बर्दिया । गए राति आएको हावाहुरीका कारण बाँके र बर्दियाका विभिन्न क्षेत्रमा बिद्युत सेवा बन्द भएको छ । नेपालगन्ज क्षेत्रका धेरै स्थानहरूमा विद्युत् वितरण तथा प्रसारण लाइनको पोलहरू र तारमा क्षति भएका कारण नेपालगन्जको विद्युत् सेवा अवरुद्ध भएको हो । बर्दियाको बाँसगढी, बढैयाताल गाउँपालिका, गुलरिया नगरपालिका लगायतका क्षेत्रमा बिद्युत सेवा अवरुद्ध भएको छ । गोरखापत्र […]
नेपालगन्ज, असार ६ गते । पश्चिम नेपालको सुविधासम्पन्न सहरका रूपमा परिचित नेपालगन्ज पछिल्लो समयमा स्वास्थ्य उपचारको केन्द्र (हब) का रूपमा विकसित हुँदै गएको छ । नेपालगन्जमा सरकारी र गैरसरकारी दुवै पक्षबाट अत्याधुनिक सेवा सुविधासहितका नयाँ नयाँ अस्पताल खुल्दै गएपछि यो सहर पश्चिम नेपालको स्वास्थ्य हब बनेको हो । नेपालगन्ज मेडिकल कलेज, भेरी, वेस्टर्न, आइसिआरसी, सिद्धार्थ अस्पताल, […]
राँझा (बाँके), असार ५ गते । बाँकेको राप्तीसोनारी गाउँपालिका–४ स्थित चुरे पहाडमा अवस्थित धार्मिक पर्यटकीयस्थल ‘बर्फानी बाबा’ मन्दिरमा खानेपानी सेवा उपलव्ध हुने भएको छ । जिल्लाको धार्मिक पर्यटकीयस्थल उक्त मन्दिरमा खानेपानीको काम अन्तिम चरणमा पुगेको लुम्बिनी प्रदेश ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री कृष्णा केसीले राससलाई जानकारी दिनुभयो । राप्तीसोनारी–४ बैजापुरको कुम्भरमा डिपबोरिङ गरेर सात किलोमिटर टाढा […]
अछाम, असार ५ गते । छाउगोठमा बसेकी एक किशोरी बलात्कृत भएकी छिन् । जिल्लाको पञ्चदेवल विनायक नगरपालिकाकी १६ वर्षीया किशोरीलाई सोमबार राति सामूहिक बलात्कृत भएको हो । किशोरी बलात्कारको आरोपमा प्रहरीले स्थानीय १७ वर्षीय किशोरलाई पक्राउ गरेको छ । पञ्चदेवल विनायक नगरपालिकामा मामाघरमा बस्दै आएकी १६ वर्षीया किशोरी मामाघरको नजिक रहेको छाउगोठमा मङ्गलवार […]
खजुरा २०८१ असार ५ गते बाँकेको खजुरा गाँउपालिकामा आदिवासी जनजाती समुदायका लागि भाषा तालिम तथा सस्कृती संरक्षरण कार्यक्रम सुरु भएको छ। खजुरा गाँउपालिकाले आयोजना गरिएको कार्यक्रमा सहजीकरण भने प्रंजली समद्ध नेपाल संस्थाले गरेको छ ।गाँउपालिकाका वडा नं १ देखि ८ वटा वडामा यो कार्यक्रम गरिएको हो । वडा नं १ देखि ४ सम्ममा मगर भाषा […]
बर्दिया/ईकान्तिपुर— प्रहरीले एकैदिन ब्राउन सुगर जस्तो देखिने खैरो धुलो पदार्थसहित तीनजनालाई बेग्ला-बेग्लै ठाउँबाट पक्राउ गरेको छ । भारतको लौकाही हुँदै नेपाल प्रवेश गर्दा गुलरिया नगरपालिका–११ गणेशपुर चौकीबाट खटिएका प्रहरी र सशस्त्र प्रहरी टोलीले चेकजाँच गर्दा बाँके खजुरा गाउँपालिका–३ बागेश्वरी टोलका दुई जनालाई उक्त पदार्थ सहित पक्राउ परेका हुन्। उक्त पदार्थसहित ३७ वर्षीय राजेश भट्टराई र […]
नेपालगन्ज, असार ४ गते । बाँकेमा दिनदिनै बढ्दो तापक्रमका कारण रगत अभाव झन् चर्किएको छ । रेडक्रस सोसाइटीको प्रादेशिक रक्तसञ्चार केन्द्र नेपालगन्जका प्रमुख उपेन्द्र रेग्मीले अत्यधिक गर्मी र ४४ डिग्रीसम्म पुगेको तापव्रmमका कारण रक्तदान हुने व्रmम घटेपछि रगत अभाव झनै चर्किएको रेग्मीले बताउनुभयो । उहाँले गर्मीकै कारण बिरामी थपिँदा रगतको माग पनि बढ्दै गएको बेला रक्तदान घटेकाले […]
काठमाडौँ, असार ३ गते । मुस्लिम धर्मावलम्बीको दोस्रो महान् पर्व बकर इद [इदुल जोहा] आज देशभरका मस्जिदमा मनाइँदै छ । इदुल फित्रअर्थात् रमजान पर्वको ७०औँ दिनमा बकर इद मनाउने धार्मिक विधि छ । मुस्लिम धर्मावलम्बीले आज बिहानै स्नान गरी नजिकैको मस्जिद वा इदगाहमा गई सामूहिक नमाज पढ्छन् । नमाज पढिसकेपछि एकापसमा शुभकामना आदानप्रदान गर्ने […]
नेपालगन्ज, असार २ गते। पछिल्लो समयमा बाँके लगायतका जिल्लामा बढेको गर्मी र तातो हावा लु का कारण जनजीवन अति नै प्रभावित भएको छ। उच्च गर्मीकै कारण बाँकेमा दुई जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा खजुरा गाउँपालिकाका सुन व्यवसायी टोपेन्द्र सुनारको गर्मीका कारण बेहोस भएर मृत्यु भएको हो। खजुरा बजारमा मेट्रो ज्वेलर्स सञ्चालन गर्दै आउनुभएका सुनार […]
खजुरा, असार २ गते । बाँकेका विभिन्न सामुदायिक वनमा वन्यजन्तुका निम्ति पानी पिउने व्यवस्थाका साथ बनाइएका मानवनिर्मित कृत्रिम पोखरीहरू प्रभावकारी बनेका छन् । गर्मी समयमा पानीको मूलसमेत सुक्न गई वनक्षेत्रमा रहने विभिन्न वन्यजन्तुहरूलाई पानी पिउन समस्या हुने र त्यसको समाधानका लागि विभिन्न सामुदायिक वनक्षेत्रमा इलममार्फत् बनाइएका मानवनिर्मित कृत्रिम पोखरीहरू प्रभावकारी बनेका हुन् । विगत लामो […]











