवार बुधबारदेखि धर्नामा बसेका हुन्। बुधबार राति ९ बजे जिल्ला प्रहरी कार्यालय रौतहटको गस्ती टोलीले बलपूर्वक […]
मकवानपुर । सहारा सहकारी ठगी प्रकरणमा रवि लामिछानेसहित चितवन जिल्ला अदालतमा मुद्दा दर्ता भएको छ । लामिछानेसहित ३२ जनाविरुद्ध ठगी तथा संगठित अपराधको कसुरमा अदालतमा मुद्दा दर्ता भएको हो । मंगलबार सरकारी वकिल कार्यालय चितवनले रवि लामिछाने सहित ३२ जनालाई सहारा चितवन बहुउद्देश्यीय सहकारी संस्था ठगी तथा संगठित अपराध कसुरमा अदालत मुद्दा दर्ता गरेको […]