गुलरिया । बर्दियाको गेरुवा गाउँपालिका–३ गणेशपुरस्थित आफ्नै खेतमा जोतिरहेका समयमा चट्याङ लाग्दा रोहित थारुको मृत्यु भएको छ। चट्याङ लागेर घाइते थारुको प्राथमिक स्वास्थ्य केन्द्र राजापुरमा उपचारका क्रममा आज बिहान मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी नायब उपरीक्षक तुलसी राम अर्यालले जानकारी दिए ।
आदरणी न्यायप्रेमीहरु, आन्दोलनकारी साथीहरु तथा पत्रकार मित्रहरु नमस्कार ! आमरण अनसनको आज १७ औं दिन भईसक्यो तर सरकारले हाम्रा जायज मांगप्रति निरन्तर बेवास्ता गर्दै आईरहेको यंहाहरुलाई थाह भएको कुरा हो । आज डाक्टरले चेकअप गर्ने क्रममा भन्नु भयो सरकार संग छिटो कुरा गर्नुस आज १७ दिन भैसक्यो अब त स्लाईन पानी चढाउनलाई नसा पनि फेला […]
नेपालगन्ज, असार ९ गते । बुधबार राति आएको हावाहुरीका कारण घरका छाना उडेर, पर्खाल भत्किएर क्षति भएका बाँकेको कोहलपुर नगरपालिका –१५ का ७५ घर परिवारलाई त्रिपाल वितरण गरिएको छ । गत बुधबार आएको भीषण हावाहुरीका कारण कोहलपुर नगरपालिकाको वडा १५ मात्र ७५ घरमध्ये केहीका छाना उडेका थिए । केहीका पर्खाल भत्किएर घर ढलेका थिए […]
मौसम विश्लेषण हाल कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका अधिकांश भू-भागमा र लुम्बिनी प्रदेशका पूर्वी भू-भागमा मनसुनी प्रणालीको प्रभाव रहेको छ साथै बाँकी भू-भागमा स्थानीय वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। हाल मौसमको अवस्था कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहेको […]
देउखुरी, असार ९ गते । लामो समयको खडेरीले जनजीवन प्रभावित भएको छ । दिउँसोको चर्को घाम र तातो हावाका कारण पानीको स्रोत सुकेपछि पिउने पानीदेखि धान लगाउन तयार पारिएको बिउ हुर्काउन समेत समस्या भएको छ । दाङको राप्ती नदीको पानी लाग्ने राप्ती गाउँपालिकाबाहेकका स्थानमा रोपाइँ सुरु नै भएको छैन । अन्यत्र धानको बिउ राखे पनि सिँचाइ गर्न नसक्दा […]
काठमाडौँ, असार ९ गते । प्रतिस्पर्धात्मक गायन कार्यक्रम ‘नेपाल आइडल’ पाँचौँ संस्करणको उपाधि बर्दियाका करण परियारले जित्नुभएको छ । शनिबार साँझ सम्पन्न अन्तिम प्रतिस्पर्धामा मोहित भुजेल, सलोमी गुरुङ र सचिन विश्वकर्मालाई दर्शकबाट प्राप्त मतका आधारमा पछि पार्दै उहाँ विजेता बन्नुभएको हो । विजेता परियारले नगद रु २५ लाखसहित अन्य उपहार प्राप्त गर्नुभयो । प्रतियोगितामा पोखराकी […]
काठमाडौँ, असार ७ गते । यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) को नतिजा एक साताभित्रमा सार्वजनिक हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्डका अनुसार नतिजा प्रकाशनअघिको तयारीका लागि ९९ जना कर्मचारीले काम गरिरहेका छन् । बोर्डका परीक्षा नियन्त्रक (कक्षा १०) नन्दलाल पौडेलले उत्तरपुस्तिका परीक्षणबाट तयार भएको परीक्षाको प्राप्ताङ्कलाई कम्प्युटरमा प्रविष्टी गरेर रुजु गर्ने काम भइरहेको जानकारी दिनुभयो । […]
बाँकेको जानकी गाँउपालिकाले लौंगिक अल्पसंख्यकको अधिकार तथा सचेता बिषयकमा ३ दिने कार्यक्रम सुरु गरेको छ । जानकी गाँउपालिकाले कार्यक्रम गरेको हो सहजीकरण भने सहयोगी मन बाँकेले गरेको छ । कार्यक्रमका प्रमुख अतिथि जानकी गाँउपालिका अध्यक्ष्य छप्न खाँ विशिष्ट अतिथि रामप्यारी यादव ,महिला बालबालीका तथा जेष्ट नागरीक शाखा प्रमुख सोभा पौडेल , सहयोगी मन बाँकेकी […]
नेपालगन्ज, असार ६ गते । बुधबार राती एक्कासि आएको हावाहुरीले बाँकेको डुडुवा गाउँपालिका १ छिटईपुरवा पाझामा आगलागी हुँदा सो गाउँका ३० भन्दा बढी घर जलेर खरानी भएकाे छ । स्थानीय पप्पु यादवले दिनुभएको जानकारी अनुसार बुधबार राती करिब साढे आठ बजे एक्कासि आएको भीषण हावाहुरीले गर्दा आगो उडाएर घरको छानामा खस्दा सो गाउँका ३० […]
बीबीसी न्यूज- नेपालको मौसमसम्बन्धी मामिला हेर्ने निकायले बाढीबाहेक अन्य विपद्बारे पनि पूर्वसूचना दिने प्रणाली विकास गरिरहेको अधिकारीहरूले बताएका छन्। उक्त प्रणालीको माध्यमबाट धेरै किसिमका मौसमी विपद्बारे अग्रिम जानकारी हुने र सतर्कता अपनाउन सहज हुने उनीहरूको दाबी छ। यद्यपि त्यस्तो प्रणाली विकास गर्ने काम सक्न अझै केही वर्ष लाग्न सक्ने अधिकारीहरू बताउँछन्। कतिपय विज्ञका भनाइमा […]












