भैरहवा (रूपन्देही), भदौ ३० गते । भैरहवा र यसका आसपासका क्षेत्रमा गएरातिदेखि परेको भारी वर्षाका कारण जनजीवन प्रभावित भएको छ । लगातारको झरीले सहरका विभिन्न भाग डुबानमा परेपछि स्थानीय बासिन्दालाई आवतजावतमा कठिनाइ भएको छ । विशेषगरी भैरहवाका वडा नम्बर ३ को खजहना, वडा नम्बर ६ को भैया टोल र बैँकरोड क्षेत्रमा पानी जमेको छ […]
नेपालगन्ज, भदौ ३० गते । यहाँस्थित नेपाल भारत सीमा नाका पूर्ण रुपमा सञ्चालनमा आएको छ । केही दिन बन्द रहेको नाका सोमबारदेखि पूर्ण रुपमा खुलेको हो । जेनजी प्रदर्शनका कारण केही दिन बन्द गरिएको र पछि आंशिक रुपमा सञ्चालन गरिएको नेपाल भारत जमुनाहा सीमानाका आजबाट पूर्ण रुपमा खुलेको दुबै देशका सुरक्षा अधिकारीहरुले जनाएका छन् । […]
गनी अन्सारी/बीबीसी – ‘जेन जी’ आन्दोलनसँगै देशभरिका विभिन्न कारागारबाट भागेका सबै कैदीबन्दीहरू नफर्केमा विशेष सुरक्षा कारबाहीमार्फत् उनीहरूलाई फर्काइने एक वरिष्ठ अधिकारीले बीबीसीलाई बताएका छन्। कारागार व्यवस्थापन विभागका निर्देशक चोमेन्द्र न्यौपानेका अनुसार आइतवार रातिसम्म अझै ११ हजार कैदीबन्दी फरार अवस्थामा रहेका पाइएको छ। विभागले फर्कन अथवा सम्पर्कमा आउन शुक्रवार आग्रह गरेयता कतिपय कैदीबन्दी फर्कन थालेका […]
काठमाडौँ । २०८२ भाद्र ३० गते (सोमबार) आज दिउँसो देशभर साधारणतया बदली रहनेछ । लुम्बिनी प्रदेश लगायत देशका पहाडी भू-भागका धेरै तथा तराई भू-भागका केही स्थानहरूमा मध्यम वर्षाको सम्भावना रहेको छ। गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र कर्णाली प्रदेशका थोरै स्थानहरुमा तथा कोशी प्रदेश र बागमती प्रदेशको एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ। गण्डकी […]
२९ भदौ, काठमाडौं । जेनजी आन्दोलनको क्रममा मृत्यु हुनेको संख्या ७२ पुगेको छ । प्रधानमन्त्री सुशीला कार्कीको पदभार ग्रहण कार्यक्रममा मुख्य सचिव एकनारायण अर्यालले सो जानकारी दिएका हुन् । आन्दोलनमा प्रदर्शनकारी ५९ जना, कैदीबन्दी १० जना र सुरक्षाकर्मी ३ जना गरी ७२ जनाको ज्यान गएको मुख्य सचिव अर्यालले बताए । उनका अनुसार १३४ जना […]
बाँके, भदौ २९ गते । जेनजी प्रदर्शनका क्रममा भदौ २४ गते आगजनी र तोडफोडपछि क्षतिग्रस्त कार्यालयहरूबाट सेवा प्रवाहका लागि जिल्ला प्रशासन कार्यालय बाँकेले तयारी अघि बढाएको छ । प्रमुख जिल्ला अधिकारी धर्मराज जोशीले भदौ २७ गते कार्यालय प्रमुखको बैठक बसी क्षतिग्रस्त कार्यालयले सेवा प्रवाह सूचारु गराउन वातावरण तयार गर्ने निर्णय गरिएको जानकारी दिनुभयो । यसैगरी […]
बर्दिया/ईकान्तिपुर —बर्दियामा जनजीवन सामान्य बन्दै गएपछि जिल्ला प्रशासन कार्यालयले कर्फ्यु हटाएको छ । तर सदरमुकाम गुलरियाको केही सीमित ठाउँमा बेलुकी ६ बजेदेखि बिहान ६ बजेसम्म निषेधाज्ञा लागु गरेको छ । निषेधाज्ञाका समयमा ५ जनाभन्दा बढी भेला हुने, जुलुस प्रदर्शन गर्ने लगायत सभा गर्न रोक लगाइएको छ । यसैबीच गुलरिया लगायत बर्दियामा जनजीवन सामान्य बन्दै गएको […]
आगामी २४ घण्टाको पूर्वानुमान २०८२ भाद्र २९ गते (आइतबार) बिहान ०८:०० बजे आज दिउँसो देशभर साधारणतया बदली रहनेछ । देशका पहाडी भू-भागका केही तथा तराई भू-भागका थोेरै स्थानहरूमा मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी प्रदेश लगायत बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडको एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ। आज राती देशभर साधारणतया बदली […]
बीबीसी – ‘जेन जी’ आन्दोलनको मागअनुसार नयाँ प्रधानमन्त्री बनेकी सुशीला कार्कीले आफ्नो कार्यालय चलाउने ठाउँ पनि प्रदर्शनमा क्षति हुनबाट बाँकी रहेको सरकारी भवनमा खोज्नुपर्ने बाध्यता छ। दशकौँदेखि प्रधानमन्त्रीहरूले निवासका रूपमा प्रयोग गर्दै आएको बालुवाटारको सरकारी आवास पनि आन्दोलनका क्रममा जलेको छ। नयाँ निर्वाचन गराउने सर्तसहित नियुक्त हुने प्रधानमन्त्रीले प्रदर्शनकारीहरूको आगजनी र तोडफोडमा परेका सरकारी संरचनाको […]
काठमाडौं। जेनजी प्रदर्शनमा मृत्यु हुनेको संख्या ५१ पुगेको छ । नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता तथा डीआईजी विनोद घिमिरेले मृतकको संख्या ५१ पुगेको बताए । जसमा काठमाडौं उपत्यकामा मृतक भएकादेखि अन्य जिल्लाहरुको पनि जोडिएको छ । तीन प्रहरी, एक भारतीय महिलासहित ५१ जनाको मृत्यु भएको प्रहरीले बताएको छ। पहिलो दिनको प्रदर्शनको क्रममा मृत्यु हुनेको […]











