राजापुरमा फोर्स गाडीको ठक्करले मोटरसाइकल चालकको मृत्यु, स्थानीयले गरे सडक बन्द

बर्दिया — लु २ ख ५९१९ नम्बरको फोर्स गाडीले भे ४ प ७८३ नम्बरको मोटरसाइकललाई ठक्कर दिएपछि मोटरसाइकल चालक राजापुर–८ का ५४ वर्षीय चेतुका थारुको मृत्यु भएको छ ।

स्थानीयका अनुसार तीव्र गतिमा रहेको उक्त गाडीले मोटरसाइकललाई ठक्कर दिएको थियो ।

Advertisement

गाडीका चालक बाँके नेपालगन्ज–४ का विकास सिंह ठकुरीलाई प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ । मृतकका आफन्त र स्थानीयले सोमबार बिहान ७ बजेदेखि चक्काजाम गराएपछि आउजाउ ठप्प भएको छ ।

 

प्रतिक्रिया दिनूहोस्

सम्बन्धित शिषर्कहरु