काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान संशोधनको प्रक्रियामा सरकारका रहेका दलको संसदको गणितीय सङ्ख्यालाई मात्र नहेरी सकेसम्म सबै दलको सहमति प्राप्त गर्ने अधिकतम् प्रयास गरिने स्पष्ट गरेका छन् । संविधान दिवस तथा राष्ट्रिय दिवस, २०८१ का अवसरमा मूल समारोह समितिले आज सैनिक मञ्च टुँडिखेलमा आयोजना गरेको कार्यक्रममा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले संविधानलाई समयानुकूल बनाउँदै […]

नेपालगन्ज, असोज ३ गते । बाँकेको राप्तीसोनारी गाउँपालिका–४ स्थित नेपालगन्ज अगैया हुलाकी सडकको लठ्ठापुरमा बुधवार बेलुकी भएको दुर्घटनामा परेर मृत्यु हुनेको सङ्ख्या तीन पुगेको छ । दुईवटा मोटरसाइकल एकआपसमा ठोक्किएर सो दुर्घटना भएको थियो । दुर्घटनाबाट गम्भीर घाइते नेपालगन्जस्थित मेडिकल कलेजको शिक्षण अस्पतालमा उपचार गराइरहनु भएका नेपाल राष्ट्रिय मावि धामपुरमा कार्यरत शिक्षक अजय थारुको पनि […]

काठमाडौँ । मनसुनको न्यून चापीय रेखाको पश्चिमतिर सरदर स्थानको उत्तरतर्फ र पूर्वतिर सरदर स्थानको आसापस अवस्थित रहेको छ । देशभर मनसुनी वायुको प्रभाव संगै पश्चिम बंगाल र आसपास रहेको न्यूनचापिय प्रणालीको आंशिक प्रभाव देखिएको छ। हाल देशभर आंशिक देखी साधारणतया बदली रहेको छ।कोशी र बाग्मती प्रदेशका थोरै स्थानहरु र बाँकी प्रदेशका एक दुइ स्थानमा हल्का […]

  बैतडी । सुदूरपश्चिममा ४.३ रेक्टरस्केलको भूकम्प गएको छ । सोमबार बिहान १०ः ८ मिनेट जाँदा खप्तड राष्ट्रिय निकुञ्ज नजिकै माझगाउँ केन्द्रबिन्दु भूकम्प गएको हो । भूकम्प मापन केन्द्र सुर्खेतका प्रमुख चिन्तन तिमिल्सेनाका अनुसार बझाङ, डोटी, बैतडी, बाजुरा र अछाममा भूकम्पको धक्का महसुस भएको छ । भदौ २८ गते बिहीबार बझाङ जिल्लाको गडराय आसपास क्षेत्रमा […]

बर्दिया —बर्दियामा बुधबार करिब साढे १२ बजे राति एक महिलाको हत्या भएको छ । बारबर्दिया नगरपालिका–५ तर्कापुरकी ३९ वर्षीया मिना थारुलाई निजकै घरमा धारिलो हतियार प्रयोग गरी हत्या गरिएको प्रहरीले जनाएको छ । थारुको उपचारका क्रमममा नगर अस्पताल जयनगरमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय,बर्दियाका सूचना अधिकारी डीएसपी तुल्सीराम अर्यालले बताए । हत्या गरी फरार भएका […]

  नेपालगन्ज— केही वर्षअघि उनी जीवन खडका भनेर चिनिन्थे । भित्रि मनले महिला बन्ने रहर । तर सामाजिक बाध्यता थियो । भित्रि इच्छा दबाएरै बसे । तर दबाएर कतिन्जेल बस्न सक्ने ? ‘हाल म जेसिका खडकाले चिनिन् थालेकी छु,’ कोहलपुर नगरपालिका ४ की २५ वर्षीया सुन्दरी खुलिन । सानै छँदा बुबा÷आमा बिते । माया गर्ने […]

खजुरा, असोज १ गते । आइतबार रातीदेखि बेपत्ता हुनुभएकी खजुरा गाउँपालिका वडा नं. ६ सिमलघारीका वीरेन्द्र पुनकी अन्दाजी ३ वर्षीया छोरी लक्ष्मी पुनको शव फेला परेको छ । बालिकाको मङ्गलबार बिहान घर नजिकै रहेको जङ्गलबाट शव फेला परेको हो । खोजतलासका क्रममा बेपत्ता बालिकाको घर नजिकैको जङ्गलबाट मङ्गलबार बिहान ११ बजे बालिकाको शव फेला परेको […]

काठमाडौं । इन्द्रजात्राको अवसरमा वसन्तपुरमा आयोजित समारोहमा बालेन शाहको तस्बीर अंकित टिसर्ट लगाएर उपस्थित भएका युवायुवतीलाई समारोहस्थलबाट निकालिएको छ । प्रहरीले उनीहरूलाई समारोह स्थलबाट निकालेको हो । प्रधानमन्त्री केपी शर्मा ओली सहभागी हुने यस समारोहमा उनको विरोध हुनसक्ने विषयलाई ध्यानमा राख्दै प्रहरीले उनीहरुलाई हटाएको बुझिएको छ । काठमाडौँ महानगरले इन्द्रजात्राको अवसरमा आयोजना गर्ने विशेष समारोहमा […]

बीबीसी- गत आर्थिक वर्षमा पनि स्थानीय तहमा हुने भ्रष्टाचार तथा अनियमिततासम्बन्धी उजुरीहरू सबैभन्दा धेरै पर्ने क्रमले निरन्तरता पाएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनाएको छ। विगत केही वर्षदेखि आयोगमा पर्ने उजुरीमा सबैभन्दा धेरै स्थानीय तहसँग सम्बन्धित हुने गरेका छन्। गएको आर्थिक वर्षमा पनि सोही क्रमले निरन्तरता पाएको अधिकारीहरूको भनाइ छ। प्रमुख आयुक्त प्रेमकुमार राईले आइतवार आयोगको […]

काठमाडौं । लुम्बिनी प्रदेश सभाको चालू अधिवेशन सोमबार राती १२ बजे देखि अन्त्य भएको छ । प्रदेश प्रमुख कृष्णबहादुर घर्ती मगरले चालु अधिवेसन अन्त्य गरेका हुन् । लुम्बिनी प्रदेश सरकार मन्त्रिपरिषद् बैठकले चालू अधिवेशन अन्त्यका लागि प्रदेश प्रमुखलाई सिफारिस गरेको थियो । लुम्बिनी प्रदेशसभाको चालु अधिवेसनमा ३५ वटा बैठक बसेका छन् । यो अवधिमा प्रदेश […]