बोक्सी लगाएको आरोपमा भाईले गरे दाईको हत्या

सुर्खेत । बोक्सी लगाएको आरोपमा  दैलेख दुल्लु नगरपालिका–१३ मालिकाका ५६ वर्षीय कर्णबहादुर कामीको बुधवार राति हत्या भएको छ । जिल्ला प्रहरी कार्यालय दैलेखका अनुसार हत्या आरोपमा कर्णबहादुरकै भाइ नाता पर्ने ४३ वर्षीय भुवनसिंह बिकलाई प्रहरीले पक्राउ गरेको छ । , कर्णबहादुर गाउँका धामी थिए ।

बुधबार राति कर्णबहादुरको घर गएका भुवनसिंहले सुरुमा पानी मागेर खाएका थिए । त्यसको केही समयपछि एक्कासी आफूलाई बोक्सी लागेर बिरामी पारेको भन्दै धारिलो हतियार प्रहार गरेको प्रारम्भिक अनुसन्धानबाट देखिएको प्रहरीले जनाएको छ ।

Advertisement

 

हतियार प्रहारबाट घाइते भएका कर्णबहादुरलाई दुल्लु अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको थियो ।

प्रतिक्रिया दिनूहोस्

सम्बन्धित शिषर्कहरु