सर्लाही-बसवरिया गाउँपालिका-२ ढापटोल बस्ने ३८ वर्षीय रन्ति सहनीको करेन्ट लागेर सोमबार राति मृत्यु भएको छ । आफ्नै घरमा सिलिङ पंखा बनाउने क्रममा करेन्ट लागेर उनको मृत्यु भएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
काठमाडौं- स्याङ्जा, गल्याङ नगरपालिका-८ करादीस्थित सडकमा गल्याङबाट साङ्लियातर्फ जाँदै गरेको ग.१ ज ६५३४ नम्बरको बोलेरो जीप अनियन्त्रित भई सोमबार साँझ दुर्घटना हुँदा जीपमा सवार २ जनाको घटनास्थलमै मृत्यु भएको छ । मृत्यु हुनेहरूमा सोही नगरपालिका-८ बस्ने २५ वर्षीया सदिक्षा थापा मगर पचभैया र सोही नगरपालिका-९ बस्ने ६० वर्षीय यम बहादुर विक रहेका छन् । साथै […]
नेपालगन्ज- जेष्ठ नागरिक महिलाको स्वास्थ्य, सक्रिय जीवनशैली र मनोसामाजिक सुस्वास्थ्यप्रति सचेतना जगाउने उद्देश्यले नेपालगन्जमा ‘दौडिन्छन् हजुरआमा’ कार्यक्रमको दोस्रो संस्करण आयोजना हुने भएको छ। सम्यक हब मिडिया प्रालिको आयोजना र नाट्टा बाँके च्याप्टरको सहआयोजनामा भदौ २१ गते सो कार्यक्रम हुन लागेको हो। धारा नेपालगन्ज म्याराथनको प्राविधिक सहयोगमा हुने यस अभियानका लागि निःशुल्क सहभागिता दर्ता खुला भइसकेको […]