बर्दीया ।   बर्दिया जिल्लाको बाँसगढी नरपालिका वडा न ४ स्थित सामुदायीक वनको मगरपुरको जंगलमा बाघको आक्रमणमा बाँकेकि मनिसा रोकयको मृत्यु भएको छ । बाँसगढी बजारबाट बैंकिङ काम सकी दिदी बहिनी घर फर्कने क्रममा जंंगलमा पिसाब गर्ने क्रममा वाघले आक्रमण गरेको हो । उनको उपचारका क्रममा मृत्यु भएको स्थानीयले जनाएका छ्न । मनिसा बाँकेबाट दिदिको बर्दिया […]

  नेपालगन्ज, जेठ १० गते । बाँके जिल्लामा ३५ हजार ७०५ जना बालबालिकालाई पोलियो रोग विरुद्धको आईपिभी खोप दिनका लागि २४३ वटा खोप केन्द्र कायम गरिएको छ। राष्ट्रिय खोप कार्यक्रम अन्तर्गत यही जेठ १३ गतेबाट २६ गतेसम्म सञ्चालन गरिने सो अभियानको तयारी बारे जानकारी गराउन स्वास्थ्य कार्यालयद्वारा आयोजना गरिएको कार्यक्रममा सो जनाइएको हो । स्वास्थ्य […]

  नेपालगन्ज, जेठ १० गते । बाँकेको कोहलपुरमा कक्षा आठको विद्यार्थी उत्तीर्ण दर कमजोर आउने देखिएपछि परीक्षार्थीको वास्तविकभन्दा धेरै प्राप्ताङ्क कम्प्युटरमा ‘इन्ट्री’ गरेर परीक्षाफलमा गडबडी गर्ने ५ जनालाई प्रहरीले पक्राउ गरेर अनुसन्धान सुरु गरेको छ । उत्तीर्ण दर उच्च देखाउन नगरपालिकाको शिक्षा शाखा प्रमुखकै संलग्नतामा अनियमितता गरेको शङ्का लागेपछि नगरपालिकाले छानबिन समिति नै गठन गरेर […]

  राँझा (बाँके), जेठ १० गते । हुलाकी सडक आयोजनाअन्तर्गत निर्माणाधीन नेपालगञ्ज–गुलरिया सडक खण्डको ६५ प्रतिशत कार्य सम्पन्न भएको छ । नेपालगञ्जको नन्दनी मिलदेखि खजुरासम्म कालोपत्रको भएको छ । नेपालगञ्जस्थित हुलाकी राजमार्ग निर्देशनालय कार्यालयका सूचना अधिकारी इञ्जिनियर कृष्ण पाण्डेका अनुसार एघार दशमलव ६ किलोमिटर चार लेन र सोह्र दशमलव दुई किलोमिटर दुई लेन गरी सत्ताइस […]

नेपालगन्ज, जेठ ९ गते । सोमबार साँझ आएको हावाहुरीका कारण बाँकेको खजुरास्थित कुखुरा विकास फार्ममा कुखुरा खोरको पर्खाल खस्दा २०० बढी कुखुरा मरेका छन् । हावाहुरीले दुईसय बढी कुखुरा मर्नुका साथै ग्यारेज, खोर तथा दाना मिल, बिद्युत तथा सिसिक्यामेरा र होर्डिङ बोर्डमा ठुलो क्षति पुगेको कुखुरा विकास फार्मका प्रबन्धक डा. सुमन खनालले बताउनुभयो । उहाँले […]

हुम्ला, जेठ ९ गते । उत्तरी हुम्लाको एक विद्यालयमा दुई जना विद्यार्थीको पढाइका लागि तीन जना शिक्षक कार्यरत रहेका छन् । नाम्खा गाउँपालिका–५ को यारी गाउँको अरनिको प्राथमिक विद्यालयको अवस्था यस्तो रहेको छ । विद्यालयका प्रधानाध्यापक हरिनारायण चौधरीले प्राथमिक तहको विद्यालयमा दुई जना विद्यार्थी रहेको र आफूसहित तीन जना शिक्षक रहेको जानकारी दिनुभयो । तीन जना शिक्षकमा दुई […]

सेतोपाटी/ कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई आज अदालत उपस्थित गराइँदै छ। धनुषा जिल्ला प्रहरी कार्यालयको हिरासतमा रहेका सिरोहियालाई आज म्याद थपका लागि अदालत उपस्थित गराइने डिएसपी रञ्जन अवाले जानकारी दिए। ‘अदालतमा आजै उपस्थित गराएर म्याद थप गर्छौं र अनुसन्धान सुरू गर्छौं,’ उनले सेतोपाटीसँग भने। सिरोहियालाई काठमाडौं उपत्यका अपराध अनुसन्धान प्रहरी कार्यालयको टोलीले मं‌गलबार साँझ […]

बर्दिया/ईकान्तिपुर — बजेट निकासा नहुँदा बर्दियाको बबई नदीमा निर्माणाधीन तटबन्धको काम ठेकेदार कम्पनीले रोकेका छन् । बजेट नभएको जानकारी पाएपछि उधारोमा काम गर्न ठेकेदार कम्पनीले नमानेका कारण उच्च जोखिम मानिएको गुलरियाको पशुहाट,वालापुर,थपुवा र गौरी क्षेत्रको काम रोकिएको छ । बजेट निकासा नहुँदा बर्दियाको बबई नदीमा निर्माणाधीन तटबन्धको काम रोकिएपछि यसले बबई कटानको उच्च जोखिममा रहेको […]

काठमाडौं । कान्तिपुर पब्लिकेसन्सका अध्यक्ष कैलाश सिरोहियाविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । जिल्ला अदालत धनुषाले उनको नाममा पक्राउ पुर्जी जारी गरेको सूचना अधिकारी डम्बरप्रसाद घिमिरेले जानकारी दिएको अनलाईन खबरले समाचार प्रकाशन गरेको छ ।