नारायणगढ, भदौ ११ गते । पछिल्लो समय संरक्षित क्षेत्रका वयस्क बाघ घाइते अवस्थामा मानव बस्तीमा निस्कन थालेका छन् । विगतमा बुढा र अशक्त बाघ जङ्गलमा सिकार गर्न नसकेपछि मानव बस्तीमा निस्कने गर्थे तर पछिल्लो समय वयस्क बाघ नै घाइते अवस्थामा निकुञ्जबाहिर भेटिन थालेका छन् । तिनले मानव बस्तीनजिकका साना वनमा बस्ने र घरपालुवा जनावर र मानिसलाई आक्रमण […]
काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा पश्चिमतिर सरदर स्थानको दक्षिणतिर र पूर्वतिर सरदर स्थानको आसपास अवस्थित रहेको छ । हाल देशभर आंशिक देखि साधारणतया बदली रहेको छ। कोशी र लुम्बिनी प्रदेशका एक-दुई स्थानमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का वर्षा भईरहेको छ। आज दिउँसो कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत देशको […]
काठमाडौँ । वैदिक सनातन धर्मावलम्बीले ‘श्रीकृष्ण जन्माष्टमी’ पर्व आज देशभर भगवान् श्रीकृष्णको पूजा–आराधना गरी श्रद्धा–भक्तिपूर्वक मनाईदैछ । ज्ञानयोग, कर्मयोग र भक्तियोगका प्रणेता भगवान् श्रीकृष्णको जन्म द्वापरयुगमा भाद्रकृष्ण अष्टमीको मध्यरातमा भएकाले आजको दिनलाई ‘श्रीकृष्ण जन्माष्टमी’ र रातलाई ‘मोहरात्री’ भनिन्छ । यस दिन देशभरिका कृष्णमन्दिरमा भगवान् श्रीकृष्णको पूजा–आराधना, प्रवचन, भजनकीर्तन गर्नाका साथै विशेष गरी महिला, पुरुष ‘व्रत’ […]
काठमाडौं । भारतको विहार राज्यस्थित समस्तीपुरको नेशनल आइवे २८ मा नेपाली तीर्थयात्री बोकेको बस दुर्घटनामा परेको छ । ४३ जना सवार ना ७ ख ६४४६ नम्बरको बस दुर्घटना भएको हो । सो दुर्घटनामा ३६ जना घाइते भएको भारतीय सञ्चारमाध्यामले उल्लेख गरेका छन्, जसमा ५ जनाको अवस्था गम्भीर रहेको बताइएको छ । अहिले घाइतेहरुको स्थानीय अस्पतालमा […]
नेपालगञ्ज, भदौ ९ गते । जुम्लामा उत्पादन भएको स्याउ नेपालगन्जका चोकचोकमा पाइन थालेको छ । जुम्लाबाट गाडीमा ढुवानी गरेर कोहलपुर ल्याइने स्याउ नेपालगन्जका धम्बोझी, पुष्पलालचोक, भानुचोक, बिपी चोकलगायतका स्थानमा प्रतिकिलो रु एक सय ६० मा खरिद गर्न पाइने स्थानीय बताउँछन् । कोहलपुर नगरपालिका–१२ की शर्मिला कार्कीले प्रतिकेजी स्याउमा रु २० नाफा गरेर जुम्लाको स्याउ बेचिरहेको […]
विराटनगर । झापाकी एक जना १६ वर्षीया बालिकामाथि सामूहिक बलात्कार गरेको भन्दै प्रहरीले होटलका मालिक र कामदारसहित ६ जनालाई पक्राउ गरेको छ। शुक्रबार राति अर्जुनधाराको हाट र होटलमा पुर्याएर बालिकामाथि सामूहिक बलात्कार भएको हो। जिल्ला प्रहरी कार्यालय झापाका प्रमुख एसपी मिलन केसीका अनुसार अर्जुनधारा नगरपालिका वडा नम्बर ७ मा रहेको लंका होटल एन्ड रिसोर्टका […]
काठमाडौं । रामेछापको दोरम्बा शैलुङ ३ मा गएको पहिरोमा परि ६ जनाको मृत्यु भएको छ । पहिरोमा परी ४ जना अझै बेपत्ता रहेको प्रहरीले जनाएको छ । पहिरोले ४ वटा घर र एक पक्कि पुल बगाएको छ । अहिले बेपत्ताको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ ।
चितवन । नारायणगढ-मुग्लिन सडकखण्ड अन्तर्गत भरतपुर महानगरपालिका- २९ स्थित घुमाउनेमा यात्रुबाहक बस दुर्घटनामा परेको छ । काठमाडौ जाँदै गरेको सु प्र प्र ०२ ००१ ख १३३२ नम्बरको बस दुर्घटनामा परेको प्रहरीले जानकारी दिएको छ । बस अनियन्त्रित भएर दुर्घटनामा परेको र सडक किनारमा कोल्टे परेकाले ठुलो क्षति हुन बाट बचेको प्रहरीले जनाएको छ । दुर्घटनामा […]
काठमाडौँ । पृथ्वीराजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका-२ ऐनापहरास्थित मर्स्याङ्दी नदीमा शुक्रबार भएको बस दुर्घटनामा घाइते यात्रीहरूलाई भेट्न भारतकी राज्यमन्त्री काठमाडौं आइपुगेकी छन् । शुक्रबार बस दुर्घटना हुँदा घाइते भएका यात्रुलाई भेट्न र मृतक शवहरू लिएर जान भारतको केन्द्र सरकारकी युवा तथा खेलकुद राज्यमन्त्री रक्षा खडसे शनिबार बिहान काठमाडौं आइपुगेकी हुन् । उनी प्रधानमन्त्री नरेन्द्र मोदीको […]
काठमाडौँ । जब विश्व स्वास्थ्य एम पक्स (मंकीपक्स) को बारेमा विश्वव्यापी स्वास्थ्य संकट घोषणा गर्यो, तब विश्वभर एउटा प्रश्न सोधियो । के मंकीपक्स नयाँ कोरोना हो ? वैज्ञानिक र स्वास्थ्य विज्ञहरूको जवाफ छ– होइन, त्यस्तो होइन । तर यसको विषयमा आम मानिसको चिन्ता भने जायज छ । डब्लुएचओ (विश्व स्वास्थ्य संगठन) युरोपका क्षेत्रीय निर्देशक […]












