तिलोत्तमा — नेपाली कांग्रेस लुम्बिनी प्रदेशले मन्त्रालय थप गर्दा आर्थिक भार थप हुनजाने र जनताको बिचमा नकारात्मक असर पर्ने हुँदा भइरहेको मन्त्रालय नबढाई यथास्थितिमा सरकारलाई पूर्णता दिन मुख्यमन्त्री डिल्लीबहादुर चौधरीलाई आग्रह गरेको छ । ईकान्तिपुरका अनुसार कांग्रेस लुम्बिनी प्रदेश कार्यसम्पादन समितिको लुम्बिनी प्रदेश कार्यालय राप्ती उपत्यका पाखापानी, दाङमा सम्पन्न बैठकले लुम्बिनी प्रदेशका जनताका जनजीविकालाई […]
२०८० भदौ २८ गते (बिहीबार) दिउँसो: सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेश लगायत देशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली र बाँकी भू-भागमा आंशिक बदली रहनेछ। सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशका केही स्थानहरू लगायत देशका पहाडी भू-भागका थोरै स्थानहरूमा र बाँकी भू-भागका एक-दुई स्थानमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। […]
रासस, २८ भदौ, काठमाडौं । प्रत्येक वर्ष भाद्र कृष्ण औँसीका दिन मनाइने कुशे औँसी पर्व आज वैदिक सनातन धर्मावलम्बीले वर्षभरि देवकार्य तथा पितृकार्यमा प्रयोग गरिने पवित्र कुश घरघरमा भित्र्याएर मनाउँदैछन् । शास्त्रोक्त विधिअनुसार ब्राह्मणद्वारा पूजा गरी उखेलेर जजमानकहाँ पुर्याइएको कुश घरमा राख्नाले परिवारको कल्याण हुने धार्मिक विश्वास छ । आजका दिन उखेलिएको कुश वर्षभर […]
२८ भदौ, हेटौडा। हेटौंडा उपमहानगरपालिका-१ स्थित सञ्चो हस्पिटलका दुई जना चिकित्सकहरु कुटिएका छन् । बुधबार हस्पिटलका चिकित्सकहरू विकास थापा र प्रशान्त विडारीमाथि एचडीयु वार्डमा कुटपिट भएको मकवानपुरका प्रमुख जिल्ला अधिकारी सुर्य सेढाइले जानकारी दिए । एक महिनाअघि सञ्चो अस्पतालमा डेङ्गु परीक्षण गर्दा पुष्टि भएका हेटौंडा-१२, पदमपोखरीका ४१ वर्षीय राजेश प्रधानको उपचारमा लापरबाही […]
२८ भदौ, काठमाडौं । लिबियामा बाढीमा परी ५ हजार बढीको मृत्यु भएको छ । लिबियाका मन्त्री हिशाम चकियोतले ५ हजार ३०० जनाको मृत्यु भएको बीबीसीसँग बताएका हुन् । आपतकालीन उद्धारमा खटिएका अधिकारीहरुले १० हजार जना बेपत्ता भएको र ३० हजार जना मानिस विस्थापित भएको बताएका छन् । डेनियल नामको आँधीका कारण आइतबार राति डेर्नामा […]
काठमाडौं । सोमबार राति निधन भएका संविधानसभा अध्यक्ष सुवास नेम्वाङको आज राजकीय सम्मानसहित मुन्धुम र हिन्दू परम्पराअनुसार अन्त्येष्टि गर्ने तय भएको छ । एमालेको केन्द्रीय प्रचार एवं प्रकाशन विभागका सचिव गगन विष्टका अनुसार आज ११ बजे पशुपति आर्यघाटमा नेम्वाङको अन्त्येष्टि गरिनेछ । उनको अन्त्येष्टिअघि शवयात्रा हुनेछ । शवयात्रा बालुवाटार, शिक्षण अस्पताल, महाराजगञ्ज, धुम्बाराही, […]
२७ भदौ, काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोक राईले बुधबार संघीय संसद सचिवालयमा दर्ता गरेको विद्यालय शिक्षासम्बन्धी विधेयकमा खुला प्रतियोगिताबाट पूर्ति गरिने पदमध्ये ४९ प्रतिशतमा आरक्षण दिने प्रस्ताव गरिएको छ । जसमा खस आर्य महिलालाई २७.७ प्रतिशत, आदिबासी जनजाति महिलालाई २५.७ प्रतिशत, मधेशी महिलालाई १५.३ प्रतिशत, दलित महिलालाई १२.७ प्रतिशत, थारु महिलालाई ६.६ […]












