काठमाडौँ । प्रतिनिधिसभा सदस्य निर्वाचनको मिति आउन अब ८८ दिन बाँकी छ । निर्वाचनको दिन नजिकिँदै जाँदा निर्वाचन आयोगले आवश्यक तयारीलाई तीव्र पारेको छ । प्रतिनिधिसभा सदस्यको निर्वाचन आगामी फागुन २१ गते हुनेगरी समयसीमा निर्धारण गरिएको छ । निर्वाचनका लागि राजनीतिक दलहरूले आन्तरिक रूपमा तयारीलाई तीव्र पारेका छन् । आयोगले आजदेखि समानुपातिक निर्वाचन प्रणालीतर्फको […]

बाँकेको जानकी गाउँपालिका अन्तर्गतका सामुदायिक तथा संस्थागत विद्यालयका प्रधानाध्यापक, शिक्षक तथा कर्मचारीहरूको चारदिने शैक्षिक अवलोकन भ्रमण सफलतापूर्वक सम्पन्न भएको छ शिक्षा क्षेत्रमा भइरहेको प्रगति, विकास , सकारात्मक अभ्यासलाई थप मजबुत बनाउने उद्देश्यले कास्कीको भ्रमणको आयोजना गरिएको हो मंसिर १७ गतेदेखि सुरु भएको भ्रमण पोखरा स्थित बिन्दाबासिनी उच्च माविमा भएको थियो। शिक्षा शाखा प्रमुख कृष्णकुमारी भण्डारीले […]

  काठमाडौँ —प्रधानमन्त्री सुशीला कार्कीले बर्दिया बढैयाताल–४, दक्षिण भकारी गाउँकी एक युवतीले नागरिकताका लागि संघर्ष गर्दागर्दै मृत्युको बाटो रोजेको घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन दिएकी छन् । प्रधानमन्त्री कार्कीले शनिबार सामाजिक सञ्जाल (फेसबुक)मार्फत उनले घटनाको वास्तविकता छानबिन गर्न गृहमन्त्रीलाई निर्देशन दिएका जानकारी गराएकी हुन् । प्रधानमन्त्री कार्कीले बर्दियाको बढैयाताल–४, दक्षिण भकारी गाउँकी एक युवतीले नागरिकताका लागि […]

नेपालगन्ज । लैङ्गिक हिंसाविरुद्ध अहिले थुप्रै कानुनहरु भएपनि त्यसको प्रभावकारी कार्यान्वयनको अभाव भएको कानुन विज्ञहरुले बताएका छन । उनीहरुले महिला तथा बालबालिका सम्वन्धी राष्ट्रिय तथा अन्र्तराष्ट्रियस्तरको प्रयाप्त कानुन भएपनि कार्यान्वयन प्रक्रिया फितलो भएकाले पिडितले न्यायोचित न्याय पाउन नसकेको अवस्था रहेको बताएका थिए । महिला कानुन र विकास मञ्चको सहकार्यमा सूचना र मानव अधिकार अनुसन्धान केन्द्रले […]

    काठमाडौं । चुनावको तयारीबारे निर्वाचन आयोगले सरकार र राजनीतिक दलहरूलाई एकसाथ ब्रिफिङ गर्दैछ । शुक्रबार प्रधानमन्त्री सुशीला कार्कीको आह्वानमा सर्वपक्षीय बैठक बस्दैछ । दिउँसो ४ बजे प्रधानमन्त्री निवास वालुवाटारमा बस्ने बैठकमा सरकार, राजनीतिक दलका प्रतिनिधि, जेनजी प्रतिनिधि, सुरक्षा निकाय र निर्वाचन आयोगका आयुक्तहरू सहभागी हुँदैछन् ।   उक्त बैठकमा चुनावको तयारीबारे बृफिङ गरिने […]

काठमाडौँ /रासस-  स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले इन्फ्लुएन्जा (फ्लु) बाट बच्न आग्रह गरेको छ । मन्त्रालयले चिसो बढेसँगै फ्लु सङ्क्रमण बढ्ने भएकाले बच्न आग्रह गरेको हो ।   जाडोमा धेरै सक्रिय हुने यो भाइरसले शिशुदेखि जवान, अधबैँसे र वृद्धवृद्धासमेत सबै उमेरका व्यक्तिलाई फ्लु लाग्न सक्छ । मन्त्रालयका प्रवक्ता डा प्रकाश बुढाथोकीले विशेष गरी बालबालिका, ज्येष्ठ नागरिक […]

बाँके, १८ मंसिर । बाँकेको नरैनापुरमा पछिल्लो समय शिक्षा क्षेत्रमा अनियमितता र माफियाकरणविरोधी आन्दोलनको नाममा सामाजिक सञ्जालमार्फत अनधिकृत बन्द–हड्तालका सूचना फैलिन थालेपछि नरैनापुर गाउँपालिकाले औपचारिक प्रतिक्रिया सार्वजनिक गरेको छ । गाउँपालिकाका अध्यक्ष इश्तियाक अहमद शाहले बिहिबार जारी गर्नु भएको विज्ञप्तिमा बिना पूर्वसूचना, कानुनी प्रक्रिया र संवादबिना गरिएको हड्ताललाई अवैध, गैरजिम्मेवार र समाजविरोधी भन्दै कडा शब्दमा […]

  नेपालगन्ज- लामो समयदेखि अलपत्र बनेको सिक्टा सिँचाइ आयोजना अन्तर्गतको डुडुवा नहरको निर्माण कार्य पुनः सुरु भएर तीव्र गतिमा अगाडि बढेको छ । आयोजनाको मूल नहरबाट १८ क्युमेक्स (हजार लिटर प्रतिसेकेन्ड) पानी डुडुवा नहरमा खसालेर करिब ४६ किलोमिटर लामो डुडुवा शाखा नहर निर्माणका लागि आयोजनाले दुई वटा प्याकेजमा ठेक्का आह्वान गरेको थियो । पहिलो प्याकेजमा […]

  काठमाडौँ। देशका ३८ सहकारी संस्थामार्फत भएको रेमिट्यान्स कारोबार र धरौटी रकम भुक्तानी नगरेको आरोपमा प्रभु म्यानेजमेन्ट प्रालिका संस्थापक अध्यक्ष देवीप्रकाश भट्टचनसहित पाँच जनाविरुद्ध जिल्ला अदालतमा मुद्दा दायर भएको छ । जिल्ला सरकारी वकिल कार्यालय काठमाडौँले ठगी, आपराधिक विश्वासघात र हुन्डीसमेतको कसुरमा उहाँहरूविरुद्ध जिल्ला अदालत काठमाडौँमा मुद्दा दायर गरेको हो । प्रतिवादी पाँचै जना र […]

  बीबीसी-  गत भदौमा भएको जेन जी आन्दोलनमा ‘गैरकानुनी रूपमा बल प्रयोग गरिएका’ प्रतिवेदन ह्युमन राइट्स वाचले हालै सार्वजनिक गरेपछि फौजदारी तथा मानवअधिकार कानुनका ज्ञाताहरूले दण्डहीनताले निरन्तरता पाएको खण्डमा नेपालमाथिको अन्तर्राष्ट्रिय निगरानी अझ बढ्ने बताएका छन्। सन् २००६ मा विस्तृत शान्ति सम्झौतामा हस्ताक्षर गरेर एक दशक लामो सशस्त्र द्वन्द्व अन्त्य गरेको नेपालले सङ्क्रमणकालीन न्यायिक प्रक्रियालाई […]