जुवातास खेलिरहेको अवस्थामा दांगका ८ जना पक्राउ

दाङ,-  तुलसीपुर उपमहानगरपालिका-१० पड्डा डेरा गरी बस्ने सोही उपमहानगरपालिका-६ घर भएका ५९ वर्षीय चेत लाल बुढाथोकीको कोठामा जुवातास खेलिरहेको अवस्थामा चेतलाल समेत ८ जनालाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ ।

इलाका प्रहरी कार्यालय तुलसीपुरबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १ लाख ११ हजार ७ सय १० रूपैयाँ, ६ सय १८ पत्ता तास र कौडा १६ थान सहित पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

Advertisement

प्रतिक्रिया दिनूहोस्

सम्बन्धित शिषर्कहरु