रासस/ महेन्द्रनगर (कञ्चनपुर)/  राष्ट्रिय खेलकुद परिषद्बाट कहिल्यै क्रिकेट प्रशिक्षक नपाएको कञ्चनपुर राष्ट्रियस्तरमा भने यहाँका क्रिकेट खेलाडीले बनाएको छविले परिचित छ। यहाँ क्रिकेटको खेल इतिहासमै पुराना र सिनियर राष्ट्रिय खेलाडीले स्वयंसेवक प्रशिक्षकका रुपमा काम गर्दै आएका भरमा प्रतिभावान् खेलाडी उत्पादन निरन्तर हुँदै आएको छ। पछिल्लो समय कञ्चनपुर घर भएका राष्ट्रियस्तरका खेलाडीहरूले गरिरहेको उत्कृष्ट प्रदर्शनले गृहजिल्लामा क्रिकेटप्रतिको […]

  १२ मंसिर, काठमाडौं । नेपाल सुपर लिग (एनएसएल) २०२३ चलिरहेको छ । ९ फ्रेन्चाइज टिमले प्रतिस्पर्धा गरिरहेका छन् । पहिलो संस्करणमा ७ टिमले प्रतिस्पर्धा गरेका थिए । यसपटक तीन नयाँ टिम थपिएको छ भने एक टिम बाहिरिएको छ । यसपटक टिम थपिएपछि खेलाडीको संख्या पनि स्वभाविकरुपमा थपिएको छ । साथै खेलको प्रतिस्पर्धा रोमाञ्चकता पनि […]

रासस काठमाडौँ । नेपाल-चीन सम्बन्ध बिस्तार तथा नेपालको पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले पोखरामा आयोजना हुन लागेको मैत्रीपूर्ण दौड प्रतियोगितामा भाग लिन चिनियाँ खेलाडी विमान चार्टर्ड गरी नेपाल आउने भएका छन् । नेपालका लागि चिनियाँ राजदूतावास र पोखरा महानगरपालिकाको संयुक्त आयोजना तथा चीनको युनान माउण्टेनियरिङ एण्ड आउटडोर स्पोर्टस् एसोसिएसन र होटेल एसोसिएसन पोखराको सहआयोजनामा यही मङ्सिर […]

  काठमाडौं । चार देश सम्मिलित महिला टी-२० सिरिज अन्तर्गत आजको खेलमा नेपालका खेलाडि संगीता राईले पाँच विकेट लिई जापानलाई ६७ रनले पराजित गरेको छ। नेपालले दिएको ११४ रनको लक्ष्य पछ्याएको जापानले सबै विकेट गुमाएर ४६ रनमात्रै बनाउन सक्यो। त्यस्तै पुजा महतोले २, अस्मिना कर्माचार्यले २ र काजल श्रेष्ठले १ विकेट लिए। जापानकी मेग ओगावाले […]

  काठमाडौं । फिफा विश्वकप २०२६ र एएफसी एसिया कप २०२७ को संयुक्त छनोट चरणको खेलमा सयुंक्त अरब इमिरेट्स (युएई) सँग नेपाल पराजित भएको छ। बिहीबार राति छनोट चरणअन्तर्गत समूह ‘एच’ को पहिलो लेगमा नेपाल यूएईसँग ४-० ले पराजित भएको हो। दुबईको अल मक्तुम स्टेडियममा भएको उक्त खेलमा यूएईका लागि अली माब्खोतले दसई तथा खालिफा […]

  काठमाडौं, कात्तिक ३० / फिफा विश्वकप छनोट अन्तर्गत आज युएईको दुबईमा नेपाली समयअनुसार आज राति साढे ९ बजे नेपालले दोस्रो चरणको पहिलो खेल   युएईसँग खेल्दैछ। दोस्रो चरणका लागि नेपालको समूहमा युएई, बहराइन र यमन छन्। फिफा वरीयतामा युएई ६९औं स्थानमा छ। युएई समूहको सबैभन्दा बलियो टिम हो। बहराइन ८३औं र यमन १५६औं स्थानमा रहँदा […]

  काठमाडौँ । नेपाल क्रिकेट संघ ९क्यान० ले राष्ट्रिय महिला क्रिकेट टोलीको कप्तानमा इन्दू बर्मालाई नियुक्त गरेको छ । क्यानले हङ्कङमा हुने टी—२० क्रिकेट शृंखलाका लागि इन्दूको कप्तानीमा १४ सदस्यीय टोलीको घोषणा गरेको हो । टी—२० शृंखला नोभेम्बर १५ तारिखदेखि सुरु हुनेछ । हङ्कङ भ्रमणका लागि घोषित टोलीमा उपकप्तानको जिम्मेबारी विन्दू रावललाई दिइएको छ । […]

  २३ कात्तिक, हेटौंडा । अखिल नेपाल फुटबल संघ (एन्फा) को हेटौंडामा भएको विशेष विशेष साधारणसभाले अध्यक्ष पंकजबिक्रम नेम्वाङलाई बर्खास्त गर्नेसम्बन्धी प्रस्ताव अस्वीकृत गरेको छ । नेम्वाङलाई बर्खास्त गर्न माग गर्दै परेको प्रस्तावमाथि मतदान हुँदा पक्षमा एक मत पनि परेन भने विपक्षमा ५२ मत परेको छ । एक मत बदर भएको छ ।

काठमाडौं ।  बायाँ हातको औंला भाँचिएपछि बंगलादेशका कप्तान शकिब अल हसन विश्वकप क्रिकेट २०२३ बाट बाहिरिएका छन्।  उनी आज ढाका फर्कने छन्। शकिबको स्थानमा ब्याटर अनामुल हकले खेल्नेछन्। साकिब सोमबार दिल्लीमा श्रीलंकाविरुद्धको ८२ रनको इनिङ्स खेल्दा घाइते भएका थिए। फिजियो बेजेदुल इस्लाम खानका अनुसार शाकिबलाई ब्याटिङ गर्दा चोट लागेको थियो। उनी तीनदेखि चार हप्तामा मैदान […]

काठमाडौं, कात्तिक १९/ आइसिसी टी-२० विश्वकप एसिया छनोटको उपाधि भिडन्तमा नेपाल पराजित भएको छ। आइतबार भएको उपाधि भिडन्तमा नेपाल ओमानसँग सुपर ओभरमा पराजित भयो। पहिले ब्याटिङ गरेको नेपालले ६ विकेटको क्षतिमा १८४ रन जोडेको थियो। जवाफी ब्याटिङ गरेको ओमानले पनि ९ विकेटको क्षतिमा १८४ रन नै जोड्यो। जसका कारण खेल सुपर ओभरमा पुग्यो। सुपर ओभरमा […]