कोहलपुर (बाँके), चैत २६ गते । बाँकेका कतिपय स्थानीय तहमा आगलागी भयो भने तत्काल आगो निभाउन सकिने अवस्था छैन । बाँकेका आठ स्थानीय तहमध्ये पाँच वटा स्थानीय तह दमकलविहीन छन् । बाँकेमा तीन वटा स्थानीय तहसंग मात्रै दमकल छ । जस अनुसार नेपालगन्ज उपमहानगरपालिकामा तीन, कोहलपुर नगरपालिका र नरैनापुर गाउँपालिकामा एक/एक वटा दमकल छ । यस्तै नेपालगन्ज विमानस्थालमा दुई […]
मर्चवार/रासस — रूपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिका–७ भरवलिया गाउँमा भ्यान दुर्घटना हुँदा एक बालिकासहित दुई जनाको मृत्यु भएको छ भने अन्य २२ जना घाइते भएका छन् । लुम्बिनी सांस्कृतिक नगरपालिका–७ स्थित शिवगढिया मोडमा सोमबार साँझ लु१च २७६३ नम्बरको भ्यान पल्टिँदा गैँडहवा गाउँपालिका–१ शिवपुरवाकी १२ वर्षीया अस्मिता यादव र शुद्धोधन गाउँपालिका–६ मानमटेरियाकी ४८ वर्षीया जानमती यादवको […]
काठमाडौँ —नेपालमा प्रजातन्त्र पुनर्बहाली भएको दिनको सम्झनामा आज विभिन्न कार्यक्रम आयोजना गरी जनआन्दोलन दिवस मनाइँदै छ । विसं २०४६ चैत २६ गते ३० वर्षीय पञ्चायती शासन व्यवस्थाको अन्त्य गर्दै प्रजातन्त्र पुनःस्थापना भएको थियो । विसं २०१७ पुस १ गते राजा महेन्द्रले सुरु गरेको पञ्चायती व्यवस्थाको अन्त्य विसं २०४६ चैत २६ गते भएको थियो । […]
लुम्बिनी । लुम्बिनी प्रदेश सरकारले सिँचाइ पूर्वाधार विकासमा उल्लेखनीय प्रगति हासिल गरेको जनाएको छ । प्रदेश सरकार ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका अनुसार प्रदेशमा हालसम्म ४०३ वटा सिँचाइ बाँध तथा मुहान निर्माण सम्पन्न भइसकेका छन् । ती सिँचाइ आयोजनामा पक्की नहर तथा कुलो निर्माणतर्फ पनि उल्लेखनीय प्रगति देखिएको छ । हालसम्म ८३२ किलोमिटर पक्की […]
काठमाडौं । जनमत र नागरिक उन्मुक्ति (नाउपा) एकताका लागि दुवै दलले विधान प्रतिस्थापन समिति गठन गरेका छन् । जनमत र नाउपाबाट ३/३ जना हुने गरी प्रतिस्थापन समिति बनाइएको छ । जनमतबाट संयोजक कमल चुडाल हुने गरी शैलेन्द्र अम्बेडकर र अरविन्दकुमार सिंह सदस्य तोकिएको छ । नाउपाबाट संयोजक दामोदर पण्डित, सरोज बुढाथोकी र गीता चौधरी […]
भैरहवा, २५ चैत । रबि लामिछाने अन्ततः कारागार चलान भएका छन् । जिल्ला प्रहरी कार्यालयले अदालति प्रकिया पुरा गरे पछि उनी पुर्पक्षका लागि जेल चलान भएका हुन । अब कम्तिमा मुद्दा नटुंगिएसम्म उनी भैरहवास्थित जेलको ब्लक नम्बर ४ मा रहनेछन्, जहाँ उनी एक्लै जस्तै हुनेछन् । जिल्ला कारागारका प्रशासक सुरेश भण्डारीका […]
काठमाडौँ । नेपाल बार एसोसिएसनको २७औँ केन्द्रीय कार्यसमितिका लागि शनिबार सम्पन्न निर्वाचनअन्तर्गत उपत्यका बाहिरका सबै मतपेटिका काठमाडौँ आइपुगेको छ । निर्वाचन अधिकृत वरिष्ठ अधिवक्ता ताराबहादुर सिटौलाका अनुसार आइतबार मध्यरातिसम्म सबै मतपेटिका काठमाडौँ आइपुगेको हो । मतगणनाका लागि अहिले सबै पक्षसँग बैठक बसिरहेको जानकारी उनले दिए । बैठक सम्पन्न भएसँगै दिउँसो १२ बजेदेखि मतगणनाको तयारी […]
भैरहवा/ईकान्तिपुर — राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं गोर्खा मिडिया नेटवर्कका तत्कालीन प्रबन्ध निर्देशक रवि लामिछानेलाई अहिले केही बेरमा रुपन्देही जिल्ला अदालतमा पेस गरिँदैछ । उनलाई अदालत लैजानुअघि सदरमुकाम भैरहवाको सुरक्षा व्यवस्था कडा बनाइएको छ । जिल्ला प्रहरीबाट अदालत जाने बाटो र अदालत परिसर आसपास नेपाल प्रहरी र सशस्त्र प्रहरी तैनाथ छन् । जिल्ला प्रहरी प्रवक्ता […]
बर्दिया, २५ चैत । अन्ततः जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टीबीच एकीकरण हुने पक्का भएको छ। सिके राउत नेतृत्वको जनमत र रेशम चौधरी नेतृत्वको उन्मुक्ति बिचमा एकीकरण हुने पक्का भएको हो । बैशाख १५ गते एक बिशेष समारोहका बिचमा एकीकरणको औपचारिक घोषणा गरिने जनमतका उपाध्यक्ष अब्दुल खानले जानकारी दिए । उनका अनुसार […]
काठमाडौं । चैत्र शुक्ल नवमीका दिन मनाइने रामनवमी पर्व आज श्रद्धा भक्तिपूर्वक भगवान् श्री रामचन्द्रको पूजा आराधना गरी मनाइँदैछ । बागेश्वरीमा पुजा गर्नेको भिड लक्गेको छ । त्रेतायुगमा अयोध्याका राजा दशरथ र महारानी कौसल्यादेवीको सुपुत्रका रुपमा श्री रामचन्द्रको जन्म चैत्र शुक्ल नवमीकै दिन भएको थियो । विष्णुको सातौं अवतार मानिने उनको जन्म हुँदा पुनर्वसु […]












