नेपालगन्ज, २७ असार २०८१ कृषि ज्ञान केन्द्र बाँकेले चालु आर्थिक बर्षमा सम्पन्न बिभिन्न कार्यक्रमहरुको संयुक्त अनुगमन तथा मल्यांकन गरेको छ । जिल्ला समन्वय समिति बाँकेका संयोजक ज्ञानेन्द्र कुमार चौधरीको अगुवाईमा कृषिसंग सम्बन्धित बिभिन्न सरोकारवाला निकायका प्रमुखहरु सहित केन्द्रले सम्पन्न गरेको कार्यक्रमको अनुगमन गरिएको छ । अनुगमन टोलीले डुडुवा ६ हिरमिनियाको बल्दीपुर्वा कृषि सहकारी संस्थालाई बितरण […]
बर्दिया — काम सम्पन्न गरेर भ्याट बिल पेस गरे पनि भुक्तानी नपाएको भन्दै बर्दियाका निर्माण व्यवसायीले बुधबार सडक पूर्वधार विकास कार्यालयमा तालाबन्दी गरेका छन् । करिब २० जना निर्माण व्यवसायीले झण्डै ८ करोड रुपैयाँ यस आर्थिक वर्षमा भुक्तानी पाउनु पर्ने भन्दै कार्यालय प्रमुखको कार्यालय कक्षमा तालाबन्दी गरेका हुन् । प्रदेश सरकारले असार २४ गते […]
बाँके/ नेपालगंज उपमहानगरपालिका-२० राँझा बस्ने ४५ वर्षीय ललन पठानलाई अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ६ सय १० मिलिग्राम सहित मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय कोहलपुरबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त पदार्थ फेला पारी पक्राउ गरेको हो ।
बाँके। नेपालगञ्ज उपमहानगरपालिकाले चालु आर्थिक वर्ष २०८०/८१ मा पुँजीगततर्फ ७० प्रतिशत खर्च गरेको छ । नेपालगञ्ज उपमहानगरका लेखा प्रमुख लोकेन्द्र रावतका अनुसार चालु आवको कुल बजेटमध्ये एक अर्ब ८५ करोड ४६ लाख ९० हजार ६६५ रुपियाँ व्ययतर्फको बजेट रहेकोमा असार २४ गतेसम्म एक अर्ब ४७ करोड दुई लाख १५ हजार ६१७ रुपियाँ मात्रै खर्च […]
२६ असार, बुटवल । साउदी अरबमा फाँसीको सजाय सुनाइएका धनुषाको जनकपुरधाम उपमहानगरपालिका–१७ का रामआशिष यादव पीडित पक्षसँग मिलापत्र भएपछि अब सकुशल घर फर्किने भएका छन् । पीडित पक्ष ब्लडमनीवापत् ५० लाख रुपैयाँ लिएर माफी दिन सहमत भएपछि यादवको ज्यान जोगिने निश्चित भएको हो । साउदी अरबमा यादवसँगै बस्दै आएका रुपन्देहीको कञ्चन गाउँपालिका–४ का दुर्गाप्रसाद […]
हाल मौसमको अवस्था कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मुख्यतया सफा रहेको छ । कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानहरूमा हल्का देखि मध्यम वर्षा भइरहेको छ। २०८१ असार २५ गते (मंगलबार) रातीː देशभर साधारणतया बदली रहने छ ।कोशी, मधेश, बागमती […]
जानकी/रासस — बाँकेमा चट्याङ लागेर दुई महिलाको मृत्यु भएको छ । अर्की एक महिला घाइते भएकी छिन् । राप्तिसोनारी गाउँपालिका–२ कचनापुरको हरिहरपुर गाउँमा धान रोप्ने क्रममा दुई महिलाको चट्याङ लागेर ज्यान गएको इलाका प्रहरी कार्यालय कोहलपुरका प्रहरी नायब उपरीक्षक धर्मराज भण्डारीले जानकारी दिए । मृत्यु हुनेमा ३२ वर्षीया सम्झना विक र ३२ वर्षीया वसन्ती उपाध्याय […]
बर्दिया । सदरमुकाम गुलरीयादेखि बारबर्दियाको रम्मापुर जोड्ने जब्दीघाट पुल निमार्णका लागि सरकारले यो वर्षको बजेटमा १ करोड रुपैयाँ बजेट छुट्याएको छ । जुन रकम निकै न्युन हो । यो पुल बनाउन झन्डै ४०–५० करोड लागत अनुमान गरिएको छ । हजारौ सर्वसाधारणहरुको आउजाउ गर्ने पुल ३० साउन ०७४ को बाढीमा भासिएको थियो । पुर्ब तर्फ पुल […]
नेपालगन्ज, असार २५ गते । राप्ती नदी र अन्य खोला नालामा आएको बाढीले विद्युतका पोल र तार ढालेपछि बाँकेको राप्ती सोनारी र नरैनापुर गाउँपालिकाका दर्जन बढी गाउँहरूमा विद्युत सेवा अवरुद्ध भएको छ । मर्मत सम्भार जारी रहेकोले दुवै पालिकाका केही गाउँमा विद्युत सेवा सुचारु भएपनि अझै धेरै ठाउँमा सेवा सुचारु हुन सकेको छैन । […]
बुटवल/ईकान्तिपुर — सञ्चित कोषमा रकम सकिएपछि लुम्बिनी प्रदेश सरकारले काम सकिइसक्दा पनि असार अन्तिममा आएर ठूला योजनाको भुक्तानी रोकेको छ । असार २२ पछि भुक्तानी रोकिँदा सयौं निर्माण व्यवसायी समस्यामा परेका छन् । चालु आर्थिक वर्षमा भुक्तानी गर्न नसकेपछि प्रदेश सरकारलाई आगामी वर्ष कम्तिमा दुई अर्ब भुक्तानी दायित्व थपिएको छ । संघीय सरकारले समानीकरण अनुदान […]











