सल्यान/ईकान्तिपुर —आगलागीसँगै ग्यास सिलिन्डर विस्फोट हुँदा सल्यानको सिद्धकुमाख गाउँपालिका-२ टाकुराका दुई परिवारका ९ जनाको मृत्यु भएको छ । भारतको हिमाचल प्रदेशको सोलान जिल्लाको अर्की भन्ने ठाउँमा उक्त घटना भएको हो । राति सुतेको समयमा अचानक पसलमा आगलागी भएको र पसलमा भएका सिलिन्डर विस्फोट भएको थियो । घटनामा वर्ष ३३ का धनबहादुर विक, उनकी श्रीमती वर्ष […]

  जानकी (बाँके) । ‘मेरा दुई छोराहरु सात लाख रुपैयाँ ऋण झिकेर विदेश गए । उनीहरुलाई त्यो ऋण तिर्न दुई वर्ष लाग्यो । मैले पनि सात लाख नै ऋण झिकेर टमाटरखेती गरेँ । दुई महिनामै टमाटर बिक्री गरेर सबै ऋण तिरीसकें’, बाँकेको खजुरागाउँपालिका-२, सि गाउँका किसान वीरेन्द्रप्रसाद मुराउ भन्छन्, ‘तर मेरा छोराहरुले अझै ऋण तिर्दैछन् […]

बबई (बर्दिया)। बर्दियाको ठाकुरबाबा नगरपालिकाको हिमालय आधारभूत विद्यालय हाताभित्र रहेको एउटा कोठामा बेड र बिस्तारा मिलाएर राखिएको छ । कक्षाकोठा हेर्दा कुनै पनि होटेलमा सजाइएको कोठाभन्दा कम देखिँदैन । सजाइएको कक्षाकोठामा तीन वटा बिस्तारा र अध्ययन गर्नका लागि टेबुल, कुर्सीसमेत नजिकै राखिएको छ । पिउने पानीदेखि सबै सामग्री व्यवस्थापन गरिएको छ । विद्यालयमा अध्ययन गर्ने किशोरीले विद्यालय समयमा महिनावारी […]

बिबिसि । भदौमा भएको जेन जी आन्दोलनपछि असोज मसान्तमा नेपाली कांग्रेसका कुल महाधिवेशन प्रतिनिधिहरूमध्ये ५४.५८ प्रतिशतले हस्ताक्षर गरेर विशेष महाधिवेशन माग गरेका थिए। आइतवारसम्म उक्त प्रतिशतभन्दा पनि धेरै ५७.३९ प्रतिशत प्रतिनिधि भृकुटीमण्डपमा आइपुगेको आयोजकहरूले दाबी गरेका थिए। सोमवार त्यसमा छ प्रतिशत सङ्ख्या अझै थपिएको आचार्यले बताएका छन्। कांग्रेसको विधानअनुसार ४० प्रतिशत प्रतिनिधिहरूले मागेको खण्डमा विशेष […]

  तुलसीपुर (दाङ) —दाङको तुलसीपुर उपमहानगरपालिका–१२ कचेलीकी जानकी चौधरीलाई अहिले ढिक्री बनाउने चटारो छ । माघी नजिकिएसँगै उहाँ अहिले ढिक्री बनाउनमा नै व्यस्त छिन् । त्यस्तै तुलसीपुर १० बनकाउकी विझौनी थारूको व्यस्तता पनि उस्तै छ । ढिक्री बनाउनै उनलाई भ्याइनभ्याइ छ । उनीहरू मात्रै होइन, माघी नजिकिएसँगै अहिले थारू समुदायमा ढिक्री बनाउने चटारो छ । […]

  वीरगन्ज/बिबिसी । वीरगन्जमा दुई फरक धर्म समुदायबीचको विवाद र झडपका कारण शनिवारदेखि जारी तनाव अन्त्य गर्न पाँचबुँदे सहमति भएको छ। हनुमान् जयन्तीका अवसरमा शनिवार निकालिएको शोभायात्राका क्रममा भएको झडपमा संलग्न दोषीहरूलाई वैशाख ३ गतेभित्र पक्राउ गरी कारवाही गर्ने, अन्तर धार्मिक, साम्प्रादायिक सद्‌भाव र सहिष्णुता कायम राख्नका लागि सबै पक्ष पूर्ण प्रतिबद्ध रही कानुनी कारबाहीको […]

  गुणबहादुर रोका सुलीकोट, पुस २५ गते । गोरखाको पालुङटार नगरपालिका –३ बोगटी गाउँका शङ्कर सुनारको कुटपिटबाट उनको श्रीमतीको मृत्यु भएको छ । श्रीमानको निर्घात कुटपिटबाट २१ ब्र्षिया श्रीमती अनुस्का परियारको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी निरीक्षक राजन लम्सालले जानकारी दिनुभयो । शङ्कर भन्ने व्यक्तिले बिहिबार ११ः३० बजे श्रीमतीलाई कुटपिट गरी गम्भीर घाइते […]

  जाजरकोट । जाजरकोटको छेडागाड नगरपालिका ८ घोगीदेखि थलह जाने क्रममा नाउरीघाट भन्ने स्थानमा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । दुर्घटनामा परी सोही स्थानका २५ वर्षीय राजु अधिकारी र ६५ वर्षीय नन्दकला अधिकारीको मृत्यु भएको छ । जीपमा चालकसहित पाँच जना यात्रु सवार रहेकोमा अन्य दुई जना यात्रु र चालक घाइते छन् […]

काठमाडौँ : निर्वाचन आयोगले कुनै राजनीतिक दललाई देशभरका मतदाताको विवरण आवश्यक परेको खण्डमा निश्चित शुल्क तिरेर उपलब्ध गराउने व्यवस्था गरेको छ । आयोगले तयार पारेको प्रतिनिधिसभा सदस्य निर्वाचन निर्देशिकाअनुसार देशभरका मतदाता नामावलीका लागि रु १० हजार तिरेर लिन सकिनेछ । त्यसका लागि आयोगमा निर्वाचन प्रयोजनका लागि दर्ता भएका दललाई दलको औपचारिकपत्रको आधारमा उपलब्ध गराइने व्यवस्था […]

  निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल (प्याब्सन) बाँकेले ‘प्याब्सन डे’ भव्यताका साथ आज नेपालगन्जमा मनाएको छ । प्याब्सन बाँकेका अध्यक्ष विकास बज्राचार्यको अध्यक्षतामा भएको कार्यक्रमको नेपालगन्ज उपमहानगरपालिकाका प्रमुख प्रशान्त बिष्टले उद्घाटन गर्नुभयो । कार्यक्रमलाई सम्बोधन गर्दै नेपालगन्ज उपमहानगरपालिकाका प्रमुख बिष्टले प्याब्सनले शिक्षामा गुणस्तर वृद्धि गर्न उल्लेखनीय भूमिका खेलेको बताउँदै शिक्षा ऐनले निजी विद्यालयका मागहरूलाई […]