नेपालगन्ज, वैशाख १३ गते । जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार चालु आर्थिक वर्षको नौ महिनामा बाँकेमा साइबर अपराध सम्बन्धी ९८ वटा उजुरी दर्ता भएका छन् । प्रविधिसँग जोडिएका उजुरी जिल्लामै फस्र्याैट भएको सङ्ख्या भने न्यून रहेको जनाइएको छ । जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता, डिएसपी नारायण डाँगीले सामाजिक सञ्जाल प्रयोग गरेर आर्थिक लाभ लिएका सम्बन्धी १८ […]
जनकपुर। धनुषाको औरही गाउँपालिका १ पौडेसरमा युवायुवतीको प्रेम सम्बन्धको विषयलाई प्रहरी र स्थानीय बासिन्दाबीच झडप भएको छ । स्थिती तनावमय बनेको छ । एक समूहले सडक अवरुद्ध गर्दै प्रदर्शन गरेपछि प्रहरीले बल प्रयोग गरेर खुलाउने प्रयास गर्दा झडप भएको हो । स्थिति नियन्त्रणमा लिन ७ सेल अश्रुग्यास प्रहार गरेको धनुषाका प्रहरीले जनाएको छ […]
बर्दिया — बर्दिया प्रहरीले मधुवन नगरपालिका–७ का लोकबहादुर भण्डारीको घरबाट ३ सय ४० ग्राम ब्राउन सुगर बरामद गरेको छ । लागूऔषध बिक्री भइरहेकोचनाका आधारमा खानतलासी गर्दा प्रहरीले ब्राउन सुगर फेला पारेको हो । प्रहरीले २१ वर्षीय सागर आलेलाई नियन्त्रणमा लिएको छ । इलाका प्रहरी कार्यालय ढोढरीले यस घटनाबारे अनुसन्धान गरिरहेको छ ।
दाङ/ सल्यानमा कुटपिट गरी एक युवकको हत्या भएको छ। घटनामा संलग्न आरोपितमध्ये ११ जना पक्राउ परेका छन्। जिल्लाको कुमाख गाउँपालिका– ६ का २१ वर्षीय विकास वलीको स्थानीय युवाको कुटपिटबाट मृत्यु भएको थियो। जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी प्रमुख (डिएसपी) नवीन कार्कीका अनुसार गत मंगलबार राति सामान्य विवादको विषयमा भलिबल खेलेर आएका ११ जना जना […]
मिति २०८१।०१।१२ गते जिल्ला बाँके नेपालगंज उ.म.न.पा.१६ जयसपुर स्थित यस कार्यालयबाट खटिएको प्रहरी टोलिले गस्ती गर्दै जाने क्रममा भारत बाट भन्सार छलि,चोरी, पैठरी गरी ल्याई थुपारी राखेका निम्न सामानहरु फेला पारी बरामद गरी आवश्यक कारवाहीको लागि भन्सार कार्यालय नेपालगंज बाँकेमा पठाइएको । 1) बच्चाको जुत्ता १६८ जोर अन्दाजी मुल्य रु.१,१७,६००।– 2) लेडिज मोजा २,००० जोर […]
नेपालगन्ज, वैशाख १२ गते । नेपालगन्जस्थित भेरी अस्पताल लगातार तेस्रो पटक उत्कृष्ट बनेको छ । नेपाल सरकार स्वास्थ्य मन्त्रालय अन्तर्गतको स्वास्थ्य सेवा विभागले गरेको न्यूनतम सेवा मापदण्ड कार्यान्वयनमा उक्त अस्पतालले ८० प्रतिशत अङ्क प्राप्त गरेर देशभरिमै लगातार तेस्रो पटक उत्कृष्ट बनेको हो । स्वास्थ्य सेवा विभागका डा. उत्तम पाच्याले मुलुकका विभिन्न सङ्घीय अस्पताल मध्ये […]
खजुरा, वैशाख १२ गते । चर्को गर्मी र तातो हावाका कारण बाँके जिल्लाको नेपालगन्ज बजारको जनजीवन कष्टकर बन्दै गएको छ । दिउँसो १२ बजेपछि बेलुका ५ बजेसम्म अत्यधिक गर्मी र तातो हावा चल्ने गरेको छ । जल तथा मौसम विज्ञान विभाग फिल्ड कार्यालय इन्चार्ज मीना शिवाकोटीका अनुसार सोमबार दिउँसो २:३० बजेको नेपालगन्जको अधिकतम तापक्रम ३८.४ डिग्री […]
बर्दिया —जिल्ला अस्पताल बर्दियामा पहिलो पटक हेमो डायलासिस सेवा मंगलबारबाट सुरु भएको छ । लुम्बिनी प्रदेशका स्वास्थ्यमन्त्री दीपेन्द्रकुमार पुन मगरले जिल्ला अस्पताल बर्दियामा विधिवत रुपमा उक्त सेवाको उद्घाटन गरेका हुन् । चौबिसै घण्टा सञ्चालन हुने यस सेवामा दुई जना चिकित्सकसहित दश जना स्टाफ नर्स खटिएको जिल्ला अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डाक्टर सुभास पाण्डेयले बताए । डायलासिसका […]
रासस/ महेन्द्रनगरस्थित शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा पाटेबाघको सङ्ख्या बढेको छ। दश वर्षअघि १३ वटा बाघ रहेकामा अहिले बढेरर ४४ पुगेको छ। निकुञ्जका अनुसार सन् २०१८ मा १६, २०२१ मा १९ वटा बाघ थिएभने २०२२ मा त्यो बढेर ३६ पुगेको थियो। निकुञ्जमा क्यामेरा ट्रयापिङ विधिबाट गरिएको गणनाअनुसार २४ वटा भाले र १७ वटा पोथी तथा विश्लेषणका आधारमा […]












