बर्दिया । आज बिहीबार कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशमा पश्चिमी वायुको आंशिक प्रभाव रही अन्य भू-भागमा कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव रहेको छैन। आज दिउँसोकर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेश लगायत हिमाली भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहने छ । आज राती गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशमा आंशिक […]
बर्दिया —बर्दियामा यस चालु आर्थिक वर्षको साउनदेखि पुस २ गते सम्म चार जनाको ज्यान गइसकेको छ । बुधबार दिउँसो बारबर्दिया नगरपालिका–१० डफैयाका दिनेश थारुको चितुवाको आक्रमणमा परी मृत्यु भयो । त्यसै गरी बारबर्दिया–११ कालावेलभार सामूदायिक वनमा मंसिर १२ गते घाँस काटिरहेको अवस्थामा चितुवाको आक्रमणमा गोपी थरुनीको मृत्यु भयो । यसै गरी साउन ३० […]
गुलरिया(बर्दिया) । गुलरिया नगरपालिका र बारबर्दिया नगरपालिका जोड्न जब्दीघाटमा बनाइएको काठको पुलमा सर्वसाधारणहरू पैसा तिरेर आवत जावत गर्न बाध्य छन् । बारबर्दिया नगरपालिकाले नदी तार्नका लागि ठेक्का लगाएकाले पुलमा पैसा तिरेर आवतजावत गर्न बाध्य भएका हुन् । नगरपालिकाले गत साउन महिनादेखि माघ १५ गतेसम्म ६ महिनाका लागि नदी तार्न करिब १८ लाखको लिने गरी ठेक्का […]
काठमाडौं- निर्वाचन आयोगले चुनाव प्रचारप्रसारका क्रममा धेरै झण्डाको प्रयोग नहोस् भन्ने उद्देश्यले नयाँ व्यवस्था प्रस्ताव गरेको छ। आयोगले आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि प्रस्ताव गरेको प्रस्तावित आचारसंहितामा झण्डा प्रयोगका सम्बन्धमा नयाँ व्यवस्था प्रस्ताव गरेको हो । आयोगका अनुसार कुनै पनि राजनीतिक दलले आयोजना गर्ने आमसभा, जुलुस कोणसभा वा घरदैलो […]
काठमाडौं । पश्चिम तराईका जिल्लामा हुस्सु–कुहिरो लागेको छ । हुस्सु-कुहिरोले पश्चिमका केही जिल्लामा हवाई सेवा प्रभावित भएको छ । हुस्सु–कुहिरोले खासगरी धनगढी, नेपालगञ्ज र भैरहवा क्षेत्रमा भिजिबिलिटी (दृष्यता) कमजोर हुँदा हवाई सेवा प्रभावित भएको हो । दृष्यताको हिसाबले सबैभन्दा धेरै भैरहवा प्रभावित भएको छ । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाकी मौसमविद् विनु […]
फाईल फोटो । बर्दिया । पती र वडा अध्यक्षले जन्म दर्ता र नागरिकता नबनाई आत्माहत्या गर्न बाध्य बनाईएका बाबु र छोरीको मुद्दाका आरोपित अनिल थारु पक्राउ परेका छन । उनलाई प्रहरीले भारतबाट झिकाएर पक्राउ गरेको हो । उनि घटनापछि भारतमा लुकिछिपि बसेका थिए । घटनापछि अञ्जुका श्रीमान् अनिलविरुद्ध आत्महत्या दुरुत्साहन मुद्धा दर्ता भएको छ । […]
काठमाडौँ —नेपाल आयल निगमले पेट्रोलको मुल्य प्रतिलिटर दुई रुपैयाँ बढाएको छ । निगमको सञ्चालक समितिको बैठकले आज देखि लागू हुने गरी डिजेल र मट्टितेलमा प्रतिलिटर चार रुपैयाँ घटाएको छ । मूल्य समायोजनसँगै डिजेल र मट्टितेल पहिलो वर्गका लागि प्रतिलिटर १३९ रुपैयाँ ५० पैसा, दोस्रो वर्गका लागि १४१ रुपैयाँ र तेस्रो वर्गका लागि १४२ रुपैयाँ कायम […]
बाँके। भारतीय व्यक्तिसँग सामाजिक सञ्जालमार्फत प्रेम सम्बन्ध भएका आधारमा विवाह गर्न नेपाली युवती भारत जानेक्रम बढेसँगै मानव बेचबिखनको जोखिम बढ्दै गएको छ । सामाजिक सञ्जालमार्फत प्रेम सम्बन्ध भएपछि परिवारलाई जानकारी नदिई विवाह गर्न भारत जाने युवती मानव बेचबिखनको जोखिममा पर्ने सम्भावना बढेको हो । भारतको सिमलातर्फ जाँदै गरेका दाङ र अर्घाखाँची जिल्लाका दुई युवतीलाई नेपालगन्जस्थित […]
बाँके । बाँकेको नरैनापुर गाउँपालिकाले नागरिकको स्वास्थ्य अवस्था सुदृढ बनाउने र नसर्ने रोगको जोखिम न्यूनीकरण गर्ने उद्देश्यसहित सञ्चालन गरेको सामुदायिक स्वास्थ्य तथा घरदैलो कार्यक्रम प्रभावकारी बन्दै गएको छ। गाउँपालिकाले सुरु गरेको यो अभियानले स्वास्थ्य सेवा नागरिकको घरआँगनसम्म पु¥याउँदै सचेतनाको स्तर बढाउन महत्वपूर्ण भूमिका खेलेको छ। गाउँपालिका अध्यक्ष शैयद इस्तियाक अहमद शाहका अनुसार, समयमै स्वास्थ्य […]
बर्दिया/ईकान्तिपुर —२०७१ साउन २८ मा बबई नदीमा आएको बाढीले गुलरिया नगरपालिका–३ हरियाली टोल टेपरीकी रविना पठानको कच्ची घर पूर्ण रुपमा क्षति भयो । तत्कालीन सरकारले बाढीपीडितलाई घर निर्माणका लागि ३ लाख ५० हजार दिने निर्णय गरेको थियो । पहिलो किस्ता १ लाख १० हजार दिएपछि थप रकम आउला भनी उनले घरखेत धरौटी राखी साहुबाट […]












