मौसम विश्लेषण हाल देशको पूर्वी भू-भागमा मनसुनी प्रणालीको प्रभाव रहेको छ भने बाँकी भू-भागमा स्थानीय वायु तथा भारतको विहार आसपास रहेको न्यून चापीय क्षेत्रको आंशिक प्रभाव रहेको छ।   हाल मौसमको अवस्था (Present Weather Status): कोशी प्रदेश, मधेश प्रदेश , बागमती प्रदेश र गण्डकी प्रदेशमा साधारणतया देखि पुर्ण बदली तथा बाँकी भू-भागमा आंशिक बदली देखि […]

नेपालगन्ज, असार २ गते। पछिल्लो समयमा बाँके लगायतका जिल्लामा बढेको गर्मी र तातो हावा लु का कारण जनजीवन अति नै प्रभावित भएको छ। उच्च गर्मीकै कारण बाँकेमा दुई जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा खजुरा गाउँपालिकाका सुन व्यवसायी टोपेन्द्र सुनारको गर्मीका कारण बेहोस भएर मृत्यु भएको हो। खजुरा बजारमा मेट्रो ज्वेलर्स सञ्चालन गर्दै आउनुभएका सुनार […]

खजुरा, असार २ गते । बाँकेका विभिन्न सामुदायिक वनमा वन्यजन्तुका निम्ति पानी पिउने व्यवस्थाका साथ बनाइएका मानवनिर्मित कृत्रिम पोखरीहरू प्रभावकारी बनेका छन् । गर्मी समयमा पानीको मूलसमेत सुक्न गई वनक्षेत्रमा रहने विभिन्न वन्यजन्तुहरूलाई पानी पिउन समस्या हुने र त्यसको समाधानका लागि विभिन्न सामुदायिक वनक्षेत्रमा इलममार्फत् बनाइएका मानवनिर्मित कृत्रिम पोखरीहरू प्रभावकारी बनेका हुन् । विगत लामो […]

बीबीसी । नेपालको पूर्वी भागका केही खोलानालामा फेला परेको एउटा नयाँ प्रजातिको माछा ‘मिचाहा’ प्रकृतिको भएकाले त्यसले नेपाली जलक्षेत्रको जैविक विविधता र पारिस्थितिक प्रणालीमा नकारात्मक प्रभाव पार्ने वैज्ञानिकहरूले बताएका छन्। विशेष गरी दक्षिण तथा मध्यअमेरिकामा पाइने उक्त माछा नेपालमा नयाँ हो। तर शोधकर्ताहरूका अनुसार उक्त माछा मोरङ र झापाका केही खोला फैलिन थालेको पाइएको छ। […]

काठमाडौँ /रासस— जल तथा मौसम विज्ञान विभागले आगामी तीन दिन (जेठ ३२ देखि असार २ गतेसम्म) मध्य तथा पश्चिम तराईमा अत्यधिक गर्मीको सम्भावना रहेको जनाउँदै ती भेगका सर्वसाधारणलाई सावधानी अपनाउन आग्रह गरेको छ ।   विभागले बिहीबार साँझ विशेष बुलेटिन निकालेर कञ्चनपुर, कैलाली, बर्दिया, बाँके र दाङमा तातो हावा र तातो लहरको सम्भावना रहेको जनाउँदै […]

ताप्लेजुङ/ईकान्तिपुर —बिहीबार राति गएको पहिरोमा परी फक्ताङलुङ गाउापालिका–२ खेजेनिममा एकै घरका ४ जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रहरी नायब उपरीक्षक रवि रावलका अनुसार फक्ताङलुङ गाउापालिकाका उपाध्यक्ष रविन साम्राका बुबा, कान्छी आमा र उनीहरूका दुई सन्तानको मृत्यु भएको हो । रातको समयमा गएको पहिरोले एउटा घर बगाएको र निद्रामा भएकाले उनीहरूले भाग्न […]

    खजुरा, जेठ ३१ गते । बाँकेस्थित राप्ती नदीको आसपासका स्थानीयहरूले हरेक वर्षको वर्षायाममा नदीमा आउने बाढीका कारण जग्गा कटान हुने र डुबानको समस्या भोग्ने नियति जस्तै बनेको छ । हरेक वर्षको बाढीले स्थानीयको जग्गा कटान गरी बगरमा परिणत गर्ने र डुबाउने उनीहरूका लागि नियति जस्तो नै बन्ने गरेको छ । सम्बन्धित सरोकारवाला निकायबाट […]

  काठमाडौँ, जेठ ३० गते । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका वरिष्ठ स्वास्थ्य प्रशासक डा. समीरकुमार अधिकारीले तातो हावा अर्थात् ‘लु’ को लक्षण देखिएमा बेवास्ता नगर्न आग्रह गर्नुभएको छ । पछिल्लो केही दिनदेखि देशभर तातो हावाका कारण जनजीवन प्रभावित हुँदै गएकाले उहाँले यस्तो आग्रह गर्नुभएको हो । डा.अधिकारीका अनुसार तातो हावा वा ‘लु’ का कारण मुटुको […]

  नेपालगन्ज । मानिस जस्तै हात्तीले पनि अरू हात्तीलाई बोलाउन नाम राख्ने गर्छन् भन्ने खुलेको छ। अहिलेसम्म मानिसबाहेक अर्को कुनै जनावरले बोलाउन नाम राखेको थाहा भएको थिएन। हात्ती मानिसपछिको सबभन्दा बुद्धिमान प्राणीमध्ये पर्छ भन्ने मान्यतालाई यसले थप बल पुर्‍याएको छ। सोमबार माइकल पार्दो र अरू खोजकर्ताहरूले ‘नेचर इकोलोजी एन्ड इभोल्युसन’ जर्नलमा लेख्दै अफ्रिकाका हात्तीहरूले बोलाउन […]

बाँके/रासस। बाँकेमा चालु आर्थिक वर्षमा सबैभन्दा धेरै वन्यजन्तु उद्धार गरिएको छ । चालु आवको जेठ ११ गतेसम्म ७६ वटा वन्यजन्तु उद्धार गरिएको डिभिजन वन कार्यालय बाँकेले जनाएको छ । सहायक वन अधिकृत नवराज शाहीका अनुसार यस वर्ष सबैभन्दा धेरै घस्रने प्रजाति अन्तर्गत पर्ने सर्पको उद्धार गरिएको छ । फेटारा, दुई मुखे, गोमन, करेत, धामन, अजिङ्गर, […]