गुलरिया— गुलरिया नगरपालिका–६ स्थित सर्जु सामुदायिक वनमा घाँस काट्न गएको बेला चितुवाको आक्रमणबाट गुलरिया नगरपालिका–७ का ३२ वर्षीय वीरेन्द्र यादव घाइते भएका छन् ।   शनिबार बेलुका ५ बजेतिर चितुवाले यादवलाई आक्रमण गरेको डिभिजन वन कार्यालयले जनाएको छ । ‘घाइते यादवको अवस्था सामान्य रहेको छ । टाउकोमा चोट लागेको उनको ‘बर्दिया अस्पतालमा उपचारपछि यादव […]

सुनिल रेग्मी / नेपालगञ्ज उद्योग वाणिज्य सङ्घले आर्थिक ऐन २०८२/८३ मा उल्लेखित छुट तथा सहुलियत सम्बन्धी नयाँ प्रावधानका विषयमा आज नेपालगञ्जमा अन्तरक्रिया कार्यक्रम गरेको छ । आन्तरिक राजस्व कार्यालय नेपालगञ्जको समन्वयमा उद्योग वाणिज्य सङ्घले सो कार्यक्रम गरेको हो। अन्तरक्रिया कार्यक्रममा आन्तरिक राजस्व कार्यालयका कर अधिकृत विष्णु बहादुर रावतले सूचना प्रविधि र होटलमा आयकर छुट दिने […]

बर्दिया-  गुलरीया नगरपालिका-११ गणेशपुर बाईपासबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ सय मिलिग्राम सहित २ जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा गुलरीया नगरपालिका-६ शान्तिटोल बस्ने २५ वर्षीय शम्शेर खान र हुम्ला सिमकोट गाउँपालिका-५ बस्ने २० वर्षीय करण रोकाय रहेका छन् । प्रहरी चौकी महम्मदपुरबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेका […]

बाँके, १३ असार- डुडुवा गाउँपालिका-६ लिहारपुरूवा बस्ने ३४ वर्षीय राजाराम धोबीको करेन्ट लागेर बिहीबार साँझ मृत्यु भएको छ । आफ्नै घरमा संचालन गरेको खुद्रा किराना पसलमा विद्युतको नाङ्गो तारबाट करेन्ट लागेर गम्भीर घाइते भएका उनको भेरी अस्पताल नेपालगंजमा उपचारको क्रममा मृत्यु भएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।  

  नेपालगन्ज, असार १३ गते । बाढी डुबान लगायतका मनसुनजन्य विपदबाट हुने क्षति न्यूनीकरण गर्न बाँकेमा पहिलो पटक समुदाय विपद् स्वयंसेवक तयार पारिएको छ । सशस्त्र प्रहरी बल नेपालले युवाहरुलाई तालिम दिएर पहिलो पटक समुदाय विपद् स्वयंसेवक तयार गरेको हो । सशस्त्र प्रहरी–बल नेपाल नम्बर ४२ रिजर्भ गण हेडक्वार्टर शमशेरगन्जले २५ जना युवालाई तालिम दिएर […]

बाँके । यान्त्रिक तथा मनसुनजन्य सवारी दुर्घटना न्यूनीकरणका लागि सवारी चालकहरुलाई सचेतना गराइएको छ । बाँके कोहलपुर नगरपालिका वडा नं ११ स्थित जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँके तथा तायात ब्यबस्था कार्यालय नेपालगंज बाँकेको आयोजना र इलाका प्रहरी कार्यालय कोहलपुर बाँकेको सहकार्यमा सचेतना कार्यक्रम गरिएको हो । यातायात व्यबस्था कार्यालय नेपालगञ्ज बाँकेका कार्यालय प्रमुख श्री रमेश […]

काठमाडौं, ११ असार- रूपन्देही, रोहिणी गाउँपालिका-६ बोधवार बस्ने राज घर्तीकी छोरी ४ वर्षीया अनाया घर्ती र सोही ठाउँ बस्ने राज किश्वर घर्तीको छोरो ६ वर्षीय शुभम घर्तीको सोही ठाउँस्थित पोखरीमा डुबेर मंगलबार दिउँसो मृत्यु भएको छ । रौतहट, चन्द्रपुर नगरपालिका-१० बिनुवा टोल बस्ने गमिरा साहको छोरा १ वर्षीय रन्जे साह र सोही ठाउँ बस्ने जगदिश […]

  डुडुवा (बाँके) ११ असार । डुडुवा गाउँपालिकाले नयाँ आर्थिक वर्ष २०८२।०८३ को नीति तथा कार्यक्रम र बजेट प्रस्तुत गरेको छ । गाउँपालिकाको आज मंगलबार बसेको १८औं गाउँसभाले दुई वटा विधियेक, निति तथा कार्यक्रम र रु ५६ करोड १६ लाख ८ हजारको प्रस्तावित बजेट सार्वजनिक गरेको हो । गाउँपालिका अध्यक्ष नरेन्द्रकुमार चौधरीले शिक्षा, स्वास्थ्य, कृषि, […]

FILE PHOTO बर्दिया — बढैयाताल गाउँपालिका–६ उच्चागाउँमा भे १ त ६०८२ नम्बरको ट्रलीसहित काठ बरामद भएको छ । उक्त ट्र्याक्टरमा १ सय २९ दशमलव ५७ क्युफिट सालको चिरानी काठ बरामद गरिएको प्रहरीले जनाएको छ । चिरानी काठ १३ लाख ५ सय ६५ रुपैयाँको मूल्य बराबरको रहेको अनुमान छ । बरामद काठ र ट्र्याक्टर आवश्यक कारबाहीका […]

बुटवल । जनमत पार्टीकी लुम्बिनी प्रदेशसभा सदस्य सुमन शर्मा रायमाझीविरूद्ध जारी भएको पक्राउ पुर्जी हालसम्म जिल्ला प्रहरी कार्यालय बर्दियामा नआएको पाइएको छ । जिल्ला अदालत पर्साबाट रायमाझीविरुद्ध जेठ १६ गते नै पक्राउ पुर्जी जारी भएको थियो । पर्साको पोखरिया बस्ने आशा कुमारी चौहानले बैङ्किङ कसुरमा उनी विरुद्ध जिल्ला प्रहरी कार्यालय पर्सामा उजुरी दिएकी थिइन् । […]