सञ्जय मिश्रा रौतहट । रौतहटको कटहरिया नगरपालिका अन्तर्गत बिवाह भएको ६ महिना नपुग्दै एकजना मुस्लिम नवविवाहीता महिलाको संकास्पद मृत्यु भएको छ। माईती पक्षले दाईजोको कारण हत्या गरिएको दाबी गर्दै घटनाको छानबिन गरी कडा कानूनी कारबाही हुनुपर्ने माग गरेका छन्। कटहरिया ३ बड़ेरवा टोलमा घरभई हाल कटहरिया  ५ बजार क्षेत्रमै घर भएका अहमद राय भाटको छोरा […]

  धनुषा —सार्वजनिक इनारको पानी खान पनि अदालतको आदेश ? तपाईं छक्क पर्नुभयो होला । तर, यस्तै भयो धनुषाको बटेश्वर गाउँपालिका-५ मा । जग्गादाता रामसेवक साहले २० मिटर दुरीमा रहेको सार्वजनिक इनारबाट रामपुजन यादवको परिवारलाई पानी खान नदिएपछि यो मुद्दा अदालतसम्म पुग्यो । वडा नम्बर ४ को योजनाबाट २०७६/०७७ सालमा सार्वजनिक इनार खन्ने बजेट विनियोजन […]

  काठमाडाैं, ३० बैशाख । आइसीसी महिला टी–ट्वान्टी विश्वकप एसिया छनोटमा नेपालले मंगलबार तेस्राे खेल खेल्दैछ ।   जसअनुसार तेस्राे खेलमा नेपालले मंगलबार हङकङ- चीनसँग खेल्नेछ । हङकङसँग भने याे दाेस्राे खेल हाे ।   थाइल्यान्डमा जारी क्वालिफायर खेलकाे पहिलाे दिन खेल मैदानको भिजेका कारण टस नहुँदै खेल रद्द गरिएकाे हाे । खेल रद्द भएसँगै दुवै टिमले १-१ अंक बाँडे‌का थिए । […]

  काठमाडौं, ३० बैशाख ।  हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको छ। यसका साथै अरब सागर बाट भित्रिरहेको जलवाष्पयुक्त हावाको समेत आंशिक प्रभाव रहेको छ।   जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार देशको पहाडी भू(भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू-भागमा मौसम मूख्यतया सफा देखि आंशिक बदली रहेको […]

बबई (बर्दिया)। बर्दिया जिल्लाको राजापुर नगरपालिका–७ मा पर्ने शङ्करपुरगाउँमा एउटा अनौठो मन्दिर छ । एक सय वर्षभन्दा पुरानो पिपलको कापमा भएको दुर्लभ प्राचीन शिवमन्दिर संरक्षणको पर्खाइमा छ । करिब एक सय वर्षअघि त्यस स्थानमा सामान्य रूपमा शिवको मूर्ति राखेर पूजा गर्ने गरिएको त्यस स्थानमा पिपलको रुख उम्रिएको बताइन्छ । पिपलको रुखलाई नष्ट गर्न मन्दिर स्थापना गर्ने पुजारीदेखि सबैले […]

  पर्सा, २९ बैशाख । नयाँ कपडा किनिदिने बहानामा नाबालिकालाई रक्सौल पुर्‍याएर यौनधन्दामा लगाएको आरोपमा एक युवती पक्राउ परेकी छिन्। पक्राउ पर्नेमा पर्सा वीरगन्ज महानगरपालिका–१६ नगवाकी २० वर्षीया आलिया खातुन रहेकी छिन्। उनलाई वैशाख २७ गते पक्राउ गरिएको पर्सा प्रहरी प्रमुख प्रहरी उपरीक्षक गौतम मिश्रले बताए।   मिश्रका अनुसार वैशाख २१ गते ती नाबालिकालाई नयाँ […]

विराटनगर । नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य विष्णु प्रसाद पन्थी प्रदेशसभा बैठकमा नियमितजसो पुगिरहन्छन् । सार्वजनिक कार्यक्रममा पनि सक्रिय छन् । तर एक वर्षयता उनीविरुद्धको पक्राउ पूर्जी भने प्रहरी कार्यालयमा घुमेको घुम्यै छ । जिल्ला अदालत मोरङबाट जारी भएको पक्राउ पूर्जी जिल्ला प्रहरी परिसर काठमाडौं, अपराध अनुसन्धान तथा कारबाही शाखा, जिल्ला प्रहरी कार्यालय रुपन्देहीसहित मातहतका […]

  काठमाडौं, २९ बैशाख । हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको छ। यसका साथै अरब सागर बाट भित्रिरहेको जलवाष्पयुक्त हावाको समेत आंशिक प्रभाव रहेको छ।   जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी प्रदेश ,गण्डकी प्रदेश ,कर्णाली प्रदेश र सुदुरपश्चिम प्रदेशको पहाडी भू-भागमा  आंशिक देखी साधारणतया बदली रही थोरै […]

रासस/काठमाडौँ —शान्तिका अग्रदूतका रुपमा विश्वमा परिचित सिद्धार्थ गौतमको २५६९ औँ जयन्ती आज बुद्धको पूजा, आराधना एवं प्रवचन गरी मनाइँदै छ । l प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमाका दिन बुद्धजयन्ती मनाइन्छ । सिद्धार्थ गौतमले विश्व शान्ति स्थापनाका लागि पुर्‍याएको योगदानको स्मरणस्वरुप यो पर्व मनाउने गरिएको हो । बुद्धको जन्म, ज्ञान प्राप्ति, महापरिनिर्वाण (मुत्यु) वैशाख शुक्ल पूर्णिमाकै […]

  काठमाडौँ । डा.सिके राउत नेतृत्वको जनमत पार्टी र रेशम चौधरी संरक्षक रहेको नागरिक उन्मुक्ति पार्टीबिचको एकता प्रक्रिया अनिश्चित बनेको छ । वैशाख १७ गतेका लागि एकता घोषणा कार्यक्रमको आयोजना गरिए पनि कार्यक्रम स्थलबाट नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरी पक्राउ परेपछि एकता प्रक्रिया भाँडिएको हो । सर्वोच्च अदालतको नक्कली पत्रको आधारमा चौधरीलाई प्रहरीले पक्राउ […]