काठमाडौँ । बाँकेको चिसापानीबाट  लागुऔषध बोकेको अवस्थामा दुई जना सहित देशभरीबाट १३ जना पक्राउ परेका छन्। प्रहरीका अनुसार बाँकेबाट विनोद थापामगर र विकास पाण्डेलाई प्रहरीले ब्राउन सुगरसहित पक्राउ परेका हुन । त्यस्तै, कास्की, दाङ, बर्दिया, मकवानपुर, झापा, सुनसरी, मोरङ र बाँकेमा गरिएको जाँच, निगरानी तथा घर(तलासीका क्रममा ब्राउनसुगर, खैरो हेरोइन, ट्रामाडोल, स्पास्पेनलगायत लागु औषधसहित उनीहरू […]

काठमाडौँ । त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालामा अपराह्न ४ बजे सुरु हुने आज काठमाडौँ गोर्खाज र लुम्बिनी लायन्सबिच खेल हुनेछ । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिल) अन्तर्गत मङ्गलबार करण केसीको कप्तानीमा रहेको काठमाडौँले तीन खेल खेलेको छ । यसका दुई हार र एक खेलमा जित निकालेको थियो । काठमाडौँ दुई अङ्कसहित तेस्रो स्थानमा छ […]

काठमाडौँ । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि हालसम्म कूल ६४ राजनीतिक दल दर्ता भएका छन् । निर्वाचन आयोगका अनुसार सोमबार आठ राजनीतिक दल दर्ता भएका हुन् । आइतबारसम्म ५६ राजनीतिक दल दर्ता भएकामा सोमबार थपिएका आठसहित ६४ राजनीतिक दल पुगेको आयोगले जनाएको छ । आयोगले यही मङ्सिर १० गतेसम्म […]

काठमाडौं । त्रेतायुगमा मार्ग शीर्ष शुक्ल पञ्चमीका दिन सीता र रामको विवाह भएको सम्झनामा आज देशभर राम सीताको पूजा आराधना गरी विवाह पञ्चमी पर्व मनाइँदैछ । मिथिलाको प्राचीन राजधानी जनकपुरधाममा भगवान् सीता र रामको विवाह महोत्सव आज विधिपूर्वक हुँदैछ । गोस्वामी तुलसीदासले रामायणमा वर्णन गरे अनुसार जनकनन्दनी सीताको विवाह भएको दिनलाई सम्झेर मिथिलावासीले यस पर्वलाई […]

म्याग्दी । प्रादेशिक अस्पताल बेनीमा सुत्केरी सेवा लिनेभन्दा गर्भपतन सेवा लिनेको सङ्ख्या बढी देखिएको छ । यसमा पनि २० वर्षभन्दा कम उमेरमा गर्भवती हुने र गर्भपतन सेवा लिनेको सङ्ख्यामा बढोत्तरी भएको छ । सरकारले सन् २००२ देखि गर्भपतनलाई कानुनी मान्यता दिएको थियो भने सन् २०१६ देखि सरकारी स्वास्थ्य सस्थामाहरुमा गर्भपतन सेवालाई निःशुल्क गरेको थियो । […]

झापा/रासस- जेनजी आन्दोलनका क्रममा चितवनबाट फरार रहेका एक जना बन्दी यहाँ पक्राउ परेका छन्। पक्राउ पर्नेमा शिवसताक्षी नगरपालिका–८ का २९ वर्षीय आशिष सुब्बा रहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता खगेन्द्रबहादुर खड्काले बताए। सुब्बा सालकको अखेटोपहार मुद्दामा चितवन कारागारमा बन्दी रहेका थिए। प्रहरीले खोजतलासका क्रममा उनलाई घरबाटै आइतबार पक्राउ गरेको जनाएको छ। चितवन कारागारबाट भागेपछि सुब्बा आफ्नै […]

    काठमाडौं । प्रस्तावित निर्वाचन आचारसंहिताउपर सुझाव पठाउँदै नेपालका लागि नेपाली पार्टीले निर्वाचनका बेला उम्मेदवारहरुले गर्ने खर्च दिनहुँ सार्वजनिक गर्नुपर्ने व्यवस्था गर्न निर्वाचन आयोगलाई सुझाव दिएको छ । विद्युतीय प्रणाली अवलम्बन गर्न पनि उसले सुझाव दिएको छ । यसो हुँदा खर्च पादरर्शी र व्यवस्थित हुने सो पार्टीको विश्वास छ ।

काठमाडौ । नेपाल प्रिमियर लिग (एनपीएल)मा आज कर्णाली याक्स र सुदूरपश्चिम रोयल्स तथा साविक विजेता जनकपुर बोल्ट्स र विराटनगर किङ्ग्सबीच प्रतिस्पर्धा हुने भएको छ । कर्णाली र सुदूरपश्चिमबीचको खेल बिहान ११:४५ बजे हुनेछ भने जनकपुर र विराटनगरबीचको खेल दिउँसो ४ बजे हुनेछ । जारी एनपीएलमा विराटनगर र सुदूरपश्चिम अपराजित टोली हुन भने कर्णाली र जनकपुरले […]

दाङ। लुम्बिनी प्रदेश सभाको सातौं अधिवेशन आज सोमबार दिउँसो १ बजेबाट सुरु हुने भएको छ । प्रदेश सभा सचिव दुर्लभ पुन मगरका अनुसार पहिलो बैठकमा प्रदेश प्रमुखको कार्यालयबाट प्राप्त विभिन्न पत्रहरू सभामुखले पढेर सुनाउने कार्यक्रम रहेको छ । ती पत्रहरूमा सातौं अधिवेशन आह्वान सम्बन्धी पत्र, मन्त्रिपरिषद् पुनःगठन गरिएको सम्बन्धी पत्र र छैठौं अधिवेशनबाट पारित भई […]

  नेपालगन्ज । नेपाल पर्यटन बोर्डको आयोजनामा आज नेपालगन्जमा फोटोग्राफी रिपोर्टिङ सम्बन्धी अनुशिक्षण कार्यक्रम गरिएको छ । नेपाल एशोसियन अफ टुर एण्ड ट्राभल्स एजेन्ट्स(नाटा),बाँकेका अध्यक्ष डिल्लीराज रेग्मीको अध्यक्षतामा भएको अनुशिक्षण कार्यक्रमको उदघाट्न नेपाल पर्यटन बोर्डका वरिष्ठ प्रबन्धक तथा दिगो पर्यटन परियोजना संयोजक श्रद्धा श्रेष्ठले गर्नुभयो ।   कार्यक्रमको उदघाट्न गर्दे उहाँले लुम्बिनी प्रदेशभित्र थुप्रै पर्यटकीय […]