दाङ । घाँटी र टाउकोमा थारू परम्परागत गहना, शरीरमा चोल्या र लेहङ्गा । १२ वर्षीय पूजा चौधरी अचेल अरू दिन झैँ विद्यालय जान होइन, साथीहरूसँग मघौटा नाच्न गाउँमा निस्किनुभएको छ । मघौटा नाच्न दङ्गीशरण गाउँपालिका–३, हेकुलीकी पूजा गाउँका गल्ली गल्ली डुल्दै माघको मघौटा नाचमा व्यस्त हुनुहुन्छ । पूजासँगै १३ वर्षीय सृष्टि चौधरी पनि तालमा ताल मिलाउँदै नाचिरहनुभएको छ । […]
काठमाडौँ । हाल नेपालमा उल्लेखनीय मौसम प्रणालीको प्रभाव नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशमा आंशिक बादल लाग्ने तथा बाँकी भू(भागमा मौसम मुख्यतया सफा रहनेछ। अहिले कोशी प्रदेश, मधेस प्रदेश र लुम्बिनी प्रदेशको तराई भूभागका केही स्थानहरूमा तुवाँलो लागेको छ । पहाडी तथा हिमाली भूभागमा […]
गुलरिया (बर्दिया), माघ २ गते । बर्दियाको बढैयातालमा सारसको सङ्ख्या बढेको छ । गत वर्ष तीन वटा सारस भेटिएकोमा यस वर्ष बढैयातालमा सात वटा सारस फेला परेका छन् । सारसले बच्चा जन्माएको र अन्य स्थानबाट बसाइँ सरेर आएका हुनाले सारसको सङ्ख्या बढेको हो । गत सोमबार र मङ्गलबार गरिएको जलपन्छी गणनामा दुई बच्चासहित सात वटा सारस फेला […]
काठमाडौँ । आज (शुक्रबार) राष्ट्रिय भूकम्प २७औँ सुरक्षा दिवस दिवस हो । विसं १९९० माघ २ गतेको महाभूकम्पको सम्झनामा २०५५ सालदेखि यो दिवस मनाउन प्रारम्भ भएको हो । यो दिवस मनाउनुको उद्देश्य भूकम्पबारे चेतना फैलाउनु र तयारी बढाउनु हो । विसं २०७२ वैशाख १२ गतेको भूकम्पबाट जनधनको ठुलो क्षति भएको थियो । रासस
काठमाडौं । नेपाल आयल निगमले पेट्रोलको मूल्य प्रतिलिटर तीन रुपैयाँले घटाउने निर्णय गरेको छ । यस्तै, डिजेल र मट्टितेलमा प्रतिलिटर एक–एक रुपैयाँले घटाइएको छ । पेट्रोल, डिजेल र मट्टितेलमा घटाएको मूल्य विहीबार मध्यरात १२ बजेदेखि लागू भएको छ । निगमले तय गरेको नयाँ मूल्यसूचीअनुसार पेट्रोल प्रतिलिटर १५६ रुपैयाँ तथा डिजेल र मट्टितेल प्रतिलिटर १३६ […]
काठमाडौ । हिउँद निख्रिन अब डेढ महिना मात्रै छ। सामान्यतया नेपालमा हिउँदयाम भनेर मंसिर १५ देखि फागुन १५सम्मका अवधिलाई मानिन्छ। हिउँद सुरू भएको डेढ महिनामा एक झर पानी परेन। जताजतै सुख्खा लागेर हिउँदे कमाइ नै प्रभावित भएको छ। वायु मण्डल विषाक्त बन्दै गएको छ। धुवाँधूलोले सास फेर्न पनि मुस्किल छ। डढेलोको समस्या पनि बाक्लिन थालेको […]
काठमाडौँ । नेपाली कांग्रेसको संस्थापन पक्ष र विशेष महाधिवेशन आयोजक समितिले आआफ्ना निर्णयबारे निर्वाचन आयोगलाई जानकारी गराएका छन् । कांग्रेस केन्द्रीय कार्यालय सानेपामा बुधबार बसेको केन्द्रीय कार्यसमिति बैठकले महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्मा तथा सहमहामन्त्री फरमुल्लाह मन्सुरलाई कारबाही गरिएको विषय निर्वाचन आयोगलाई जानकारी गराएको हो । कांग्रेस मुख्य सचिव कृष्णप्रसाद पौडेलले पार्टीका महामन्त्रीद्वय थापा र […]
काठमाडौँ— कांग्रेसको आन्तरिक बिवादका कारण पार्टी फुुटको संघारमा पुगेको छ । सानेपामा बसेको शेरबहादुर देउवा पक्ष केन्द्रीय कार्यसमिति बैठकले विशेष महाधिवेशनमा सहभागी भएका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा र सहमहामन्त्री फरमुल्लाह मन्सुरसहितलाई ५ वर्ष पार्टीको साधारण सदस्यसमेत नरहने गरी अनुशासनको कारबाही गरेपछि फुटको संघारमा पुगेको हो । आज बसेको संस्थापन पक्षको केन्द्रीय कार्यसमिति […]
नेपालगन्ज । बाँकेको राप्ती नदीस्थित सिधनिया घाटमा पहिलोपटक व्यवस्थित मकर स्नान आयोजना गरिएको छ । यही माघ १ गते नेपाल एसोसिएसन अफ टुर्र एण्ड ट्राभल्स एजेन्ट्स (नाट्टा) बाँके च्याप्टरले नेपाल पर्यटन बोर्ड र स्थानीय डुडुवा गाउँपालिकासँगको साझेदारीमा राप्ती नदी तटमा मकर स्नानको आयोजना गर्न लागेको हो । नाट्टा अध्यक्ष डिल्लीराज रेग्मीको अध्यक्षतामा भएको बैठकले पुस ३० […]
काठमाडौँ प्रधानन्यायाधीश प्रकाशमानसिंह राउत अस्वस्थ हुनुभएको छ । उहाँ बलम्बुस्थित सशस्त्र प्रहरी बल नेपालको अस्पतालमा उपचाररत हुनुहुन्छ सर्वोच्च अदालतमा मुख्य रजिष्ट्रार विमल पौडेलका अनुसार गत सोमबार उहाँ उक्त अस्पताल भर्ना हुनुभएको हो । उहाँ ज्वरोबाट पीडित हुनुहुन्छ ।












