देशभरका प्रमुख शहरहरूमा ‘अष्ट्रेलयन एजुकेशन फेयर २०२६’ सम्पन्न भएको छ। गत माघ ९ गते काठमाडौंको होटल र्‍ याडिसनबाट सुरु भएको यो सफल यात्रा पोखरा, चतवन र बुटवलका विद्यार्थीहरूलाई जोड्दै आज ललितपुरको कुमारीपाटी शाखामा आएर सफलतापूवक समापन भएको छ। पाँचवटै स्थानमा  विद्यार्थी र अभिभावकहरूको अभूतपूव र उत्साहजनक उपिस्थतले यस मेलालाई नेपालकै ठूला र प्रभावकारी शैक्षिक कार्यक्रमहरूमध्ये […]

नेपाली कांग्रेसका सभापति गगन थापा काठमाडौं फर्किएका छन् । आफ्नो निर्वाचन क्षेत्र सर्लाही–४ मा पाँच दिनसम्म नेता, कार्यकर्ता तथा मतदातासँग प्रत्यक्ष भेटघाट गरी उनी आज काठमाडौं फर्किएका हुन् । १२ माघमा सर्लाही आइपुगेका सभापति थापा निर्वाचन क्षेत्रभित्र घरदैलो, छलफल र संवाद कार्यक्रममा सहभागी भए । पार्टीले भावी प्रधानमन्त्रीका रूपमा समेत अघि सारेका सभापति थापालाई सर्लाही […]

बिबिसी । नेपाली सेनाले यस पटक निर्वाचनलाई लक्षित गरेर हवाई गस्ती पनि गरिने भन्दै त्यसका लागि देशका विभिन्न ठाउँहरूमा ‘सुरक्षा वेस’ स्थापना गरिने बताएको छ। निर्वाचनका लागि तय गरिएको एकीकृत सुरक्षा योजनामा नेपाल प्रहरी र सशस्त्र प्रहरी बलसँगै ७८,००० भन्दा बढी सैनिक निर्वाचनको सुरक्षामा खटिने उल्लेख गरिएको छ। नेपाली सेनाका प्रवक्ताले निर्वाचनपूर्व, निर्वाचनका बेलार मतदानको […]

काठमाडौँ । बिहानैदेखि लागेको बाक्लो हुस्सु तथा कुहिरोको कारण काठमाडौँलगायत देशका विभिन्न विमानस्थलमा उडान ठप्प रहेको छ । काठमाडौँ, विराटनगर, राजविराज, नेपालगन्ज, धनगढी, सुर्खेत र तुम्लिङटार विमानस्थलमा उडान सुरु हुन नसकेको बुद्ध एयरले जानकारी दियो । मौसममा सुधार आएसँगै उडान अवतरण सुरु गर्ने विमानस्थल स्रोतले जानकारी दिएको छ ।  

हाल नेपालमा पश्चिमी न्यूनचापीय प्रणालीको प्रभाव रहेको छ । २०८२ माघ १४ गते दिउँसो देशको उच्च पहाडी तथा हिमाली भू‍-भागमा पूर्णतया बादल लाग्नेछ र बाँकी पहाडी र तराईका भू-भागमा साधारणतया बादल लाग्नेछ । देशको उच्च पहाडी तथा हिमाली भू‍-भागका केही स्थानहरूमा मध्यम हिमपात/वर्षाको सम्भावना रहेको छ । बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका बाँकी […]

बाँके। हिन्दु र मुस्लिम धर्मावलम्बीहरुको आस्थाको केन्द्रको रुपमा रहेको बाँकेको खजुरा गाउँपालिका ४ स्थित मुसबेटवा बाबा मजार मेला शुक्रबारदेखि सुरु भएको छ । शुक्रबार बिहान इस्लाम धर्मगुरुसहित खजुरा गाउँपालिकाका अध्यक्ष डम्बरबहादुर विकले स्थानीय अगुवासहित संयुक्त रुपमा च्यादर ओडाएर मेलाको शुभारम्भ गर्नुभयो । हरेक वर्ष श्रीपञ्चमीको दिनदेखि तीन दिनसम्म लाग्ने मेलामा धार्मिक सद्भावको नमुना अन्यत्र विरलै […]

काठमाडौँ —कैलाली–१ बाट नागरिक उन्मुक्ति पार्टी नेपालबाट उम्मेदवारी दिएका रेशमलाल चौधरीको उम्मेदवारी निर्वाचन अधिकृतको कार्यालयले खारेज गरेको छ । चौधरी विरुद्ध बुधबार उजुरी परेको थियो । व्यक्ति हत्या अभियोगमा चौधरी सर्वोच्च अदालतबाट जन्मकैदको सजाय पाएका थिए । उनलाई पुष्पकमल दाहाल नेतृत्वको सरकारले सजाय माफी सिफारिस गरेको थियो । सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलबाट माफी पाएका […]

हिमाल लम्साल वीरगन्ज (पर्सा), माघ ८ गते । पर्साको विन्दवासिनी गाउँपालिका–१ स्थायी घर भएकी शिशकुमारीदेवी विनिन तेस्रो पटक निर्वाचन प्रहरी बन्ने अभिलासासहित वीरगन्जको नारायणी रङ्गशालामा शारीरिक अभ्यासको लागि जुटिरहनुभएको छ । उमेरले ५३ वसन्त पार गरेकी तीन सन्तानकी आमा रहनुभएकी उहाँ रहरले भन्दा पनि परिवारको आर्थिक अवस्थाको कारणले निर्वाचन प्रहरीमा होमिनु परेको सुनाउनुहुन्छ ।‘‘यो उमेरमा […]

    काठमाडौं । सरकारले निर्वाचनका दौरान सामाजिक सञ्जालको प्रयोगमार्फत् हुन सक्ने दुरुपयोगका घटना रोक्न निगरानी बढाउने भएको छ । आसन्न निर्वाचनकेन्द्रित सुरक्षा रणनीतिकै अंगको क्रममा लिँदै गैरकानुनी काम भएको पाइए कडाइका साथ कारबाही गर्ने निर्णयसमेत भएको छ ।   गृहमन्त्री ओमप्रकाश अर्यालको अध्यक्षतामा बुधबार बसेको केन्द्रीय सुरक्षा समितिको नियमित बैठक बसेको थियो । बैठकमा […]

बर्दिया — निर्वाचनको सुरक्षालाई मध्यनजर गरी जिल्ला प्रशासन कार्यालय,बर्दियाले माघ मसान्तभित्र अनिवार्य रुपमा हात–हतियार बुझाउन सर्वसाधारणमा अनुरोध गरेको छ । प्रहरीले नजिकको प्रहरी चौकी, ईलाका प्रहरी कार्यालय र जिल्ला प्रहरी कार्यालयमा हतियार बुझाउन अनुरोध गरेको हो । फागुन २१ गते हुने निर्वाचनलाई मध्यनजर गर्दै ईजाजत प्राप्त हात–हतियार भएकाहरुलाई हतियार बुझाउन आग्रह गरिएको हो । आफ्नो […]