बर्दिया/ईकान्तिपुर—जेन-जी आन्दोलनका क्रममा गुलरिया नगरपालिकाको कार्यालयमा पसेर मेयरको कुर्सीमा बसेको आरोपमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ। कुर्सीमा बसेर ‘म अबदेखि नगरप्रमुख हुँ’ भन्दै सामाजिक सञ्जालमा पोष्ट गरेका एक जनालाई प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ । भदौ २४ गते नगरपालिकामा आगजनी, तोडफोड र लुटपाट भइरहेको समयमा नगरप्रमुखको कुर्सीमा बसेर सामाजिक सञ्जालमा उनले ‘मेयर हुँ’ […]

  काठमाडौं, ३ असोज । जेन जी आन्दोलन पछि प्रधानमन्त्री सुशिला कार्कीको सिफारिसमा प्रतिनिधिसभा बिघटनसम्बन्धी रिट दर्ता गर्न माग गर्दै सर्बोच्च अदालतका रजिष्ट्रारसमक्ष निवेदन पेश भएको छ।   अधिवक्ता विमल पोखरेलले सर्वोच्चका मुख्य रजिष्ट्रार विमल पौडेललाई भेटेर हिजो निवेदन पेश गरेका हुन्। केपी शर्मा ओलीले राजीनामा दिइसकेको र संविधान बमोजिम सरकार गठन गर्ने विकल्पहरू हुँदाहुँदै राष्ट्रपति रामचन्द्र […]

२०८२ आश्विन ०३ गते (शुक्रबार) बिहान ०८:०० बजे आज दिउँसो देशभर साधारणतया बदली रहनेछ । कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेश लगायत देशको पहाडी भू-भागका केही स्थानहरूमा तथा बाँकी भू-भागका थोरै स्थानहरुमा मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका पहाडी र तराई भू-भागका एक-दुई स्थानमा […]

  काठमाडौँ, ३ असोज ।संविधान दिवसको अवसरमा विगतमा झैँ विविध कार्यक्रमको आयोजना गरी देशब्यापी रूपमा मनाइँदैछ । मुख्य गरि राष्ट्रपति रामचन्द्र पौडेलको प्रमुख आतिथ्यतामा आज बिहान ८ः३० बजे सैनिक मञ्च, टुँडिखेलमा दिवसको मूल कार्यक्रम हुदैँछ।   जहाँ अन्तरिम सरकारकी प्रधानमन्त्री सुशिला कार्कीले विशेष सम्बोधन गर्दैछिन् ।   उता, नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्रलगायतले […]

बर्दिया-  गुलरियानगरपालिका-८कोठियाबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ४ सय ४० मिलिग्राम सहित सोही ठाउँ बस्ने १९ वर्षीय अरबिन्द थारूलाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय बर्दियाबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।

  काठमाडौं । जनमत पार्टीका केन्द्रीय तहका ६ नेताले पार्टी अध्यक्ष डा. सिके राउतलाई २४ घण्टाभित्र पदबाट राजीनामा दिन दिएको अल्टिमेटम सकिएपछि आज साधारण सदस्य समेत नरहने गरी पार्टी परित्याग गरेका छन् । उपाध्यक्ष अब्दुल खान, प्रवक्ता डा। शरदसिं यादव, युवा संघका केन्द्रीय संयोजक सीके सिंह, सुदूरपश्चिम इञ्चार्ज राजाराम चौधरी र राष्ट्रिय परिषद सदस्य विक्रमबहादुर […]

नेपालगन्ज, असोज २ गते । जेनजी प्रदर्शनका क्रममा भदौ २४ गते बाँके जिल्लाका विभिन्न सरकारी कार्यालय र स्थानीय तहमा गरिएको आगजनी र तोडफोडबाट तीन सयभन्दा बढी सवारी साधनहरु नष्ट भएका छन् । नष्ट भएका सवारी साधनहरुमा मोटरसाइकल धेरै रहेको विभिन्न कार्यालयबाट प्राप्त भएको तथ्याङ्कबाट जानकारी भएको छ । विभिन्न समयमा पक्राउ गरेर नेपालगन्ज भन्सार कार्यालयमा […]

  भैरहवा, असोज २ गते । रुपन्देहीमा लामखुट्टेबाट सर्ने जापानिज इन्सेफ्लाइटिस (जेई) र डेङ्गु दुवै रोगको सङ्क्रमण एकैसाथ बढ्दै गएको छ । यी रोगका कारण हालसम्म दुई जनाको मृत्यु भएको स्वास्थ्य कार्यालय, रुपन्देहीले जनाएको छ  । कार्यालयको तथ्याङ्क अनुसार जिल्लामा जापानिज इन्सेफ्लाइटिसका १० जना र डेङ्गुका १८४ जना सङ्क्रमित भेटिएका छन् । सङ्क्रमितमध्ये जापानिज इन्सेफ्लाइटिसका तीन जना […]

२०८२ आश्विन ०२ गते (बिहीबार) हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थान आसपास अवस्थित रहेको छ। अरब सागर तथा बंगालको खाडीबाट जलवाष्पयुक्त हावाको समेत प्रभाव रहेको छ।   आज दिउँसोदेशभर साधारणतया बदली रहनेछ। कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेश लगायत देशको पहाडी भू-भागका केही स्थानहरूमा तथा बाँकी भू-भागका थोरै स्थानहरुमा […]

काठमाडौं । सरकारले जेनजी युवाको प्रदर्शनको क्रममा ज्यान गुमाएकाहरुको सम्मानमा आज देशभर शोक बिदा दिएको छ । भ्रष्टाचारविरुद्ध गत भदौ २३ र २४ गते भएको आन्दोलनको क्रभममा कम्तिमा ७२ जना युवाको मृत्यु भएको थियो । उनीहरुको सम्मानमा यही भदौ ३० गतेको अन्तरिम सरकार मन्त्रिपरिषद बैठकले असोज १ गते राष्ट्रिय शोक मनाउन सार्वजनिक बिदा दिने घोषणा […]