काठमाडौँ । आगामी प्रतिनिधि सभा सदस्य निर्वाचनमा कुल ११४ दलले भाग लिन पाउने भएका छन् । प्रतिनिधि सभा सदस्य निर्वाचन प्रयोजनका लागि ११७ दलबाट १२० वटा निवेदन परेकामा निर्वाचन आयोगले १३ वटा निवेदन खारेज गर्दै १०७ वटा निर्वाचन चिह्न प्रयोग हुने गरी दलको निवेदन स्वीकृत गरेको हो । आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार निर्वाचन प्रयोजनका लागि […]
बर्दिया । बारबर्दिया नगरपालिका वडा नं ९ कतर्नियामा आईतबार एक दिने निशुल्क पशु स्वास्थ्य शिविर गरिएको छ । किसानलाई गाउँ घरमै सहयोग पुर्याउन उक्त शिविर आयोजना गरिएको हो। उक्त शिविरमा २०३ जना कृषकको सहभागिता रहेको आयोजक संस्थाका किशोर चौधरीले बताए । शिविरमा ५०३ भेडाबाख्रा, ६५ गाई भैँसी, ४० बङ्गुर र ८२७ कुखुराको उपचार गरिएको छ […]
खोटाङ — कुकुर झुन्ड्याएर मारेको आरोपमा खोटाङ हलेसी तुवाचुङ नगरपालिका–२ का ४४ वर्षीय बाबुराम मगर पक्राउ परेका छन् । स्थानीय जसकुमार राईको कुकुरले सोही ठाउँका दलबहादुर राई टोकेको थियो । सो घटनापछि आफ्नो कुकुरले पनि मानिसलाई टोक्ने सोचेर गत शुक्रबार झुन्ड्याएर मारेको मगरले प्रहरीलाई बताएका छन् । उनलाई शनिबार दिउँसो नियन्त्रणमा लिइएको जिल्ला प्रहरी […]
दशरथचन्द (बैतडी)/रासस — दार्चुलामा भूकम्प गएको छ । घुसा आसपास केन्द्रविन्दु भएर भूकम्प गएको हो । आज बिहान ८ः२८ बजे अपिहिमाल गाउँपालिकाको घुसा केन्द्रबिन्दु भएर ४ दशमलव ६ म्याग्निच्युडको भूकम्प गएको सुर्खेतस्थित भूकम्प मापन केन्द्रका प्रमुख चिन्तन तिमिल्सिनाले जानकारी दिए । भूकम्पको धक्का दार्चुला, बैतडीसहित आसपासका जिल्लामा महसुस भएको थियो ।
काठमाडौँ/ईकान्तिपुर — राष्ट्रिय परीक्षा बोर्डले १४ वर्ष उमेर पूरा भएका विद्यार्थीले मात्र एसईई परीक्षामा सहभागी हुन पाउने व्यवस्था गर्नका लागि देशभरका विद्यालयमा सर्कुलर गरेको छ । बोर्डका सदस्य सचिव जंगबहादुर अर्यालले जन्ममितिमा संशोधन गर्न सकिने प्रावधान रहेकाले उमेर नपुगेको भए त्यसलाई संशोधन गरेर परीक्षा आवेदन फाराम भर्न सकिने सर्कुलरमा जनाएका छन् । बोर्डले २०८२ […]
काठमाडौँ । गृह मन्त्रायलले बर्दियाको बढैयाताल ४ भकारीकाा एक महिलाले नागरिकता नपाएर आत्महत्या रोज्न बाध्य भएको भनिएको घटनामा सत्यतथ्य छानविन गर्न एक समिति गठन गरेको छ । मन्त्रालयका अनुसार सहसचिव तथा नीति, योजना अनुगमन तथा मूल्यांकन महाशाखा प्रमुख सुरेश पन्थीको संयोजकत्वमा छानविन समिति गठन गरेको हो। गृहमन्त्री ओमप्रकाश अर्यालले यस घटनाको बारेमा गम्भीर ध्यानाकर्षण भएको […]
काठमाडौँ । प्रतिनिधिसभा सदस्य निर्वाचनको मिति आउन अब ८८ दिन बाँकी छ । निर्वाचनको दिन नजिकिँदै जाँदा निर्वाचन आयोगले आवश्यक तयारीलाई तीव्र पारेको छ । प्रतिनिधिसभा सदस्यको निर्वाचन आगामी फागुन २१ गते हुनेगरी समयसीमा निर्धारण गरिएको छ । निर्वाचनका लागि राजनीतिक दलहरूले आन्तरिक रूपमा तयारीलाई तीव्र पारेका छन् । आयोगले आजदेखि समानुपातिक निर्वाचन प्रणालीतर्फको […]
बाँकेको जानकी गाउँपालिका अन्तर्गतका सामुदायिक तथा संस्थागत विद्यालयका प्रधानाध्यापक, शिक्षक तथा कर्मचारीहरूको चारदिने शैक्षिक अवलोकन भ्रमण सफलतापूर्वक सम्पन्न भएको छ शिक्षा क्षेत्रमा भइरहेको प्रगति, विकास , सकारात्मक अभ्यासलाई थप मजबुत बनाउने उद्देश्यले कास्कीको भ्रमणको आयोजना गरिएको हो मंसिर १७ गतेदेखि सुरु भएको भ्रमण पोखरा स्थित बिन्दाबासिनी उच्च माविमा भएको थियो। शिक्षा शाखा प्रमुख कृष्णकुमारी भण्डारीले […]
काठमाडौँ —प्रधानमन्त्री सुशीला कार्कीले बर्दिया बढैयाताल–४, दक्षिण भकारी गाउँकी एक युवतीले नागरिकताका लागि संघर्ष गर्दागर्दै मृत्युको बाटो रोजेको घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन दिएकी छन् । प्रधानमन्त्री कार्कीले शनिबार सामाजिक सञ्जाल (फेसबुक)मार्फत उनले घटनाको वास्तविकता छानबिन गर्न गृहमन्त्रीलाई निर्देशन दिएका जानकारी गराएकी हुन् । प्रधानमन्त्री कार्कीले बर्दियाको बढैयाताल–४, दक्षिण भकारी गाउँकी एक युवतीले नागरिकताका लागि […]
नेपालगन्ज । लैङ्गिक हिंसाविरुद्ध अहिले थुप्रै कानुनहरु भएपनि त्यसको प्रभावकारी कार्यान्वयनको अभाव भएको कानुन विज्ञहरुले बताएका छन । उनीहरुले महिला तथा बालबालिका सम्वन्धी राष्ट्रिय तथा अन्र्तराष्ट्रियस्तरको प्रयाप्त कानुन भएपनि कार्यान्वयन प्रक्रिया फितलो भएकाले पिडितले न्यायोचित न्याय पाउन नसकेको अवस्था रहेको बताएका थिए । महिला कानुन र विकास मञ्चको सहकार्यमा सूचना र मानव अधिकार अनुसन्धान केन्द्रले […]











