काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले ‘आम चुनावमा भोट दिनका लागि जिन्दगीमा पहिलो चोटी नयाँ बानेश्वर गएर मतदाता नामवलीमा नाम दर्ता गराएका छन् । १८ वर्ष पुगेका जेनजी पुस्ताका सम्पूर्ण भाइबहिनीहरूलाई अल्छी नगरिकन २१ फागुनको आम चुनावमा भाग लिनका लागि नाम दर्ता गर्न हार्दिक अनुरोध गर्दछु,’ मन्त्री पुनले लेखेका छन् ।   […]

  काठमाडौं । भारतको सिक्किम उच्च अदालतले हाल प्रयोगमा आउन छाडेका नेपाली वर्णमालाका केही अक्षरहरुलाई पुनर्स्थापित गर्न आदेश दिएको छ । पहिले वर्णमालामा रहेका र हाल प्रयोग गर्न छाडिँदै गएका ण, श, ष, ड, ढ, क्ष, त्र, ज्ञ, ऋ लगायतका अक्षरहरुको प्रयोग अनिवार्य गर्न सिक्किम उच्च अदालतले आदेश दिएको हो । पहिले नेपाली वर्णमालाका क, […]

काठमाडौँ। राष्ट्रिय परीक्षा बोर्डले कक्षा ११ को पुराना आंशिक तथा ग्रेड वृद्धि परीक्षाको नतिजा शुक्रबार सार्वजनिक गरेको छ । बोर्डले पुराना आंशिकतर्फका नौ हजार ९३४ विद्यार्थीमध्ये पाँ हजार ९१६ जना उत्तीर्ण भएको जनाएको छ । त्यस्तै, ग्रेड वृद्धितर्फ चार हजार ९७६ जनाले परीक्षा दिएकामा तीन हजार ५४० जना उत्तीर्ण भएका छन् । यसरी कुल १३ […]

  काठमाडौं । नेपाल मेडिकल काउन्सिलको वेबसाइट ह्याक भएको छ । २६ असोज दिँउसो २ बजेबाट काउन्सिलको बेवसाइट अनाधिकृत पहुँज भएको काउन्सिलले जनाएको छ । काउन्सिलका रजिष्ट्रार डा. सतिस कुमार देवले डेटा सुरक्षित रहेको र रिकभरी प्रक्रिया पूरा भइसकेको बताए ।   डा. देवका अनुसार, काउन्सिलको वेबसाइट ह्याक भएको पुष्टि भए पनि महत्वपूर्ण डेटाहरू सुरक्षित […]

१) नास्टमा २ घण्टा सम्म छलफल र ल्यावहरु अवलोकन गरियो । ३७ करोड बजेटमा २७ करोड रुपैयाँ प्रशासनिक र १० करोड रुपैयाँ अनुसन्धान र नवप्रवर्तनमा छुट्याएको रहेछ। नास्टलाई उच्चकोटीको अनुसन्धान केन्द्र कसरी बनाउने भन्ने कुराको सुझाव त्यहाँ कार्यरत सबैलाई यहि हप्ता भित्र दिन सबैलाई निर्देशन दिएको छु। भवन र ल्यावहरु उच्च कोटीका छन्। भवन र […]

काठमाडौँ, असोज ११ गते । राष्ट्रिय परीक्षा बोर्डले एसइई पूरक परीक्षाको नतिजा सार्वजनिक गरेको छ । बोर्डले शनिबार प्रकाशित गरेको नतिजाअनुसार ८३ हजार ५६४ परीक्षार्थी उत्तीर्ण भएका छन् । बोर्डका अध्यक्ष डो महाश्रम शर्माले परीक्षामा सहभागी भएका एक लाख ४३ हजार २५७ परीक्षार्थीमध्ये ५९ हजार ६९३ जना अनुत्तीर्ण अर्थात् अवर्गीकृत भएको जानकारी दिनुभयो । परीक्षा […]

  ललितपुर । देशकै पुरानोमध्येको पाटन संयुक्त क्याम्पसले स्थापनाको ७२ वार्षिकोत्सव मनाएको छ। क्याम्पसमा मंगलबार विभिन्न कार्यक्रम गरी वार्षिकोत्सव मनाइएको क्याम्पस प्रमुख डा. रघुवीर विष्टले जानकारी दिए। उनका अनुसार क्याम्पसमा बिहानै विधिपूर्वक सरस्वतीको पूजा गरिएको थियो। उक्त कार्यक्रममा क्याम्पस प्रमुख डा. विष्टसहित सहायक क्याम्पस प्रमुखहरू, विभिन्न विषयका विभागीय प्रमुखहरू, कार्यक्रमका प्रमुखहरू, कर्मचारी/लेखाका उच्च अधिकारीहरूसहित प्राध्यापक र […]

  काठमाडौं । चैतन्य एकेडेमीले विगत १२ वर्षदेखि गर्दै आएको नीति सम्मेलनको १३औँ श्रृङ्खला भदौ २७ र २८ गते धुलिखेलमा आयोजना गर्ने भएको छ। समृद्ध समाज या देश निर्माणका लागि सार्थक नीति आवश्यक्तालाई ध्यानमा राख्दै ‘नीतिदेखि सम्वृद्धिसम्म : राष्ट्र निर्माणको सार्थक यात्रा’ शिर्षकमा नीति सम्मेलनको तयारी गरिरहेको चैतन्य ग्रुपका सिईओ गणेश जोशीले जानकारी दिए। सोमबार […]

  खड्क सुनार मुगु, १५ भदौं । हिमाली जिल्ला मुगुको छायानाथ रारा नगरपालिका– १ स्थिति श्री महाकाली नमुना माध्यमिक विद्यालयमा आइतबारदेखि सिभिल इन्जिनियरिङ पठनपाठनकाे उद्घाटन गरिएको छ ।   आईतवार एक औपचारिक कार्यक्रममा नेपाल सरकारका वन तथा वातावरण मन्त्री माननीय ऐन बहादुर शाहीले सिभिल इन्जिनियरिङ धारको पठनपाठनको उद्घघाटन गर्नुका साथै पठन पाठनको शुभारम्भ गरेका हुन् […]

बर्दिया —ठाकुरबाबा नगरपालिकाले शैक्षिक गुणस्तर बढाउन ९ जना प्रधानाध्यापकलाई सेतो प्लेटको मोटरसाइकल हस्तान्तरण गरेको छ । विद्यालयको प्रयोजनका लागि उक्त मोटरसाइकल माविका प्रधानाध्यापकलाई हस्तान्तरण गरिएको पालिकाले जनाएको छ । शिक्षकको मनोबल उच्च राख्न र थप जिम्मेवारी बोध हुने भएकाले मोटरसाइकल हस्तान्तरण गरिएको मेयर तिलक लम्सालले बताए । पहिलो चरणमा मावि र त्यसपछि निमावि र प्राविका […]