गेरूवा गाउँपालिका झबहीमा मोटरसाइकलको ठक्करबाट महिलाको मृत्यु

बर्दिया-  गेरूवा गाउँपालिका-५ झबहीस्थित सडकमा से.२ प ५१७१ नम्बरको मोटरसाइकलको ठक्करबाट पैदलयात्री सोही ठाउँ बस्ने ७५ वर्षीया चुलादेवी थारूको बिहीबार राति मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएकी उनको प्राथमिक स्वास्थ्य केन्द्र राजापुरमा उपचारको क्रममा मृत्यु भएको हो । मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

२०८२, ३ जेष्ठ शुक्रबार १५:५९

एसपी मिश्रको कडा एक्सनः एकैदिनमा १९५ प्रतिवादी पक्राउ

  सञ्जय मिश्रा बिरगंज, २ जेठ। जिल्ला प्रहरी कार्यालय पर्साको प्रमुखको जिम्मेवारी सम्भाले देखिनै एसपी गौतम मिश्र पुरै एक्सनमा देखिएका छन। उनको कडा एक्सनले अपराधी र तस्कर माझ खैलाबैला मच्चिएको छ भने सानो अवधिमा प्रहरीले करोडौंको अबैध माल सामान बरामद गरेको छ। एसपी मिश्रको सक्रियता र कडा निर्देशनले पर्सा जिल्लामा प्रहरीले एकै दिनमा १९५ जना […]

२०८२, ३ जेष्ठ शुक्रबार १२:५३

कारको ठक्करबाट मर्निङवाकमा निस्केका दुई महिलाको मृत्यु

  कपिलवस्तु । आज बिहान मर्निङवाकमा निस्केका बुद्धभूमि नगरपालिका –१ वसन्तपुरकक दुई महिलाको कारको ठक्करबाट मृत्यु भएको छ । शुक्रबार बिहान करिब ५ः४५ बजे गोरुसिङ्गे–अर्घाखाँची सडक खण्डमा गोरुसिङ्गेतर्फ जाँदैगरेको बीएडी ९५९९ नम्बरको कारले उनीहरूलाई ठक्कर दिएपछि घाईते भएका थिए । दुर्घटनामा गम्भीर घाइते भएकी ६० वर्षीय शान्ता खत्री र ६५ वर्षीय तिलकुमारी रायमाझीलाई उपचारका लागि […]

२०८२, ३ जेष्ठ शुक्रबार १०:२४