खजुरा । मौसम परिवर्तन भएसँगै नेपालगन्जमा ‘मौसमी भाइरल’का बिरामी अत्यधिक बढेका छन् । चिसो मौसम सकिएर गर्मी मौसमको सुरुवात भएसँगै नेपालगन्जमा अत्यधिक रुपमा मौसमी भाइरलका बिरामीहरु बढेको पाइएको हो । भेरी अस्पतालका सूचना अधिकारी एवम् वरिष्ठ फिजिसियन डा.सङ्केत रिसालका अनुसार नेपालगन्जमा केही दिनदेखि रुघाखोकी लाग्ने, ज्वरो आउने, नाकबाट पानीजस्तो सिगान बग्ने, टाउको दुख्ने, घाँटी […]
खजुरा । बाँकेको डुडुवा गाउँपालिकामा औलो रोग पुष्टि भएपछि उच्च सतर्कता अपनाइएको छ । गाउँपालिकाको वडा नम्बर ४ स्थित शाहपुर्वा र मोल्हुपुर्वा गाउँका एक महिला र एक जना पुरुषमा केही दिनअघि औलो रोग पुष्टि भएको पालिकाका स्वास्थ्य शाखा प्रमुख हेमन्त शर्माले बताउनुभयो । उहाँका अनुसार स्थानीय दुई जनामा औलोको लक्षण देखिएपछि रगतको (आरडिटी र माइक्रोस्कोपिक) […]
नेपालगन्ज । भेरी अस्पतालको प्रसूति गृहमा दैनिक १० देखि १२ जना जटिलखालका गर्भवती आउँछन् । तिमध्ये ६ जनाले मात्र भेरी अस्पतालको बेड पाउँछन् । अरुलाई अन्यत्रै रिफर गर्नुपर्ने बाध्यता छ । पश्चिम नेपालको स्वास्थ्यको धरोहरका रुपमा परिचित यस अस्पतालमा आवश्यकताका आधारमा बेडहरु नहुँदा सुत्केरी तथा गर्भवती महिलाले सहजरुपमा सेवा पाउन सकेका छैनन् । भेरी अस्पतालमा […]
नेपालगन्ज, फागुन १६ गते । बाँकेमा गत तीन दिनमा एक लाख चार हजारभन्दा बढी बालबालिकालाई दादुरा–रुबेलाविरुद्धको खोप लगाइएको छ । नौ महिनादेखि १५ वर्ष उमेर समूहका एक लाख ६५ हजार ५६६ जना बालबालिकालाई दादुरा–रुबेलाविरुद्धको खोप लगाउने लक्ष्यका साथ सुरु गरिएको खोप अभियानको तीन दिनमा जिल्लामा एक लाख चार हजार ७७३ बालबालिकालाई सो खोप लगाईएको […]
कोहलपुर। रुकुमको पिपल गाउँपालिका–९ बस्ने कौशिला दाहालले कुष्ठरोगको नियमित उपचार गराइरहनुभएको छ । विगत १५ वर्षदेखि कुष्ठरोगको समस्या भए पनि समाजको डरले खुट्टाको घाउ लुकाएर बस्नु परेको गुनासो उहाँले सुनाउनुभयो । रोगको पीडा सहन नसकेपछि उपचार गर्न रुकुम सदरमुकाम आइपुगेकी दाहाल थप उपचारका लागि बाँकेको जानकी गाउँपालिका–३, मानपुरमा रहेको साइनिङ अस्पतालमा पुग्नुभएको छ । कुष्ठरोग लागेको थाहा पाएपछि […]
घोराही । लुम्बिनी प्रदेशमा दादुरा–रुबेला खोप अभियान–२०८०/८१ अन्तर्गत ११ लाखभन्दा बढी बालबालिकालाई खोप लगाइने भएको छ । लुम्बिनी प्रदेश स्वास्थ्य मन्त्रालयले दाङको घोराहीमा आयोजना गरेको अन्तर्क्रिया कार्यक्रममा दादुरा–रुबेला खोप अभियान अन्तर्गत फागुन १३ देखि चैत ७ सम्म सञ्चालन हुने खोप अभियानका क्रममा प्रदेशका १२ जिल्लाका ११ लाख २१ हजार ६०७ बालबालिकालाई खोप लगाउन थालिएको […]
गोरखापत्र अनलाइ/ नेपालगन्ज। बाँके जिल्लामा सञ्चालित आयुर्वेद स्वास्थ्य केन्द्र तथा नागरिक आरोग्य सेवा केन्द्रप्रति स्थानीयको आकर्षण दिनदिनै बढ्दै गएको छ। आयुर्वेद औषधीको कुनै पनि साइड इफेक्ट नभएको र सो उपचार पद्धतीबाट रोगलाई जरैबाट समाप्त गर्न सकिने हुँदा बिरामीको आकर्षण बढ्दै गएको आयुर्वेद स्वास्थ्य केन्द्र तथा नागरिक आरोग्य सेवा केन्द्र बाँकेका सूचना अधिकारी सिताराम चौधरीेले […]
नेपालगन्ज । एचसिआरसी अस्पताल नेपालगन्जले पश्चिम नेपाल मै पहिलो पटक निसन्तान दम्पतीका लागि प्रजनन स्वास्थ्यसम्बन्धी नयाँ प्रविधि सेवा सुरु गरेको छ । सो अस्पतालले निसन्तान सम्पत्तिलाई सन्तान जन्माउन सहयोग गर्ने आईयुआई सेवा पश्चिम नेपालमै पहिलो पटक नेपालगन्जमा सुरु गरेको जनाएको छ । कृत्रिम गर्भाधारणको पहिलो प्रयासको रूपमा पुरुषबाट निकालिएको वीर्यलाई प्रविधिको माध्यम द्वारा राम्रोसँग ल्याबमा […]
जुम्ला । जुम्लामा ९ महिना देखी ५ वर्ष सम्मका बालबालिकालाई दादुरा–रुबेला खोप लगाइने भएको छ । सरकारले अभियानको रूपमा लिइएको खोप जुम्लामा पनि दुई चरणमा लगाइने जिल्ला जनस्वास्थ्य कार्यालय जुम्लाले जानकारी दिएको छ । जनस्वास्थ्य सेवा कार्यालयले जिल्ला खोप समन्वय समिति र सञ्चारकर्मी सँगको अन्तरक्रियामा नेपाल सरकारको लक्ष्य अनुसार जुम्लामा पनि दुई चरणमा […]
नेपालगन्ज । नेपालगन्ज उपमहानगरपालिकाभित्र निर्माण गरिएका सार्वजनिक शौचालयहरूको सही व्यवस्थापन नहुँदा केही सङ्ख्यामा बन्द भइसकेका छन् भने अधिकांश फोहोर र जीर्ण भई काम नलाग्ने हुन थालेका छन् । सोही कारणले ती शौचालयहरूलाई व्यवस्थित तरिकाले सञ्चालन गर्नका लागि जनप्रतिनिधि र कर्मचारीहरूबिच छलफल गरिएको छ । नेपालगन्ज उपमहानगरपालिकाका प्रवक्ता प्रमोद रिजालले एसएनभी नेपालको आयोजनामा उपमहानगरपालिकाका […]










