काठमाडौं । नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादीसहितका ९ वटा दल र समूहबीच आज एकता घोषणा हुँदैछ । एकतामा सहभागी दलहरुले आज दिउँसो १ बजे भृकुटीमण्डपमा सभा गरेर एकता घोषणा गर्न लागेका हुन् । अनलाइन खबरका अनुसार माओवादी केन्द्र, एकीकृत समाजवादी, जनसमाजवादी पार्टी, नेपाल समाजवादी पार्टी, विप्लवबाट छुट्टिएको नेकपा, नेकपा समाजवादी, नेकपा माओवादी समाजवादी […]
तनहुँ / रासस—बन्दीपुर गाउँपालिका–५ बाहुनभञ्ज्याङमा कुटपिटबाट एक जनाको मृत्यु भएको छ । प्रहरी नायब उपरीक्षक श्रवणकुमार विकका अनुसार ५८ वर्षीय खुसीमान गुरुङको मृत्यु भएको हो । मादक पदार्थ सेवन गरेका सोही स्थानका ७० वर्षीय खिमबहादुर गुरुङले खुसीमानको टाउकोमा चिर्पट प्रहार गर्दा गम्भीर घाइते भएका उनको उपचारका क्रममा गए राति मृत्यु भएको हो । कुटपिट गर्ने […]
बर्दिया /ईकान्तिपुर—स्वदेशी तथा विदेशी चिकित्सक तथा प्राविधिक टोलीद्वारा हात्तीको स्वास्थ्य परीक्षण सुरु भएको छ । ठाकुरबाबा नगरपालिका–९ हात्तीसारमा रहेका हात्तीको स्वास्थ्य परीक्षण मंगलबारदेखि सुरु भएको हो । उक्त हात्ती स्वास्थ्य शिविर बर्दियामा बुधबारसम्म चल्नेछ । हात्तीको स्वास्थ्य चेकजाँच तथा नङ काट्ने कार्यमा केएसिएफ भन्ने अमेरिकन भेटनरी डाक्टर, बर्दिया राष्ट्रिय निकुञ्ज र राष्ट्रिय प्रकृति संरक्षण कोष(एनटिएनसि) […]
बुधबार दिउँसोः देशका पहाडी भू-भागमा साधारणतया बदली रही बाँकी भू-भागमा मौसम मूख्यतया सफा रहने छ । बागमती प्रदेश, गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरुमा तथा बाँकी पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का वर्षा/हिमपातको सम्भावना रहेको छ । रातीः देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी प्रदेशमा मौसम […]
बर्दिया —औराही खोलामा डुबेर ठाकुरबाबा नगरपालिका–७ बठनपुरका १२ वर्षीय अभिषेक बुढाको मंगलबार मृत्यु भएको छ। वडाध्यक्ष कमलबहादुर विष्टका अनुसार साथीहरुसँग खोलामा नुहाउन गएको बेला दिउँसो सवा १ बजे बालक बेपत्ता भएका । घटनास्थल नजिकै बेपत्ता बालकको शव फेला परेको थियो।
बाँके । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले बाँकेका किसानबाट धान खरिदका लागि मूल्य निर्धारण गरिएको छ । प्रमुख जिल्ला अधिकारी दिलबहादुर तामाङको अध्यक्षतामा मङ्गलबार बसेको प्राथमिक खरिद समितिको बैठकले मोटा धान प्रति क्विन्टल तीन हजार ४६३ रुपियाँ ८१ पैसा र मध्यम धान प्रति क्विन्टल तीन हजार ६२८ रुपियाँ ३३ पैशामा खरिद गर्ने गरि […]
यामराज बिष्ट पञ्चकोशी दैलेख, कात्तिक १८ गते । दैलेखमा एभरेष्ट क्लब अन्तर्गत पावर परियोजनाले अपाङ्गता भएकालाई ह्विलचियर वितरण गरेको छ । अपाङ्गता भएका विद्यार्थीलाई शिक्षामा सहज पहुँच स्थापित गर्नका लागि घरमै पुगेर ह्विलचियर वितरण गरिएको हो । अपाङ्गता भएका विद्यार्थी उमेर समूहका बालबालिकालाई उनीहरूको आवश्यकता पहिचान गरी दुल्लु नगरपालिका –५ का मिलन पोखरेलाई ह्विलचियर सहयोग […]
काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले ‘आम चुनावमा भोट दिनका लागि जिन्दगीमा पहिलो चोटी नयाँ बानेश्वर गएर मतदाता नामवलीमा नाम दर्ता गराएका छन् । १८ वर्ष पुगेका जेनजी पुस्ताका सम्पूर्ण भाइबहिनीहरूलाई अल्छी नगरिकन २१ फागुनको आम चुनावमा भाग लिनका लागि नाम दर्ता गर्न हार्दिक अनुरोध गर्दछु,’ मन्त्री पुनले लेखेका छन् । […]
गोरखा । गोरखास्थित पाङबारी हिमालमा विगत पाँच दिनदेखि बेपत्ता दुई इटालियन आरोहीको शव फेला परेको छ । पाङबारी हिमालको पहिलो शिविरमा इटालीका ६७ वर्षीय स्तेफानो फरिनातो र ३७ वर्षीय अलेस्सान्द्रो गापुटोको शव फेला परेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी नायव उपरीक्षक राजकुमार श्रेष्ठले जानकारी दिनुभयो । दुवै जनाको शव हिउँले पुरिएको अवस्थामा फेला […]
रासस- उत्तरी क्षेत्रबाट भोजपुर र सङ्खुवासभालाई जोड्ने अरूण नदीको लम्सुवाघाटमा निर्माण भइरहेको पक्की पुल करिब चार करोड खर्चिएपछि अलपत्र बनेको छ। विसं २०६७ मा निर्माण थालिएको यो पुल १५ वर्षदेखि अधुरो बनेको हो। पुल बन्ने आशामा बसेका स्थानीय बासिन्दा अहिले निराश बनेका छन्। भोजपुर षडानन्द–६ का वडाध्यक्ष सुमन विसुन्केका अनुसार यहाँ संघीय सरकारको करिब चार […]












