तनहुँ, ९ बैशाख । आँबुखैरेनी गाउँपालिका–४ बेनिटारबाट मेड इन युएसए लेखिएको पेस्तोल १ थान, गोली १ राउण्ड र म्याग्जिन १ थान सहित २ जनालाई बिहीबार दिउसो प्रहरीले पक्राउ गरेको छ ।   पक्राउ पर्नेहरूमा नवलपरासी पूर्व गैंडाकोट नगरपालिका–१२ हर्कपुर बस्ने २५ वर्षीय मिलन ढकाल र चितवन माडी नगरपालिका–७ गौरी नगर बस्ने ३२ वर्षीय बिजय […]

गोरखा, ८ जेठ- भिमसेनथापा गाउँपालिका-४ धावाचौतारा बस्ने ७० वर्षीय बलाराम बिकको करेन्ट लागेर मंगलबार दिउसो मृत्यु भएको छ । सोही ठाउँस्थित बारीमा बाख्रा चराउने क्रममा हाइटेन्सन लाईनको पोलमा सपोर्ट राखिएकोस्ट्याण्ड तारबाट करेन्ट लागेर उनकोघटनास्थलमै मृत्यु भएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

  धादिङ । गुण्डागर्दी, हप्ता असुली र अपराधमा चर्चित नाम हो, राधाकृष्ण भण्डारी उर्फ राधे । कुनै समय दिनेश अधिकारी चरिलाई गोली प्रहार गरेको घटनामा जेल समेत बसेर आएका राधे हिजो आज काठमाडौं आउँदैनन् । उनी धादिङमै गुण्डागर्दी मार्फत ठेक्का पट्टा हत्याउने व्यावसायमा छन् ।   जेल भित्रै रहेका समिरमान बस्नेतसँग केही महिनाअघि खटपट भएपनि जेलभित्रैबाट १० […]

  चितवन, २८ बैशाख ।  चितवनमा यात्रुका झोला तान्ने एवम् अनावश्यक दुःख हैरानी दिने विभिन्न यातायात कम्पनीका ८० जना कर्मचारीलाई प्रहरीले पक्राउ गरेको छ ।   जिल्ला प्रहरी कार्यालय चितवन र जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनको स्विप अप्रेसन अन्तर्गत जिल्लाका विभिन्न स्थानबाट उनीहरुलाई पक्राउ गरिएको हो ।   परिचयपत्र साथमा नलिई यात्रुहरूलाई अनावश्यक दुःख हैरानी दिने, […]

  काठमाडौं – तीनकुनेमा तीन वटा सवारीसाधन आपसमा जुध्दा एक जनाको मृत्यु भएको छ।मृत्यु हुनेमा नुवाकोट घर भई ललितपुर धोबीघाट बस्ने २३ वर्षीया नगिना तामाङ रहेकी छिन्। उनको उपचारको क्रममा राष्ट्रिय ट्रमा सेन्टरमा बिहीबार बिहान ७ बजे मृत्यु भएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता प्रहरी उपरीक्षक अपिलराज बोहराले जानकरी दिए। बिहीबार बिहान ६:३५ मा काठमाडौं-३२ […]

  काठमाडौं, २४ बैशाख। प्रहरीले काठमाडौंबाट स्रोत नखुलेको रकमसहित भारतीय र नेपाली नागरिकलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा भारत कलकत्ता यादवपुर घर भई काठमाडौं-२३ ओमबहाल बस्ने ६७ वर्षीय सुरज दत्त र रुपन्देही देवदह नगरपालिका घर भई चन्द्रागिरि नगरपालिका-१५ तीनथाना बस्ने ६३ वर्षीय धर्मप्रसाद ढकाल रहेका छन्। उनीहरूलाई काठमाडौं महानगरपालिका-२४ विशाल बजार कम्पनी लिमिटेडको भुइँ तलाबाट मंगलबार […]

  काठमाडौं, २४ बैशाख । आज बागमती प्रदेशमा सार्बजनिक बिदा रहेको छ। प्रदेश सरकारको सरकारी कामकाजको भाषा सबन्धी दिवसको अवसरमा बागमती प्रदेशभर सार्बजनिक बिदा दिने निर्णय भएको हो ।   बागमती प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयका अनुसार गत चैत २१ गतेको निर्णय अनुसार आज सो सार्बजनिक बिदा दिइएको सो मन्त्रालयकी सुचना अधिकारी रबिता अधिकारीले […]

  हेटौंडा । हेटौंडा उपमहानगरपालिका–१६ र १७ नम्बर वडा जोडिएको गैरीगाउँमा सडक भासिएर पिकअप भ्यान गायब भएको छ । भित्री कच्ची सडकखण्डमा घाँस काट्ने मेसिन बोकेको ना४च ४८३३ नम्बरको माछा बोक्ने सिङ्गल क्याप बलेरो गाडी (भ्यान) सडक भासिँदा हराएको बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाले जानकारी दिएको छ । गाडी भासिँदै गएपछि सडकमै पानीको दह बनेको […]

भरतपुर, १४ बैशाख । भरतपुर महानगरपालिकाले सरकारी वर्थिङ सेन्टरमा सुत्केरी हुने महिलाई पौष्टिक खाना र यातायात खर्च ब्योहोर्ने भएको छ।   भरतपुर महानगरपालिकाद्वारा आयोजित ‘सुत्केरी पोषण झोला बितरण कार्यक्रम’को सुरूवात गर्दै मेयर रेणु दाहालले सो जानकारी दिएकी हुन् ।   ‘सरकारी बर्थिङ्ग सेन्टरमा सुत्केरी हुने आमाहरूलाई पोषणयुक्त खाना र यातायात खर्चको ब्यवस्था महानगरबाट हुनेछ,’ उनले […]

काठमाडौं, १० वैशाख काठमाडौं महानगरपालिका-८ पशुपति आर्यघाट नजिकै सत्तल पेटिमा हाल नाम, थर, वतन नखुलेका अन्दाजी ३५ वर्षीय पुरूष बुधबार मृत अवस्थामा फेला परेका छन् । खोटाङ, ऐसेलुखर्क गाउँपालिका-१ वादस्कु बस्ने ४५ वर्षीय यादवराज राई सोही गाउँपालिका राखाबाङदेलस्थित सडकमा मंगलबार मृत अवस्थामा फेला परेका छन् । चितवन, कालिका नगरपालिका-५ भिमउली सामुदायिक वनमा हाल नाम, थर, […]